• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

झिमरुकले पाठ्यक्रम निर्माण गर्न बृहत कार्यशाला गोष्ठी


  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • Advertisement

    वासुदेव गिरी
    प्युठान ।  प्युठानको झिमरुक गाउँपालिकाले स्थानीय पाठ्यक्रम निमार्ण कार्य गर्न वृहत कार्यशाला गोष्ठि आयोजना गरेको छ ।
    झिमरुकको बिषयबस्तु झल्किने गरि कला साहित्य परिवेश रहनसहन पर्यटन मठमन्दिन लगाएत स्थानीय आवश्यकताको  आधारमा विषयहरु समावेश गरि आगमि शैक्षिक सत्रबाट कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने उदेश्यले वृहत कार्यशाला गोष्ठि आयोजना गरेको हो ।

    कार्यशाला गोष्ठीमा झिमरुक गाउपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले शिक्षाको विकास बिना अन्य विकास सम्भव नहुने भन्दै शिक्षामा सबैको सहकार्य आवश्यक रहेको बताए। अध्यक्ष एमसीले भने,“शिक्षाको विकास र शैक्षिक गुणस्तर कायम गर्न सबै लाग्नुपर्छ।”  झिमरुकको समृद्धिको लागि हामिले निर्माण गर्ने शिक्षा नीति र पाठ्यक्रम र बिद्यालयमा हामिले पठनपाठनमा अपनाउने बिधिमा भरपर्ने भएकोले शिक्षाको बिकासको लागि सबैको सहकार्य आवस्यक पर्ने बताए ।
    “आग्रह पुर्वाग्रहबाट माथी उठेर जनताको पक्षमा काम गरियो भने झिमरुकको समृद्धि सम्भव हुने अध्यक्ष एमसीको भनाइ थियो । गोष्ठीमा आएका रचनात्मक सुझावलाई ग्रहण गर्दै झिमरुकको समृद्धि र शिक्षामा आमूल परिवर्तन ल्याउन सक्ने खालको बनाउन प्रयत्नरत रहने प्रतिवद्धता गरे ।
    यस्तै, कार्यान्वयनमा आएका योजना तथा कार्यक्रम समय सिमाभित्र सम्पन्न गर्न कर्मचारी जनप्रतिनिधि उपभोक्ता समिति फिल्डमा खट्नुपर्नेमा जाेड दिए ।
    गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले हाम्रो झिमरुक राम्रो झिमरुक बनाउने अभियानमा झिमरुकबासीको एकमना एकता आवश्यक रहेको बताए । “जल जमिन जङ्गल लाई महत्व दिएर पाठ्यक्रम निर्माण हुनुपर्छ”, उनले भने , “झिमरुकको पहिचान झल्किने स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर पाठ्यक्रम निर्माण गर्न थालेका छौ ।”
    झिमरुकको पाठ्यक्रम माटो भूगोल भेष भुसा सुहाउँदो बनाउन पहल थालिएको बताए। पाठ्यक्रम जिल्लाका सबै पालिकालाई उपयोग हुने गरि पाठ्यक्रम बनाउन सबैको सहयोग र सकारात्मक सुझाव रचनात्मक सहयोग आवश्यकता रहेको पोख्रेलले बताए ।  सुझावको आधारमा पाठ्यक्रमको ड्राफ्टलाई अन्तिम रुप दिने उनको भनाइ छ । स्थानीय उपभोक्ताले योजनालाई गुणस्तरीय र टिकाउ कसरी बनाउन स्थानीय जनश्रमदानलाई प्राथमिकता दिनुपर्ने बताए ।

    निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले सबैको सक्रिय सहभागिता भएको भन्दै स्थानीय पाठ्यक्रम झिमरुक सुहाउदाे बनाउन सुझाए। “विद्यार्थीको स्तर अनुसारको पाठ्यक्रम तयार गर्न निकै अफ्ट्यारो छ”, उनले भने “पाठ्यक्रम बनाउने मात्रै होइन विषयवस्तु सजिलोसँग बुझिने विद्यार्थीको रुचिकर हुने खालको हुनुपर्छ ।” शिक्षालाई सीप रोजगार र दैनिक जनजीवन संग जोडेर लैजानुपर्ने बताए । उनले भने,” शिक्षालाई प्राथमिकता दिनुपर्छ किनभने शिक्षा जीवन र जगत बुझ्ने अस्त्र हो ।” परम्परागत शिक्षालाईभन्दा आयमुलक ब्यवहारिक तथा आधुनिक प्रविधि शिपको प्रयोगमा अगाडी बढाउन व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उनकाे तर्क थियाे ।
    बिज्ञ सहित स्थानीय सरोकारवालाको समन्वयमा तयार गरिन लागेको स्थानीय पाठ्यक्रमले झिमरुक गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेतमा सहयोग पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले  विश्वास व्यक्त गरे ।
    “चालु शैक्षिकसत्रदेखि कक्षा १-८ सम्म पाठ्यक्रम शुरु गर्ने गरी स्थानीय पाठ्यपुस्तक निर्माणको कामलाई तिब्रता दिइएको हाे ।” रिजालले भने, “नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकाले त्यसको अभ्यासको सुरुवातीमा छौँ ।’
    पाठ्यक्रममा गाउँपालिकाको भूगोल, कला, संस्कृति, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनोपयोगी सीप समेटेर पाठ्यक्रम निर्माण गर्ने तयारी भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालको भनाइ छ ।
    “विद्यार्थीलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गरिने छ ।” उनले भने, “आधारभूत पाठ्यक्रममा गाउँपालिकाको समग्र अवस्था विद्यार्थीले सहजै पहिचान गर्न पाउनेछन् ।”
    समय, ऋण र क्यालेन्डर हेरेर विद्यालय जाने शिक्षक शिक्षिकाले रुचिकर तरिकाले विद्यार्थीलाई सिकाइ उपलब्धी दिन नसक्ने शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका प्रमुख शिवराज पण्डितले सुझाए ।  पाठ्यक्रमलाई उपयोगी बनाउन असल कुराहरुको उजागर गर्ने र विकृतिलाई निरुत्साहित गर्नुपर्ने बताए ।
    स्थानीय पाठ्यक्रममा स्थानीय कला संस्कृति भेषभुसा तथा पौराणिक मठ मन्दिर आदिलाई समावेश गरेर पाठ्यक्रम तयार गरिने छ ।”, शिक्षा शाखा प्रमुख मोहन बुढा क्षेत्रीले भने, “विभिन्न विषयगत ग्रुप बनाएर महत्त्वपूर्ण सुझाव ग्रहण गर्ने गरि सुझाव लिएका थियो ।”
    स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य बालाराम पोख्रेलले अन्य स्थानीय तहको पाठ्यक्रम र स्थानीय आवश्यकताको पहिचान र गहन अध्यन अनुसन्धान गरेर पाठ्यक्रमको ड्राफ्ट तयार गरिएको जानकारि दिए ।

    गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा उपाध्यक्ष प्रमोद पोख्रेल निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी उपाध्यक्ष पबित्रा जिसी वडा अध्यक्ष जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि विद्यालयका प्रधानाध्यापक शिक्षक बुद्धिजीवी समाजसेवी लगाएको उपस्थिति रहेको थियो ।

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.