• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

नौमुरे आयोजनाबाट १ हजार ४३६ घरपरिवार प्रभावित


  •   बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
  • naumure

    नौमुरे आयोजनाबाट १ हजार ४३६ घरपरिवार प्रभावित
    प्यूठान । २८१.०४ मेगावाट क्षमताको नौमुरे बहुउदेश्यीय आयोजनाबाट एक हजार ४ सय ३६ घर परिवार प्रभावित हुने देखिएको छ ।
    प्यूठान र अर्घाखाँचीको सिमाना ‘नौमुरे’ मा निर्माण हुने यो आयोजनाबाट १ हजार ४ सय ३६ घर प्रभावित हुने देखिएको हो ।
    शुक्रबार सार्वजनिक आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा प्यूठानको सरुमारानी गाउँपालिका (१, २,३,४,५,६), ऐरावती गाउँपालिका (१, २, ३, ४, ५ र ६) र माण्डवी गाउँपालिका (१, २, ३, ४ र ५) अर्घाखाँचीको भुमिकास्थान नगरपालिका (३, ४, ५ र ६), मालारानी गाउँपालिका (५, ८ र ९), शितगंगा नगरपालिका (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११) कपिलबस्तुको शिवराज नगरपालिका (१, २ र ९), बुद्धमुभि नगरपालिका (१, २, ३, ४ र ५), विजयनगर नगरपालिका (१ र २) दाङको राप्ती गाउँपालिका ( १ र २), गढवा गाउँपालिका (१), बंगलाचुली गाउँपालिका (७, ८ र ९) का वडाहरुमा प्रभाव पर्ने उल्लेख छ । प्रतिवेदनमा उल्लेखित विषयमा राय सुझाव दिन एक हप्ताको सूचना समेत जारी गरिएको छ ।
    नौमुरे बहुउदेश्यीय अन्र्तगत ३ वटा जलविद्युत आयोजनाको परिकल्पना गरिएको छ । नौमुरे जलविद्युत आयोजना, लामाताल जलविद्युत आयोजना र सुराई–नाका जलविद्युत आयोजना रहेका छन् । प्यूठानको सरुमारानी गाउँपालिका–३ र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ७ र ८ को सिमानामा १६९ मिटर अग्लो नौमुरे बाँध बनाएर प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ३ मा विद्युतगृह निर्माण गरी २१८.३४ मेगावाट विद्युत उत्पादन गर्ने नौमुरे जलविद्युत आयोजनाको प्रस्ताव गरिएको छ । यस्तै शितगंगा नगरपालिका–७ अर्घाखाँचीको लामाताल गाउँमा रि–रेगुलेटेड बाँध बनाएर ८ मेगावाट विद्युत उत्पादन गर्ने लामाताल जलविद्यत आयोजनाको प्रस्ताव गरिएको छ ।
    लामाताल जलविद्युत आयोजनाको टेलरेसबाट छोडिने केही पानीको प्रयोग गरी अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका हुँदै सुरुङ् मार्फत अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ को सुराई खोलामा रहने विद्युतगृहबाट अधिकतम ५४.७ मेगावाट विद्युत उत्पादन गरीने सुराईनाका जलविद्युत आयोजनाको प्रस्ताव गरिएको छ ।
    नौमुरे जलविद्युत आयोजनाका लागि झिलिवाङदेखि आयोजना क्षेत्रसम्म २२.९४ किलोमिटर पहुँच मार्ग निर्माण गरिनेछ । त्यसैगरि लामाताल जलविद्युतका लागि झिलिवाङ देखी आयोजना क्षेत्रसम्म २२.९४ किलोमिटर र सुराईनाका जलविद्युत आयोजनाका लागि पूर्व–पश्चिम राजमार्गबाट सर्ज ट्यांकसम्म ५.१७ किलोमिटर पहुँचमार्गको निर्माण गरिने प्रस्ताव गरिएको छ ।
    लुम्बिनी प्रदेशकै ठूलो विद्युत आयोजनाको रूपमा रहेको यो आयोजना नेपाल सरकारको लगानीमा निर्माण हुने भनिएको छ ।

    Advertisement

    बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.