• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

स्वर्गद्वारी नगरपालिकामा स्तनपान कक्ष सञ्चालन


  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • बबिता रिजाल प्युठान ,१६ साउन। स्वर्गद्वारी नगरपालिकाको कार्यालयमा स्तनपान कक्ष सञ्चालन भएको छ । विश्व स्तनपान सप्ताह सुरु भएको अवसरमा मंगलबार एक कार्यक्रमका विच स्तनपान कक्षको उद्घाटन गरीएको हो । विश्व स्तनपान दिवश सन् १९९२ देखी मनाउन सुरु गरीएको थियो । विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ । स्तनपानको महत्त्वबारे जानकारी दिन हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।

    Advertisement

    यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ । सोहि नारालाई आत्मसाथ गर्दै स्वर्गद्वारी नगरपालिकाले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।

    स्वर्गद्वारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं स्वास्थ्य शाखा प्रमुख दल बहादुर के सी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य शाखा प्रमुख दल बहादुर के सीले स्तनपान सप्ताहको बारेमा जानकारी दिनु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो “ वडा तथा सरकारी कार्यालय को ब्यबस्था नहुदा धेरै गाह्रो भएको महिला कर्मचारीहरुले बारम्बार गुनासो गर्नु भएको थियो र आज बिश्व स्तनपान सप्ताहको अवसरमा स्तनपान संचालन गर्न सफल भएको छौ, हामी निकै खुसि छौ , अब स्वर्गद्वारी नगरपालिकाका प्रत्येक वडा , स्कुल तथा सरकारी कार्यालय मा संचालन गर्ने छौ । ”

    यस्तै कार्यक्रमको प्रमुख अतिथि तथा स्वर्गद्वारी नगरपालिकाका उप मेयर मिनराज राना मगरले स्तनपान कक्षको उद्घाटन गर्न पाउँदा अत्यन्तै खुसि व्यक्त गर्नुभयो । उहाँले पनि कार्यालयमा सेवा लिन आउने तथा सेवा दिने दुवै आमाहरुलाई अब स्तनपान गर्न सहज हुने र अब स्वर्गद्वारी नगरपालिकाका प्रत्येक वडा तथा स्कुलमा पनि सन्देश पुराएर त्यहाँ पनि संचालन गर्नेे प्रतिबद्धता व्यक्त गर्नु भयो ।

    स्वर्गद्वारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य शाखा प्रमुख दल बहादुर के सी को अध्यक्षता तथा स्वर्गद्वारी नगरपालिकाका उप मेयर मिनराज रान मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा युएसएआईडि किशोर किशोरी प्रजनन् स्वास्थ्य कार्यक्रमका युवा श्रोत व्यक्ति सौरभ गौतम , सहजकर्ता प्रतिक्षा गाहा मगर , स्वर्गद्वारी नगरपालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुख , पत्रकार लगायतको उपस्तिती रहेको थियो ।

    स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ। दूधमा रोग निरोधक तत्त्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । डाक्टरकाअनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर ६ महिनामुनिका ४४ प्रतिशत शिशुलाई मात्र स्तनपान गराउने गरेको पाइएको छ । यस्तै, स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ । स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने डाक्टरले बताएका छन् । शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्त्वपूर्ण हुने गर्छ।

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.