• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

शालिनताका पर्यायबाची थिए नेम्वाङ (छोटो जीवनी सहित)


  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
  • Advertisement

    जनखोजी सम्पादकीय
    नेपालको संविधान निर्माण गर्ने समयका संविधान सभाका सभाध्यक्ष देशले गुमाएको छ । कम्युनिष्ट आन्दोलनमा पाका, शालिन र सबैलाई मिलाउन माहिर नेताका रुपमा लिइने सुवासचन्द्र नेम्वाङ हृदयघातका कारण सोमबार राती १ः३० वजे त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
    उनीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायत पार्टीनेता अस्पताल पुगेका थिए ।
    को हुन नेम्वाङ ?
    वि.स. २००९ सालमा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मिएका नेम्वाङ नेपालको राजनीतिक र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व थिए ।
    उनले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकाको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा एमालेको उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हालेका थिए । इलाम नगरपालिका– ७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आएका थिए । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उनले सँगसँगै अघि बढाएका थिए ।
    २०२८ सालमा इलाम क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएको नेम्वाङ, २०३३ सालमा राजकाज मुद्धामा जेल परेपछि औपचारिक रुपमा मालेमा संगठित भएका थिए । नेम्वाङ २०३५ देखि २०४२ सालसम्म नेपाल ल क्याम्पसमा प्रध्यापन, २०४८ मा राष्टिय सभा सदस्य, इलाम २ बाट त्यस यताका सबै निर्वाचनमा निर्वाचित, २०५६ मा सार्वजनिक लेखासमिति सभापति, २०६३ देखि २०७० सम्म सभामुख, २०७८ मा एमाले उपाध्यक्ष निर्वाचित र २०७९ देखि एमाले संसदीय दलका नेता रहेका थिए ।
    शालिनताका पर्यायवाची थिए नेम्वाङ
    सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावकजस्तै थिए । संसद् सञ्चालनका क्रममा तत्काल आएका चुनौतीलाई सहज रूपमा अघि बढाउन खप्पिस नेम्वाङ प्रतिवाद गर्ने नेता तथा सांसदलाई व्यंग्यात्मक र मीठो शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउँथे । ०५६, ०६४, ०७०, ०७४ र ०७९ को चुनावमा इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी नेम्वाङले नेपालको संसदीय लोकतान्त्रिक अभ्यासमा आफूलाई परिपक्व राजनीतिज्ञको रूपमा प्रमाणित गराउन सफल भए ।
    पार्टीभित्र कतिपय मुद्दामा फरक विचार र धारणा राख्दै आएका नेम्वाङले पछिल्लोपटक दलले गर्दै आएको संसद् अवरोधप्रति असहमति जनाउँदै अभिव्यक्ति दिएका थिए । दलहरूबीच वेलाबखत घटनाविशेषका कारण देखिने तिक्ततालाई निरन्तर वार्ता र संवादबाट सहमतिमा पुग्न सकिने धारणा राखेका नेम्वाङले सबैसँग भेटघाट र वार्ता छलफलका लागि सहज थिए ।
    उनका पिता स्व.रामबहादुर न्यायाधीश थिए भने छोरा सुहाङ नेम्वाङ पनि कानुन व्यवसायी नै हुन् । कानुनसहित दुई विषयमा स्नातक नेम्वाङ लामो समय प्राध्यापन पेसामा रहेकाले पार्टी प्रशिक्षणमा पनि अब्बल नै थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
    नेम्वाङसंग एक गुनासो
    कम्युनिष्ट आन्दोलनमा नेतृत्वको आलोचना खुलेर गरेको त पाइदैन तर आफु कानुनको जानकार हुँदाहुँदै पनि केही भूमिका खेल्न नसकेको प्रति नेम्वाङसंग एक जिज्ञासा रहिरह्यो । संविधानसभाबाट संविधान जारी गर्ने क्रममा उनले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको छ । तर उनका सहकर्मी केपी शर्मा ओलीले पटक पटक असंवैधानिक कदम चाल्दा नेम्वाङ खुल्न किन सकेनन् भन्ने प्रश्न नेपाली जनमा रही रहेको छ । मुलुकका ऐन र कानुनप्रति धेरै जानकार नेम्वाङले यसको जवाफ नदिइ अस्ताए । नेम्वाङको निधनले देशलाई अपुरणीय क्षति पुगेको छ ।

    मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.