जनखोजी
प्युठान, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्युठान आउने भएका छन् । असोज ८ गते प्यूठानमा हुने एकीकृत समाजवादी युवा संघ तथा अन्य भातृ संगठनहरु संयुक्त आमभेलालाई सम्बोधन तथा निर्देशन गर्न प्यूठान आउन थालेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) प्युठानले जनाएको छ ।
नेपालको साथमा गण्डकी प्रदेशसभा सदस्य पूर्व खेलकुदमन्त्री राजिव गुरुङ (दिपक मनाङे) लगायतका नेता समेत आउन थालेको युवा संघ जिल्ला कार्यसमिति प्युठानका अध्यक्ष कमल घर्ती मगरले जानकारी दिए ।
Advertisement