• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

अमर मा वि को “५२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम २०८०”

  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
  • बबिता रिजाल , असोज २५ प्युठान । अमर माध्यामीक विद्यालय स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ भिङ्ग्री प्यूठानले आफ्नो ५२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८० कार्यक्रम सम्पन गरेको छ ।

    Advertisement

    विहिवार विद्यालयको आफ्नै प्राङ्गणमा अमर माध्यामीक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर रोकायको अध्यक्षतामा कार्यक्रम गरीएको हो । विहिवार आयोजित वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रधानाध्यापक बाशुदेव खनालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अभिभावक संघ समितिका शिक्षक प्रतिनिधि तथा शिक्षक मीन बहादुर बुढाथोकीले विद्यालयको सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै सोही कार्यक्रममा खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट तथा अध्ययन तर्फ विभिन्न परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरीएको हो ।

    कार्यक्रममा मनोरञ्जनका लागी विद्यार्थिहरुको तर्फबाट विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरीएको थियो ।

    कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख मिनराज राना मगर , जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मी तथा वडा अध्यक्षहरु लगायतले आफ्नो मन्तव्य व्यक्त गर्दै आगामी दिनमा विद्यालयको उच्च प्रगतिको कामना गरेका छन् ।

    वि .स . २०१६ सालमा स्थापना भई शिक्षा दिदै आएको अमर माध्यामिक विद्यालयले प्यूठानको माडीक्षेत्रमा रहेर आफ्नै इतिहास र छुट्टै पहिचान बोकेको छ । अमर माध्यामिक विद्यालय नमुना विद्यालयभित्र पनि पर्दछ । जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख मिनराज राना मगर विशेष अतिथिको रुपमा हुनुहुन्थ्यो ।

    विहिवारको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका पूर्व नगरप्रमुख नेत्र बहादुर रोकाय , विभिन्न वडाका वडा अध्यक्षहरु , शिक्षक , विद्यार्थि , पुर्व शिक्षक , अभिभावक , पत्रकार , विभिन्न राजनैतीक दलका प्रमुख तथा प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो । विद्यालयकी शिक्षका रूक्मिणी रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन अमर मा वि का सहायक प्रधानध्यापक यमराज शर्माले गर्नुभएको थियो ।

    बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.