लिला पुन
बिजुवारलाई आधार मान्दा प्युठान जिल्लाको पूर्वी दक्षिण भाग छापेखोला मल्लरानी गाउँपालिक खलंङ्गाबाट पूर्व दक्षिणतिर बगेको देखिन्छ । यसै खोलालाई आधार मानेर कवि रामप्रसाद पोख्रलले भरखरै ‘छापेखोलाको सुसेली’ नामको एउटा गीति संग्रह निकालेर पाठकहरुको हातमा थमाई दिएका छन् । कति मिठो छ छापेखोलाको सुसेलीभित्र सुसेल्दा ! जति पढ्यो, उति पढ्न मन लाग्छ , जति हे¥यो उति हेर्न मन लाग्छ । गाउँ समाज, देश, साथीभाइ र साहित्यभन्दा ज्यानै दिन चाहने मोहनी बोलीका धनी कवि रामप्रसाद पोख्रेल लगनसिलता र निरन्तरतामा उत्तिकै जाँगरिलो छन् ।
युवा कवि रामप्रसाद पोख्रेल, बुबा झविलाल पोख्रेल, आमा टोपलादेवी पोख्रेलको कोखबाट बि.स. २०२३ साल जेठको २३ गते ऐरावती–६ बिजुली हाडिखोला गाउँमा जन्मेका हुन् । कवि पोख्रेलको बैवाहिक सम्बन्ध २०४६ साल मङ्सिर महिनाको ९ गते बुबा चोरपानी खडानन्द पोख्रेल, आमा तीलादेवी पोख्रेलकी जेठी छोरी कमला पोख्रेलसंग भएको थियो । कवि पोख्रेलकी श्रीमती कमला पोख्रेल पनि आफ्नै जीवनसाथी रामप्रसाद पोख्रेलजस्तै निकै सौम्य र सालिन छिन् । इष्टमित्र, दाजुभाइ, दिदीबहिनीभन्दा मरिहत्ते गर्छिन् । बाहिरबाट हेर्दा लाग्छ जन्मिसकेपछि मरिलानु के छ र ? मिठो र मोहनी बोली बोल्नु दाजुभाइ, दिदीबहिनी राख्नु, इष्टमित्र राख्नु यही नै जीवनको सार हो । कवि रामप्रसाद पोख्रेल र कमला पोख्रेलको कोखबाट जन्मिएका दुईभाइ छोराहरु काठमाण्डौंमा जागिरको साथसाथै अध्ययन पनि गर्छन् । बि.ए.सम्म अध्ययन गरेका कवि पोख्रेल जहान, परिवार, आमाबाबु, छोराहरु पालन–पोषण र जिवन जिउने क्रममा विभिन्न स्कुलहरुमा अध्यापन कार्य गरे । स्कुलमा अध्यापन गर्ने क्रममा फुर्सदको समयमा गाउँघर र समाजमा गएर जनताको माझमा आफ्ना कविताहरु सुनाउने गर्थे ।
त्यसै क्रममा उनी साहित्य संस्था ‘साहित्य परिषद प्यूठान’मा आवद्व भए । त्ससको साथै समाजवादी विचारधारामा आधारित प्रगतिशील लेखक संघ नेपाल, जिल्ला शाखा प्यूठानको सदस्य बन्नमा सफल भए । त्यतिमात्र होइन, प्रलेस लुम्बिनी प्रदेश सचिब, राप्ती साहित्य परिषद् प्यूठान सदस्य, वन उपभोक्ता महासंघ ऐरावति अध्यक्ष, ने.रे.सो.धरमपानी सदस्यमा पनि हालसम्म लगनसिलता पूर्वक कार्यरत छन् । देशका ७७ जिल्लामध्य ४४ जिल्लामा भ्रमण गरिसकेको र भारतको पञ्जाब, दिल्ली, चीनको खासा भ्रमण गरेको अनुभब उहाँको मन मुटुमा अझै ताजा छ । आफ्नो कृति गीति संग्रह “छापेखोलाको सुसेली” मा लेख्छन्–‘उहाँहरुसंग समय–समयमा छलफल, वीचार र विमर्शमा सहभागी हुँदा लाग्थ्यो स्वार्थरहित काल्पनिक स्र्वग जहाँ मरेपछि धर्मात्मा मात्र जान सक्छन् भन्ने धार्मिक मान्यता छ । त्यही स्र्वग आफ्नै जीवनमा प्रत्यक्ष भएको अनुुभूति हुन्थ्यो । मैले भेटाएको स्र्वगमा न कसैको स्वार्थ थियो न कसैको छलछाम ! त्यहाँ कुनै राजनीतिको फोहरी गन्ध ! त्यहाँ कलाका, सृजनाका, साहित्यको विषयमा छलफल हुन्थे । हराउदै गएको नेपालीपनको चिन्ता व्यक्त हुन्थ्यो । मासिदै गएको हाम्रा असल संस्कृतिको बारेमा चिन्ता हुन्थ्यो । समाजमा हुने विभेदको बारेमा चिन्ता हुन्थ्यो । त्यहाँ राष्ट्रप्रेमको तिर्खा भेटिन्थ्यो । देशभक्तिको भावना अनि साहित्य सृजनामा चिन्तन हुन्थ्यो ।”
कति महान छ ! हाम्रा कविको मनमुटुमा उदगार ! धर्मको नाममा असत्यमा टिकेको समाजलाई व्यङ्ग गर्दै भन्छन्–‘धर्मको नाममा स्वर्गको कल्पना गरेर सत्य बाटोमा हिडेको मान्छेलाई असत्य बाटोमा हिडाउन खोज्ने मान्छेलाई कति मजाले व्यङ्ग गरेका छन् । साहित्य संस्थामा आवद्व भएर आफ्नै गुरुहरु, सहपाठी साथीहरुसंग बसेर कला, सृजना, साहित्यको बिषयमा साँचो सत्य कुरोलाई औल्याउदै छलफल तथा चिन्ता व्यक्त गर्दा र समाजमा हुने विभेद, देशभक्तिको भावना माथि छलफल गर्दा आफ्नो मुटुमा राष्ट्रप्रेमको तिर्खा मेटिएको भान हुने कवि पोख्रेल कति महान देशको माया बोकेर हिड्छन् भन्ने कुरा थाहा हुन्छ । यस्ता महान मान्छेले नजानेर विराएको गलत बाटोलाई सही बाटो नलगाई दिएमा हामी उहाँका अनन्य मित्रहरुलाई नै पाप लाग्नेछ भन्ने कुरो उहाँका शुभचिन्तक साथीहरुलाई सुझाब र सल्लाह दिन्छु ।
साहित्य परिषदमा रहदा बस्दा उनका कतिपय गीत कविताहरु पनि सुन्न पायौं । उनका जीवनका पाइलाहरु साहित्य संस्था र सामाजिक काममा अगाडि बढ्दै गयो । यही साहित्य संस्थामा आवद्व हुने समयमा नै उहाँको बुबा वित्नु भयो । मान्छे भएर जन्मेपछि अनिवार्य रुपमा मर्नुपर्छ , यो प्रकृतिको नियम हो भन्ने कुरा बुझेका कवि पोख्रेलले पिताको सधैको लागि विछोडको वियोग पनि सहनु प¥यो । उनले जीवनमा हरेस खाएनन् । आफ्नो कर्तव्यलाई समाजहितमा लगाउनु पर्छ भन्ने सोचमा रहेका कवि तथा सामाजिक अभियन्ता बनेका पोख्रेलको प्रतिभाको कलम रोकिएन । अभैm पनि आफ्नो वलीदौतरी संगीसाथीसंगको भेटघाटमा आमा र बाबाले दिएको मायाको तितो र सत्य अनुभवहरु सुनाउन पछि पर्दैनन् कवि पोख्रेल । आफ्नो मिहनत, निरन्तरता, लगनसिलता र नम्रतामा खेल्दै यहाँसम्म कसले पु¥यायो भन्ने कुराको सिलसिलामा आफ्नो गीति संग्रह “छापेखोलाको सुसेली” नामक गीति संग्रहको “समपर्ण” मा लेख्छन्–“मलाई यस यात्रामा सहभागी गराउने धनुश्वरका छोरा प्रतिमन, प्रतिमनका छोरा डिलाराम, डिलारामका छोरा डुकलाल, डुकलालका छोरा डेडप्रसाद, डेडप्रसादका कान्छा छोरा मेरा पिता झविलाल उपाध्याय र माता टोपलादेवी आज्ञे ६ पुस्ता जन्मदाताहरुमा सभक्ति यो “छापेखोलाको सुसेली” समर्पण गर्दछु । आफ्नो जीवनको बाटोलाई साहित्य फाँटमा होमेका युवा कवि पोख्रेलले आमाबाबुको बारेमा तीतो तर यथार्थ सत्य कुरा बारम्बार भनिरहन्छन्–“आमाबाबा नभई दिएको भए सायदः मैले हजुरहरुलाई चिन्ने थिइन । छापेखोलामा मात्रै सिमित हुने थिए । यहाँसम्म पु¥याइ दिनु हुने सबै प्रियजनहरुमा हार्दिक नमन् ।”
२०८० असार २९ गतेको २१० औं भानुजयन्तिको अवसर पारेर उहाँको निमन्त्रणामा कवि पोख्रेलको घरको अवलोकन गर्ने अवसर पाइयो । हामी साहित्य परिषद् प्यूठान परिवारको लागि यो राम्रो मौका थियो । वनको काखमा ठिङ्ग उभिएको खोलाको किनारामा टुसुक्क बसेको चिटिक्क परेको घर, घरको तल्लो तलामा खुद्रा पसल उपल्लो तल्लामा दुई ढुकुरको जोडी बस्ने खाने पकाउने कोठा, सुत्ने कोठा, आँगन, आँगनको उपल्लो कुनामा कागतीको रुख नजिकै स्वामीको बुटा उहाँ दुईको हामी पाहुनामाथिको स्वागत् सत्कार अझैसम्म पनि त्यहीँ नै छौँ कि जस्तो लाग्छ । म भावनामा बग्ने मान्छे सायदः सबै आ–आफ्ना भावनामा छुट्टाछुट्टै उद्देष्य लिएर सबै बगेको होलान् । त्यसैले त हामी निस्वार्थ भावनाले लिएर साहित्य संस्थामार्पmत जनमनलाई जगाउँदै हिडेका हौला ! घरको अगाडि स्वामीको रुख देखे अनि त प्रश्न गर्न मन लाग्यो । ए स्वामी ! बरको त पीपल हुन्छिन् तिम्रो खोइ त ? झल्याँस सम्झना आयो ! त्यो बेलासम्म त मैले त्यो प्रश्न कवि रामप्रसाद पोख्रेललाई गरिरहेको रहेछु । कारण उहाँको जीवनसंगिनी हामी पाहुनाको लागि भनेर भित्र भान्सा कोठामा गएको देखेको रहेनछु । अचानक चिया बिस्कुट थालीमा बोकेर आउँदा पो सम्झना आयो । हाम्रो स्वागत सत्कारको लागि पो भित्र जानु भएको रहेछ । म भित्रभित्रै लाजले नतमस्तक बने । त्यो घटना अझै मेरो मानसपटलमा ताजै छ ।
यसै “छापेखोलाको सुसेली” भित्र पस्दा पाएको अनुभव र अनुभूतिहरु यहाँ दर्साइएको छ । कवि पोख्रेलले देउताको नाममा पूmल, अविर, पैसा बोकेर मन्दिर पस्ने अर्को जुनीको लागि वर माग्ने, सडकको पेटीमा र बाटाघाटामा दाँदा खान देऊ भन्दै पैसा माग्नेलाई छड्के आँखाले पनि नहेर्ने ढोगी मानवले मान्ने देउता खोज्छन् तर पाउदिनन् अनि त कविताबाट नै व्यङ्ग गर्छन् । “देउता तिमी कहाँ छौं ?” भन्ने कविता शिर्षकमा–“स्वस्थानीको पुस्तक पढ्दा, महादेवको छ कथा
श्रीमद्भागवत गीता पढे, कृष्णकै छ बर्णनन् कथा ।
हिन्दू दर्शन एउटै होला, देउता कति–कति
देउरालीमा देउता बने, ढुङ्गा भए जति ।
पुराणले बताउँछ पाप पुण्य कति
धर्मात्मा त स्वर्ग जान्छन् नर्क पापी जति ।
सदाचार पाठ होला, पाप धर्मका कुरा
पापीहरु तिनै होलान्, प्रहार गर्ने छुरा ।
देउताहरु कहाँ बस्छौं ? अब तिमी भन
छैनौ भने फताहाले, भ्रमित पारे जन ।
द्येउता मैले भेटाइन, भेटँ मात्र मूर्ति
विश्वासमा अडिएको, हाम्रो जनश्रुति ।
त्यसै गरेर कवि पोख्रेलले आफ्नो मनको भाव यसरी व्यक्त गर्छन् पैसा मात्र दिए टिकट पाउने नत्र टिकटै नपाइने प्रथा चलाउने बर्तमान नेताहरुलाई घोचपेच गर्दै राजनीति शिर्षक नाम दिएको कवितामा भन्छन्–
“हालसम्म कसैको नि, भजन मैले गाइन ।
कहिले पनि गरिबको पसिना मैले खाइन ।।
टिकटको मोलगरी नेता कहाँ धाइन ।
त्यसैले त चुनाबमा मैले टिकट पाइन ।।
दस्तावेज छन् तिम्रा यहाँ, मेरो दराजभरी ।
साँठगाँठ किन ग¥यौं विचार मर्ने गरी ।।
कहिले भन्छौं प्रधान दुश्मन्, कहिले भन्छौं मित्र ।
पदलोलुप छायाँ देखे, तिम्रो दल भित्र ।।
मोर्चा कस्न वुश हुन्थ्यो सत्तापक्ष माथि ।
रसास्वादन गर्ने मन भो जनतालाई ढाँटी ।।
दरिद्र छन् आत्माहरु नग्न चित्र छन् कति ।
सबै दल उस्तै लाग्यो यहाँ भएका जति ।।
कवि रामप्रसाद पोख्रेलले “काल” शिर्षक कवितामा ए काल ! तैले समाजमा जो राम्रो मान्छे छ किन उसैलाई चाँडै लैजान्छस् । बुढो बालो नभनेर जसलाई पायो उसलाई किन टिपेर लान्छस । लैजानु पर्ने मान्छे लैजान्नस ! नलाने लैजान्छस् भन्दै मैले भनेको मान काल भनेर व्यङ्ग गर्दै सुझाब र सल्लाह दिन्छन्–
“हे काल तैले, मेरो कुरा मान है !
म दिन्छु अर्ति, केही कुरा जान है ।।
बहाना नपार, मान्छे मार्न केही ।
म केही भन्छु , मान कुरा त्यही ।।
भ्रष्ट छन् यहाँ, छान्नु छ तैले ।
लैजाने सल्लाह दिन्छु है मैले ।।
अपराधी छन् यहाँ केही केही ।
हात हाल्नु पर्छ तिनलाई त्यहाँ ।।
यौन पिपासु छन् धेरै धैरै यहाँ ।
नजर तैले दिनुपर्छ त्यहाँ ।।
शोषक छन् गाउँमा के हेर्छस तैले ।
लैजान सल्लाह दिन्छु है मैले ।।
कवि रामप्रसाद पोख्रेलले “छापेखोलाको सुसेली” मा आफ्ना ३६ वटा रचनाहरुलाई कैद गरेका छन् । सबै कविताको आ–आफ्नै भावार्थ छन् । एकपटक पढेपछि पढुपढु लागौ जस्तो लाग्ने गराउने उनको कला र कौसलता हो ।