जनखोजी समाचारदाता
स्वर्गद्वारी, १६ मङ्सिरः राष्ट्रव्यापी अन्तरस्थानीय तह भलिबलको कप सुनिलस्मृति गाउँपालिका, रोल्पाले जितेको छ । फाइनल खेलमा गौमुखी गाउँपालिकालाई हराउँदै प्रथम अध्यक्ष कप जितेको हो ।
सुनिलस्मृति रोल्पा प्रथप हुँदा, गौमुखी गाउँपालिका प्युठान द्वितीय र सरुमारानी गाउँपालिका प्युठान तृतीय स्थान हासिल गरेका हुन् । विजेता पुरस्कार प्रथम सुनिल स्मृति नगद रु २ लाख, गौमुखी गाउँपालिका द्वितीय नगद रु १ लाख २५ हजार र तृतीय सरुमारानी गाउँपालिकालाई नगद रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
माण्डवी गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप पुरुष भलिबल “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने प्रमुख नारासहित राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता–२०८० माण्डवी गाउँपालिका–३ मार्सिवाङ स्थित खेलकुद मैदानमा बिहिबार देखि शुरु भइ शनिवार सम्पन्न भएको हो ।
सुनिलस्मृतिले जित्यो अन्तर स्थानीय तह भलिबल प्रतियोगिता
सुनिलस्मृतिले जित्यो अन्तर स्थानीय तह भलिबल प्रतियोगिता

Advertisement
तपाईको प्रतिक्रिया