• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

स्वर्गद्वारीमा चरनका लागी जिल्ला बाहिरबाट मौरी ल्याउँदा स्थानिय मौरी पालकलाई समस्या , उत्पादन घट्ने जोखीम


  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
  • बबिता रिजाल,  मंसीर २६ प्युठान । प्युठान मौरी पालनको लागी प्रसस्त चरन क्षेत्र भएको जिल्ला हो । प्युठानकै स्वर्गद्वारी नगरपालिकामा मौरी पालन व्यवसाय फस्टाउँदै गएको छ । यहाँका मौरी पालक कृषकहरु मह बाटै मनग्य आम्दानी गरि घर व्यवहार चलाईरहेका छन् । तर अहिले जिल्ला बाहिरबाट चरनका लागी आउने मौरी यहाँका कृषकको प्रमुख समस्या बनेको छ ।
    स्वर्गद्वारी नगरपालिका वडा नं ५ का कुवेर भण्डारी विगत २० बर्ष देखी मौरी पालन व्यवसाय सञ्चालन गरि बार्षिक ३ लाख आम्दानी गर्दै आउनुभएको छ । अहिले उहाँ नेपाल मौरी पालक महासंघ , जिल्ला शाखा प्युठान अन्तर्गत स्वर्गद्वारी नगर स्तरी मौरी पालक संघको अध्यक्ष समेत हुनुहुन्छ । उहाँका अनुसार केही समय अगाडि स्वर्गद्वारी नगरपालिका वडा नं ७ नल्सीमा चितवनबाट १४ जना मौरी पालक कृषकहरुले १२ सय घार मौरी चरनको लागी लिए ।
    नगरपालिका संग कुनैपनि सम्झौता नगरि मौरी पालक संघको अनुमती विना मौरी चरनको लागी ल्याउँदा स्थानिय मौरी पालक कृषकलाई व्यवसायमा जोखीम मोल्नु परेको छ । यहाँका मौरीहरुमा विभिन्न थरिका रोगहरु देखा पर्न थालेको छ । अन्य क्षेत्रबाट चरनका लागी ल्याईएका मौरीले गर्दा यहाँका मौरीलाई चरन क्षेत्रको अभाव भएको छ । जसले गर्दा मह उत्पादन दिनप्रतिदिन घट्दै गएको अध्यक्ष कुवेर भण्डारीको गुनासो छ ।
    “गत कार्तिक १५ गते स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी , नगर उपप्रमुख मिनराज राना मगर , प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल , नगर स्तरीय मौरी पालक संघ र स्थानीय मौरी पालक व्यवसायि विचको संयुक्त बैठकले कार्तिक २६ गते भित्र सबै मौरीहरु हटाउने मौखीक सहमति भयो । त्यसको केही समयपछि १३ जना मौरी पालक कृषकहरुले ९८४ घार मौरी त हटाए तर एक जना कृषक पशुपति के.सी. ले आफ्ना २१६ घार मौरी हटाएका छैनन् । नगरपालिकाले पनि कुनै ठोस निर्णय सकेको छैन ।” उहाँ भन्नुहुन्छ, “मोरी हटाउनका लागी नगरपालिकामा ताकेता गरिरहेका छौँ । हटाउने निर्णय भएको पनि १ महिना वितिसक्यो , अहिले सम्म लैजाने सुरसार छैन । यसरी बाहिरबाट आएका मौरीलाई यहाँ राख्दा अनेक थरी रोगको संक्रमणको जाखिम बढेको छ । चरन क्षेत्रको अभाव हुदाँ मह उत्पादन घट्दै गएको छ ।”
    स्थानिय सरकारले वेवास्ता गर्दा व्यवसाय नै त्याग्नु पर्ने अवस्था आउन सक्ने नगर स्तरीय मौरी पालक संघका सचिव तथा बेलबास कै मौरी पालक कृषक मोहनलाल गोराथोकी बताउनु हुन्छ । “४० बर्षदेखी मौरी पाल्दै आएको छु । बार्षिक ४÷५ लाख आम्दानी हुन्थ्यो । तर अहिले मौरीले उत्पादन दिन छाडेको छ । व्यवसाय प्रतिको आकर्षण नै हराउँन थालेको छ ।” उहाँले भन्नुभयो, “यो समस्यालाई समाधान गर्न धेरै कोशिस ग¥यौँ । पशुपति के सी जी लाई मौरी चरनका लागी अन्यत्र लैजान आग्रह ग¥यौँ । तर उहाँले अहिलेसम्म लैजानुभएको छैन । स्थानिय सरकारले पनि खासै चासो देखाएको छैन ।”
    यता चितवनका मौरी पालक व्यवसायी पशुपति के.सी. ले भने मौरी सार्नका लागि समय उपयुक्त नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “अनुमति नदिनु मेरो कमजोरी हो । मेरो कारणा स्थानिय मौरी पालक व्यवसायीलाइ समस्या परेको छ त्यो म मनन् गर्न सक्छु । मौरी सार्नका लागि सबै तयारी पनि भएको हो तर विचमा पानी पर्ने र चिसो बढ्ने समस्याले गर्दा मौरी सार्न सकिएन । तत्काल मौरी सार्दा मह बिग्रीएर उत्पादन घट्न जान्छ । धेरै नोक्सान बेहोर्नुपर्ने अबस्था आउनसक्ने भएकाले अहिले सार्न नसकिएको हो ।”

    Advertisement

    मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.