प्युठान, टिप्परको ठक्करवार एक जना सडक मजदुरको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–८ लुप्लुङ्गमा रहेको चुनढुङ्गा खानीबाट चुनढुङ्गा ओसारपसार गर्ने टिप्पर ठक्करबाट स्थानीय ३७ वर्षीय सडक मजदुर यामबहादुर दमाईको मृत्यु भएको हो ।
दमाईलाई आईतबार सांझ अधेरीखोला नजिकै लु १ क १३५७ नम्वरको टिपरले ठक्कर दिएको थियो । ईट्टा लिएर लुप्लुंग तर्फ जाँदै गरेको टिपरको ठक्करबाट सख्त घाईते यामबहादुरको उपचारका लागि भैरहवा लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देविप्रसाद गैरेले जानकारी दिए । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
मृतक याम बहादुर बाग्दुला बाहाने खण्डमा सडकमा काम गर्ने मजदुर हुन् । उनकी श्रीमती र ६ छोराछोरी छन् । दैनिकी ज्यादारीले गुजारा चलाई रहेको दमाईको परिवारमा उनको निधनले परिवार संकट सिर्जना भएको छ ।
टिप्परको ठक्करबाट मजदुरको मृत्यु
टिप्परको ठक्करबाट मजदुरको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया