• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

वजार अनुगमन तिव्रः व्यवसायिक त्रुटि सच्चाउन सुझाव सहित कारबाहीको चेतावनी


  •   शनिबार, असोज १६, २०७८ मा प्रकाशित
  • झइन्द्र भण्डारी
    प्युठान, नेपालका धार्मिक पर्वहरू नजिकिदै गइरहेको अवस्थामा प्यूठानका बजारहरूमा कालाबजारी तथा अनियमित बजारीकरणमा नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय प्यूठानले नियमित बजार अनुगमन कार्यक्रमलाई तिब्रता दिएको छ ।

    Advertisement


    विशेष गरेर चाडपर्वहरूको समयमा खाद्यान्न , फेन्सी तथा अन्य व्यवसायहरूमा कालाबजारी हुने तथा व्यवसायमा व्यापक अनियमितता हुन सक्ने भन्दै यसको नियन्त्रण गर्नको लागि अनुगमन कार्यलाई तिब्रता दिइएको प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले बताए ।
    बजार अनुगमन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले विभिन्न व्यवसायहरूमा विविध व्यवसायिक त्रुटी पनि फेला पारेको छ । विशेष गरेर खाद्य उत्पादनका घरेलु उद्योग , खाद्यान्नका थोक तथा किराना पसल , फेन्सी पसलहरूमा विविध त्रुटी भेटिएको छ । स्वर्गद्वारी बजार क्षेत्र अनुगमन कार्यक्रम नेतृत्व सम्हाल्नु भएका मेघराजको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय खलंगा प्यूठानका कर्मचारी , स्वर्गद्वारी नगरपालिका प्यूठानका प्रमुख प्रशासकीय अधिकृत , पत्रकार , उद्योग वाणिज्य संघका पदाधिकारी , प्रहरी प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
    अनुगमन कार्यक्रम अन्तर्गत बजारमा विविध त्रुटीसङ्गै अनियमितता भेटीए पछि अनुगमन टोलीले त्रुटीहरू सच्चाउदै सहि ढङ्गले मात्र नियमभित्र रहेर आफ्नो व्यवसाय सञ्चालन गर्न निर्देशन सहित व्यवसायीहरूलाई सुझाव दिएको छ । अहिले औपचारिक निर्देशन र सुझाव दिदै अनुगमन टोलीले फेरि पनि यी त्रुटी तथा अनियमितता नसच्चाएर व्यवसाय गरेमा नियम अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
    बजारमा कालाबजारी हुने, म्याद नाघेका बस्तु बिक्रीवितरण तथा अनियमित तरिकाले व्यवसाय सञ्चालन गर्दा उपभोक्ता नागरिक त प्रत्यक्ष असरमा पर्छन नै अझै नियम विपरीत व्यवसाय सञ्चालन गर्दा राष्ट्रलाई नै ठूलो क्षती पुग्ने भन्दै यसो नगर्न व्यवसायीहरूलाई अनुरोध गर्दै टोलीले तत्काल सुधार गर्न सुझाव दिएको छ ।
    अनुगमन बजार क्षेत्रमा मात्र केन्द्रित रहदा गाउँ घरमा व्यापक अनियमिततासङ्गै व्यवसायहरू सञ्चालनमा आएका हुनाले यसको प्रत्यक्ष असर परेको भन्दै केही व्यवसायीहरूले यसको समाधान गर्न पनि अनुगमन टोलीलाई अनुरोध गरेका छन । आवश्यक प्रक्रिया अनुसार त्यस्ता गाउँघरका व्यवसायहरूमा पनि छिटै अनुगमन गर्ने अनुगमन टोलीका प्रमुख मेघराज सोनीले बताए।
    घरेलु तथा साना उद्योग कार्यालय खलंगा प्यूठानको पनि सहकार्य रहेको उक्त बजार अनुगमन कार्यक्रम प्यूठानका सम्पूर्ण बजार क्षेत्रमा नियमित गरिने प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
    जिल्लाको स्वर्गद्वारी बजार क्षेत्र भिङ्ग्रीबाट सुरू गरिएको अनुगमन प्यूठानका सबै बजार क्षेत्रमा हुने प्रजिअ भुसालले बताए । प्रजिअ भुसालका अनुसार बजार अनुगमन प्यूठानका सम्पूर्ण व्यवसायीक क्षेत्रहरूमा नियमित रहने छ ।

    शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.