जनखोजी संवाददाता
प्युठान, १४ पुसः समुदायको अगुवाइमा आज जुम्रीखोला सरसफाइ गरिएको छ । वजारक्षेत्र हुँदै वग्ने जुम्रीखोला दुर्गन्धीत हुँदै गएको थियो ।
प्युठान नगरपालिकाको जुम्री हुँदै झिमरुक नदिमा मिसिएको जुम्रीखोला झिमरुक फाँटको वढ्दो सहरीकरणका कारण जुम्रीबजार क्षेत्रमा दुर्गन्धीत बन्दै गएको छ । ्
बढ्दो सहरीकरणले अव्यवस्थीत ढल निकास, फोहोरको व्यवस्थापन गर्न सकिएको छैन् । प्युठान नगरपालिकाले फोहोर संकलन गरी डम्पीङमा लैजाने गरेपनि फोहोर खोलामा फाल्न छाडेका छैनन् । समुदायस्तरबाट स्वतस्स्फूर्त आह्वान हुने सचेतना कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास सहित समुदायको अगुवाइमा सरसफाइ कार्यक्रम गरिएको प्युठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र वर्माले जानकारी दिनुभयो । नगर उपप्रमुख वर्माले भन्नुभयो, “नगरपालिकाले फोहोर व्यवस्थापनका कार्यहरु गरेपनि चेतनास्तर बढाउन नसक्दा अव्यवस्थित फोहोर फाल्ने क्रम रोक्न सकिएको छैन्,सरसफाइ कार्यक्रमले सचेतीकरणमा सघाउ पुग्नेछ ।” स्वतस्फूर्त नदिभित्रबाट फोहरजन्य सामाग्री हटाई पर्यावरण सुन्दर तथा सरसफाइयुक्त बनाउन समुदाय नै अग्रसर हुनुपर्ने उहाँको भनाइ छ ।
दुर्गन्धीत जुम्रीखोलाको सरसफाई
दुर्गन्धीत जुम्रीखोलाको सरसफाई
Advertisement
तपाईको प्रतिक्रिया