जनखोजी समाचारदाता
प्युठान, गौमुखी गाउँपालिकाको केन्द्र लिवासेमा बन्न लागेको १५ शय्याको अस्पताल भवनको ठेक्का प्रक्रिया विवादित वनेको छ ।
अस्पताल निर्माण प्रक्रियाका लागि गाउँपालिकाले गत जेठ ९ गते विद्युतीय टेण्डर प्रकाशन गरेको थियो । ठेक्का प्रक्रियामा ४ वटा निर्माण कम्पनिले ठेक्काका लागि प्रश्ताव पेश गरेको भएपनि प्राविधिक प्रश्ताव नमिलेको भन्दै आर्थिक प्रश्तावमा सहभागी नगराइएपछि विवादमा तानिएको हो । राज्यवाट प्राप्त रकमलाई पारदर्शी र प्रभावकारी रूपमा प्रक्रिया अगाडि बढाउनु पर्नेमा आर्थिक प्रतिस्पर्धा विनानै गाउँपालिकाको अस्पताल भवन निमाण दिनुले सेटिङमै अस्पताल भवन निर्माण ठेक्का दिएको प्युठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । टेण्डरमा अस्पताल भवन निर्माणका लागि प्राविधिक र आर्थिक दुई प्रश्तावहरु आउने गर्दछन् । प्राविधिक प्रश्तावमा सफल भएपछि मात्रै आर्थिक प्रश्ताव खोलिन्छ ।
धुलिखेल कालापानी जेभी, वाग्ले जेभी, हरियाली रविना पिपि जेभी र महादेव खिम्ती आँसु मल्लरानी जेभीले टेण्डर प्रक्रियामा सहभागी भएका थिए । उनीहरूले पेश गरेको प्रश्तावनामा सुनियोजित ढङ्गले टेक्निकल प्रस्ताव मै असफल गराएर आर्थिक प्रतिस्पर्धा गर्नबाट वञ्चित गर्ने र एउटा मात्र महादेव खिम्ती आँसु मल्लरानी जेभीलाई पास गराएर एकलौटी रूपमा अगाडि वढाइएको प्रति स्थानीय राजनीतिक दलले समेत विरोध जनाएको छ ।
आइतबार स्थानीय राजनितिक दलले विज्ञप्ती जारी गर्दै उनीहरूले विज्ञप्तीमा ‘अस्पताल भवनको इ–टेण्डर खोलेको केही दिन पछि अस्पताल भवन निर्माण गर्नकोलागि ई–टेण्डरमा सहभागी अरू कम्पनीलाई सुनियोजित ढङ्गले टेक्निकल प्रस्ताव मै असफल गराएर आर्थिक प्रतिस्पर्धा गर्नबाट वञ्चित गर्ने र एउटा मात्र महादेव खिम्ती आँसु मल्लरानी जेभीलाई पास गराएर उसले प्रस्ताव गरेको एकलौटी अधिकतम अंकमा ठेक्कापट्टा हुँदैछ, भन्ने कुरा बाहिर आइरहेको थियो । यसो गर्दा ठेक्का अनियमित हूने मात्र होइन राज्यकोष समेत बढीखर्च हुन गाई योजनाको लागत समेत बढ्न जान्छ । यस प्रकारको ठेक्का प्रक्रिया नितिगत भ्रस्टाचार हुन्छ ’ भनेका छन् ।
तर गौमुखी गाउँपालिकाले कानुन अनुसार प्रतिस्पर्धात्मक रूपमा काम अघि बढाएको वताएको छ । सार्वजनिक खरिद ऐन अन्तरगत काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पन्थको दावी छ । विद्युतीय टेण्डर (इ–टेण्डर) प्रक्रियावाट सूचना प्रकाशन गरी कानुन अनुसार काम गरेको गिरीको दावी छ ।
गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले गाउँपालिकाले वनाउन खोजेको भवनको प्राविधिक प्रश्ताव नआएका कारण उनीहरू आर्थिक प्रश्तावमा सहभागी हुन नपाएको जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रमा राजनीतिक गन्ध नदेखाएर सहयोग गर्न आग्रह गरेका छन् ।
यस्तो छ जुमान सिंह जि.सी., अध्यक्ष नेकपा एमाले, मन बहादुर थापा अध्यक्ष नेकपा(माओवादी केन्द्र) र जनक के.सी. अध्यक्ष गौमुखी गाउँपालिकाद्धारा हस्ताक्षरित विज्ञप्ति
स्थानिय सरकारको गठन सँगै जनतामा आशा र भरोसा बढेर गएको थियो । स्थानिय तहमा सुसासन कायम गर्ने र राज्यकोषबाट प्राप्त बजेटको सही सदुपयोग गर्दै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी पाएको स्थानिय सरकार सञ्चालनमा कैयन विचलनहरु देखा परिरहेका छन् । यसै क्रममा प्यूठान जिल्लाको गौमुखी गाउँपालिकामा बन्न लागेको १५ शय्याको अस्पतालको बिस्तृत आयोजना प्रतिवेदन (म्एच्) वनाउने काम र अस्पताल भवनको ठेक्कापट्टा विना आर्थिक प्रतिस्पर्धा सेटिङमा टुंग्याइएको विषय पर्ती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
गाउँपालिकाले विना सार्बजनिक सुचना र बिना प्रतिस्पर्धा आन्तरिक कागजाज मिलाएर केही महिना अगाडि अस्पत्ताल भवनको (म्एच्) गर्न १७ लाख २५ हजारमा सेटिङमा ठेक्का दिइएको थियो। अस्पताल भवनको (म्एच्) बनिसके पछी १९ करोड ४१ लाख लागत अनुमान राखेर मिती २०७८ जेठ ९ गते गाउँपालिकाले अस्पत्ताल भबन बनाउन ई–टेण्डर प्रकाशन गर्यो । टेण्डरमा अस्पताल भवन निर्माण गर्न इच्छुक निर्माण व्यवसायीबाट टेक्नीकल र आर्थिक दुइ प्रस्तावहरुको माग गरियको थियो। (स्मरण रहोस ठेक्का खोल्दा पहिला टेक्निकल प्रस्ताव खोल्ने गरीन्छ ।) टेक्निकल प्रस्तावमा असफल हुनेहरु आर्थिक प्रतिस्र्धामा सहभागी नै हुन पाउँदैनन। उनीहरूको आर्थिक प्रश्ताव नै खोलिदैन ।
अस्पताल भवनको इ–टेण्डर खोलेको केही दिन पछि अस्पताल भवन निर्माण गर्नकोलागि ई–टेण्डरमा सहभागी अरू कम्पनीलाई सुनियोजित ढङ्गले टेक्निकल प्रस्ताव मै असफल गराएर आर्थिक प्रतिस्पर्धा गर्नबाट वञ्चित गर्ने र एउटा मात्र महादेव खिम्ती आँसु मल्लरानी व्ख्लाई पास गराएर उसले प्रस्ताव गरेको एकलौटी अधिकतम अंकमा ठेक्कापट्टा हुँदैछ, भन्ने कुरा बाहिर आइरहेको थियो ।
यसो गर्दा ठेक्का अनियमित हूने मात्र होइन राज्यकोष समेत बढीखर्च हुन गाई योजनाको लागत समेत बढ्न जान्छ । यस प्रकारको ठेक्का प्रक्रिया नितीगत भ्रस्टाचार हुन्छ । यस्तो गम्भीर विषय सार्बजनिक भयपछी गत असार १५ गते हामी उल्लेखित जिम्मेवार राजनैतीक दलहरु सामूहिक रूपमा गाउँपालिका गएका थियौं।गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी, प्रमुख प्रशासकीय अधिकृत सुमन पन्थ र गाउँपालिका इन्जिनियर शिव बाहदुर पुनलाई संगै भेटेका थियौं। टेण्डर प्रस्तावहरू खोल्दा आर्थिक प्रतिस्पर्धालाई सुनियोजित तरिकाले निषेध गरेर ठेक्कामा एकाधिकार गर्न गराउन नहुने विषयमा गम्भीर ध्यनाकर्षण गराएका थियौं ।
यसै क्रममा गाउँपालिकाबाट अस्पताल भवन निर्माणकोलागि ई–टेन्डर सहभागी निर्माण व्यवसायीहरुको टेक्नीकल प्रस्ताव खोल्ने काम गरियो। जिम्मेवार राजनैतिक दलको सुझाब र वित्तीय सुशासनलाई कुल्चदै पहिल्यै बाहिरिएको सूचना अनुरूप नै सुनियोजित ढङ्गले गाउँपालिकाले अरू प्रतिस्पर्धी निर्माण कम्पनीहरुलाइ टेक्नीकल प्रस्तावमै पाखा लाउँदै माथि उल्लेख गरिएको एउटा मात्र निर्माण कम्पनीको एकलौटी कायम गराएर उसको मात्र आर्थिक प्रस्ताव खोल्ने बाटोमा गाउँपालिका पेलेर अगाडि बढ्यो ।
यो सूचना पाउना साथ हामीहरु गत साउन ३१ गते पुनः गाउँपालिका गएर गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसंग गम्भीर आपत्ति प्रकट गर्दै अपारदर्शी ढंगले न्यूनतम वित्तीय सुसासन तोडेर नितीगत भ्रष्टाचार गर्ने उद्देश्यले अर्थिक प्रतिषर्धा विहिन गराएर ठेक्का सेटिङमा नलगाउन सचेत गराएका थियौं। यति गम्भीर विषयमा गाउँकार्यपालिकामा एजेण्डा बनाएर छलफल गर्न समेत भनेका थियौ ।
सेटिङमा ठेक्का लगाउन गाउँपालिका जबर्जस्ती अगाडि बढेमा हामी राजनीतिक दलहरु र स्थानिय जनता आन्दोलनमा जान बाध्य हुने कुरा जानकारी गराएका थियौं । तर पनि गाउँपालिकाले वित्तिय सुशासनको बेवास्ता गर्दै ,जिम्मेवार राजनैतिक दलहरूको सुझाब र आम जनताको भावना विपरीत गत भाद्र १ गते गते आर्थिक प्रस्ताव खोलेको कुरा वाहिर आयो । १९ करोड ४१लाख लागत अनुमान गरियको अस्पताल भवनको ३४ लाख (मात्र १.८ प्रतिसत) कममा १९ करोड ७ लाखअंकमा ठेक्का सम्झौता गर्न आशय पत्र प्रकाशन गरियको छ ।
हामीलाई प्राप्त जानकारी अनुसार चार करोड भन्दा बढी रकम छोडेर ठेक्का लिन चाहने निर्माण ब्यबसायी कम्पनीहरुलाई टेक्नीकल प्रस्तावमै सुनियोजित ढङ्गले पाखा लगाइएको छ ।
अर्को ध्यानदिनुपर्ने कुरा केछ भने, यो सुनियोजित ठेक्कामा निर्माण ब्यबसायी बिच नै मिलिभगत भयको भन्ने भ्रामक कुरा पनि वाहिर आउन सक्छ । निर्माण व्यवसायी बीच मिलिभगत भयको भय आर्थिक प्रतिस्पर्धालाई निषेध गर्नु नै अवश्यक हुँदैन । उनीहरू प्रतिस्पर्धी अंकमा नै स्पष्ट देखा पर्दथे । ठेक्का पाउनेको अंक कम र अरूको बढी हुनेथियो । यसका साथै म्एच् गर्दा र मुख्य कागजात (कि डकुमेन्ट) निर्धारण गर्दा नै सेटिङ भएको प्रष्ट छ ।
अस्पताल जस्तो मानवीय सेवामा उल्लेखनीय योगदानको गर्ने संस्था निर्माण गर्ने विषयमा प्रारम्भ देखि नै वित्तिय सुशासन र आर्थिक प्रतिस्पर्धालाई निषेध गर्नु गौमुखी गाउँपालिकाको अत्यन्तै आपत्ती जनक कार्य हुन गएको छ । गाउँपालिकामा बन्न लागेको यो कार्यकालकै सवैभन्दा धेरै बजेट खर्च हुने अस्पताल भबन निर्माण जस्तो ठूलो परियोजनाको म्एच् र ठेक्कापट्टा बारे गाउँ कार्यपालिकामा विस्तृत छलफल नभएको पाइयो ।
गौमुखी गाउँपालिकाको राज्यकोष प्रतिको चरम लापरबाही एबम वित्तिय सुशासन विरूद्ध सेटिङ गरेर ठेक्का लगाउने कामको व्यापक विरोध र भण्डाफोर गर्न गाउँ कार्यपालिका, राजनैतिक दल, सञ्चारकर्मी, स्थानिय बासिन्दा लगायतका सम्बद्ध सम्पूर्णमा हामी हार्दिक अनुरोध गर्दछौं । यसरी कैयन पटक बित्तिय सुशासनको लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि गाउँपलिकाले पेलेरै गएकोले यस विषयमा हामीहरू विरोधमा जानुको विकल्प रहेन ।
वजार अनुगमन तिव्र
प्युठान, चाडपर्व नजिकिएसँगै प्युठानमा वजार अनुगमनलाई तिव्रता दिइएको छ । चार्ड पर्वको समयमा कालोवजारी तथा अनियमितता हुने जोखिमलाई मध्यनजर गरी जिल्लाका विभिन्न वजारहरूको वजार अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय प्युठान र वजार रहेका सम्बन्धित स्थानीय तहको समन्वयमा वजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ ।
विशेष गरेर चाडपर्वहरूको समयमा खाद्यान्न , फेन्सी तथा अन्य व्यवसायहरूमा कालाबजारी हुने तथा व्यवसायमा व्यापक अनियमितता हुन सक्ने भन्दै यसको नियन्त्रण गर्नको लागि अनुगमन कार्यलाई तिब्रता दिइएको प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले बताए ।
बजार अनुगमन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले विभिन्न व्यवसायहरूमा विविध व्यवसायिक त्रुटी पनि फेला पारेको छ । विशेष गरेर खाद्य उत्पादनका घरेलु उद्योग , खाद्यान्नका थोक तथा किराना पसल , फेन्सी पसलहरूमा विविध त्रुटी भेटिएको छ । स्वर्गद्वारी बजार क्षेत्र अनुगमन कार्यक्रम नेतृत्व सम्हालेका भएका मेघराजको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय खलंगा प्यूठानका कर्मचारी , स्वर्गद्वारी नगरपालिका प्यूठानका प्रमुख प्रशासकीय अधिकृत , पत्रकार , उद्योग वाणिज्य संघका पदाधिकारी , प्रहरी प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
अनुगमन कार्यक्रम अन्तर्गत बजारमा विविध त्रुटीसङ्गै अनियमितता भेटीए पछि अनुगमन टोलीले त्रुटीहरू सच्चाउदै सहि ढङ्गले मात्र नियमभित्र रहेर आफ्नो व्यवसाय सञ्चालन गर्न निर्देशन सहित व्यवसायीहरूलाई सुझाव दिएको छ । अहिले औपचारिक निर्देशन र सुझाव दिदै अनुगमन टोलीले फेरि पनि यी त्रुटी तथा अनियमितता नसच्चाएर व्यवसाय गरेमा नियम अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
बजारमा कालाबजारी हुने, म्याद नाघेका बस्तु बिक्रीवितरण तथा अनियमित तरिकाले व्यवसाय सञ्चालन गर्दा उपभोक्ता नागरिक त प्रत्यक्ष असरमा पर्छन नै अझै नियम विपरीत व्यवसाय सञ्चालन गर्दा राष्ट्रलाई नै ठूलो क्षती पुग्ने भन्दै यसो नगर्न व्यवसायीहरूलाई अनुरोध गर्दै टोलीले तत्काल सुधार गर्न सुझाव दिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय खलंगा प्यूठानको पनि सहकार्य रहेको उक्त बजार अनुगमन कार्यक्रम प्यूठानका सम्पूर्ण बजार क्षेत्रमा नियमित गरिने प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । जिल्लाको स्वर्गद्वारी बजार क्षेत्र भिङ्ग्रीबाट सुरू गरिएको अनुगमन प्यूठानका सबै बजार क्षेत्रमा हुने प्रजिअ भुसालले बताए । प्रजिअ भुसालका अनुसार बजार अनुगमन प्यूठानका सम्पूर्ण व्यवसायीक क्षेत्रहरूमा नियमित रहने छ ।