जनखोजी संवाददाता
प्युठान, २२ पुसः प्युठान नगरपालिका–४ विजुवार निबासी ३८ वर्षीय रेशम सिह कुवर प्युठानका वस्ती वस्तीमा पुग्न थालेको १२ वर्ष भयो । व्यवायिक अध्ययनमा स्नातक गरेका कुवर उत्तीस, सल्ला लगायतका काठ व्यवसायबाट जडिवुटीको व्यवसायमा लाग्नुभयो ।
गौमुखी गाउँपालिका–५ खुङमा जन्मेका कुवरका बुबाले गाउँमा जडिबुटी खेति गरिरहनु भएको छ । बुबाले उत्पादन गरेका जडिबुटीहरूको बजारीकरणमा देखिएका समस्या समाधान गर्न र आयआर्जनका लागि जडिबुटी ब्यबसाय रोजेको कुवर बताउनु हुन्छ । कुवरले भन्नुभयो, “बुबाले जडिबुटीको उत्पादन गरेको देख्दा उत्पादनको समस्या नहुने देखे, बरू अन्य स्थानमा उत्पादन हुने जडिबुटी संकलन गरेर बिक्री गर्ने योजना बनाए।” नेपालगञ्जका जडिबुटी ब्यबसायीसंग भेटेर जडिबुटी संकलनको टुंगोमा पुग्नुभयो ।
कुवर जडिबुटीको संकलन हुने समयमा प्युठानका बस्ती बस्तीमा पुग्नुहुन्छ । टिमुर, रिठ्ठा, तेजपात, दालचीनी, अलैंची र अलैंची संकलन गरि व्यवसायीसम्म पु¥याउनु हुन्छ । हाल काठमाडौं, भैरहवा र नेपालगञ्जका व्यापारीहरूले जडिबुटी लैजाने गरेका छन् ।
कुवरले वार्षिक ११ दशमलव ८ टन टिमुर, १.५ टन अलैची, रिठ्ठा ३० टन, तेजपात २५ टन, दालचिनी १० टन, श्रीखण्ड ५ टनको विक्री गर्नुभएको छ । जडिबुटी विक्रीबाट वार्षिक १२ देखि १५ लाख नाफा हुन्छ । सरकारी पक्रिया, बाहिरी जिल्लाबाट आएर व्यापारीले अस्वस्थ प्रतिस्पर्धा गर्न खोज्दा, मुल्य निर्धारणमा भारतीय व्यापारीमा निर्भर हुनुपर्ने बाध्यता कुवरको छ ।
जिल्लाका वस्ती वस्तीबाट संकलन गरिएको जडिबुटीको मुल्य निर्धारण भारतीय व्यापारीले गर्नु पर्दा समस्या झेल्नु परेको कुवरले अनुभव सुनाउनु भयो । समयमा मुल्य निर्धारण नभएपछि आफुले संकलन गर्दा किसानलाई दिएको मुल्य भन्दा कम मुल्यमा समेत विक्री गरेको कुवरले अनुभव सुनाउनुभयो ।
थोरै मुल्यमा संकलन गर्दा किसानले जडिबुटी नदिने, व्यापारिले धेरै मुल्य नदिँदा घाटा हुने चपेटामा जडिबुटी व्यवसायी रहेका छन् । सरकारले जिल्लामा जडिबुटी उत्पादन वृद्धिका लागि जडिबुटीका वेर्ना बितरण, नर्सरीहरु निर्माण गरी उत्पादन गरिरहेको छ । तर उत्पादित जडिबुटीको वजारीकरणमा सहजीकरण गर्न सके जडिबुटी उत्पादक किसानको समेत आम्दानीमा वृद्धि गर्न सकिन्छ ।
जडीबुटी व्यवसायमा रमाउँदै कुवर
जडीबुटी व्यवसायमा रमाउँदै कुवर
Advertisement
तपाईको प्रतिक्रिया