जनखोजी
प्युठान, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) जिल्ला समिति प्युठानले जिल्ला अस्पताल बिजुवार परिसर सरसफाइ गरेको छ । क्रान्तिकारीले शनिबार जिल्ला अस्पताल वरिपरी रहेका झारजंगल फडानी, जथाभावी रुपमा छरिएका प्लाष्टिकको व्यवस्थापन गरेको हो ।
सरसफाई मानिसको लागि महत्वपूर्ण भएकाले यस कार्यलाई ् सिको गर्नको लागि सन्देशमुलक हुने नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक नमराज अधिकारी(रोसन)ले बताउनुभयो ।
त्यस्तै सरसफाई कार्यक्रममा जिल्ला अस्पताल प्यूठानले अक्सिजन सिलिनडरको लागि ट्रली आवश्यक पर्ने भएकाले पहल गरिदिन आग्रह गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रवक्ता तथा ३ नं वडाध्यक्ष सुमनराज श्रेष्ठले त्यसका लागि छिट्टै पहलका कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
जिल्ला अस्पताल प्युठानका मेडिकल सुपरिटेण्डेण्ट प्रमिला खनालले सरसफाइ कार्यक्रम गरेकाेमा धन्यवाद व्यक्त गर्नुभयाे ।
कार्यक्रममा पार्टी सयाेजक नमराज अधिकारी राेसन प्युठान नगरपालिकाका सस्थापक नगरप्रमुख अर्जुन कुमार कक्षपति पाटी नेता उमा अधिकारी लिलापसिह केसी बल बहादुर केसी समनराज श्रेष्ठ गिरीराज पौडेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।