जनखोजी, २२ माघ(प्युठान)ः प्युठान नगरपालिकाद्धारा वेसहारा बालिकाको बुबाआमा दावी गर्न आव्हान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले आज विज्ञप्ती जारी गर्दै १५ दिन भित्र आमाबुबा दावी गर्न आउनुहुन अनुरोध गरेको सूचना प्रकाशन गर्नुभएको हो ।
प्युठान नगरपालिकाको स्थानीय बाल अधिकार समितिको बैठकले बालबालिका सम्बन्धी ऐन २०७५ तथा नियमावली २०७८ मा भएको व्यवस्था अनुसार बेसहरा बालिकाको संरक्षणका पक्रिया सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।
माघ १७ गते बिहान प्युठान नगरपालिका–४ जुम्री स्थित छाँया भण्डारीको बाख्रा बाध्ने कटेरोमुनी नवजात शिशु फेला परेकी थिइन । उनको अभिभावक पत्ता लागेको छैन् । शिशुलाई जिल्ला अस्पताल प्युठानमा राखिएको छ ।
Advertisement