• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

करोडौ खर्चेको लुंग्रीमाडी सिंचाई आयोजना अलपत्र


  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
  • शशिधर भण्डारी
    प्युठान, ५ फागुनः पञ्चायती व्यवस्था फेरियो, राजतन्त्र फेरीयो,पुस्ता समेत फेरियो तर सारी बासीको सपना फेरिएन । माडी क्षेत्रका किसानको लागि सहज ढंगबाट सिंचाई सुविधा पु¥याई कृषि क्षेत्रको विकासका लागि सिंचाई आयोजनाको निर्माणका लागि जनताले माग त गरे । आयोजना आउने काम त पूरा भयो तर आयोजना सम्पन्न भने तिन दशक पार गर्न लाग्दा सम्म पनि आउन सकेन ।
    लुंग्रीमाडी सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष समेत रहेका स्वर्गद्धारी नगरपालिका –५ सारीका बिष्णु सुनारले आफु सानो छँदा लुंग्रीमाडी सिंचाई आयोजनाको निकै चर्चा चलेको थाहा पाउँने गरेको बताउनुहुन्छ । ‘केही वजेट पर्छ, केही काम हुन्छ फेरी रोकिन्छ, सरकारले थोरै वजेट दिँदा पटक पटक कार्यगर्नुपर्ने भएकाले सिंचाइ नहर विग्रीयो’ सुनारले भन्नुभयो ।
    सिंचाई आयोजना सञ्चालन नहुँदै भत्कीएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका कोइरालखर्क जोड्ने सडक निर्माण गर्दा नहरको केही भाग पुरिएको छ भने केही भाग भत्किएको छ । रोल्पाको तेवाङ, अरेस र गाम पू¥याउने सडक खन्नेक्रममा बिगतका बर्षहरु देखि नै पुरिदैँ आएपनि विकास निर्माणमा सरकार र निर्माण पक्षको लापरवाहीका कारण निर्माण नसकिँदै आयोजना जिर्ण बनेको हो ।
    तिन दशक देखि निर्माणधिन लुंग्रीमाडी सिंचाई आयोजना पुरा नहुँदा स्थानीय किनासहरु चिन्तित बनेका छन् । सारी, बेल्वास र वर्जिवाङ गाविसका किसानहरुलाई बाह्रैमहिना सिंचाई सुविधा पु¥याउने उद्देश्यले आयोजना निर्माण गर्न लागिएको थियो । तत्कालिन राजा विरेन्द्रको पालामा २०४४ सालमा उक्त आयोजनाको निमार्ण कार्य थालनी गरिएको थियो । आयोजना शुरु भएको करिव ३६ बर्ष पुग्दा समेत सिंचाई आयोजना पूरा नहुँदा कृषकहरु आकाशे पानीको भरमा खेति गर्न बाध्य भएका छन् । सिंचाईको अभावमा थुप्रै बाझो रहेका खेतियोग्य जमिन बाझो नहुने र सिंचाई क्षेत्रका किसानको जिवनस्तर सुधार हुने आसामै रहेको स्थानीय केन्द्र प्रकास पातिदेवी विश्वकर्माले बताउनुभयो ।
    लुंग्रीमाडी सिंचाई आयोजनाका कारण साना सिंचाइ आयोजनाबाट बिहिन हुनु परेको छ । गाउँहरुमा सिंचाई आयोजना माग गर्दा लुंग्रीमाडी आयोजनाको नजिक सरकारले सिंचाइ आयोजना नदिँदा खेतियोग्य जमिनबाट आम्दानी लिन नसकिएको केन्द्र प्रकासले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, ‘कि वार कि पार गर्दे हुन्थ्यो, लुंग्रीमाडी सिंचाइ आयोजना नबन्ने भए हामीले साना सिंचाइ आयोजना त पाउथ्यौं, हामी मारमा परेका छौं ।’ लुंग्रीमाडी आयोजनाका लागि स्थानीयले ६० लाख रुपैयाको श्रमदान गरिसकेका छन् ।
    जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय प्युठानका अनुसार आर्थिक वर्ष २०४४र०४५ देखि विभिन्न कार्यक्रम अन्तरगत र ०७०र०७१ देखि मझौला सिंचाइ आयोजना निर्माण सुरू भइ हालसम्म जनश्रमदान सहित रू १३ करोड १२ लाख वजेट खर्च भइसकेको जनाएको छ । कार्यालयका प्राविधिक विधान पण्डितले केही संरचनाहरू काम नलाग्ने अवस्थामा पुगिसकेको बताउनुभयो । उहाँले भन्नुभयो,ूलामो समय प्रयोग बिहिन, सडक खन्दा माटोले पुरिएको हुँदा संरचना बिग्रेकाले काम नलाग्ने अवस्था छ । ू स्थानीय सडकबाट फालिएको ढुङ्गा माटो हटाउने, भत्किएका नहर संरचना पुनःनिर्माण गर्ने, पुराना संरचनाको साटो नयाँनिर्माण, पहिरोको संरक्षणका कामहरू नगरि नहरमा पानी चल्ने अवस्था नभएको उहाँको भनाइ छ ।
    नहर सम्पन्नताका लागि अध्ययन भन्दै लुम्बिनी प्रदेश सरकारले रू १५ लाख रूपैयाँ वजेट विनियोजन गरेको छ । बिस्तृत अध्यन गर्न कन्सलटेन्सी हायरिङको प्रक्रिया अघि बढाइने कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर शंकर थापाले जानकारी दिनुभयो । आयोजनाबाट ७ सय ६२ घरधुरी किसानको २ सय ३० हेक्टर क्षेत्रफल जमिनमा बाह्रै महिना सिंचाई गर्ने लक्ष्य लिइएको थियो । तर ३६ वर्ष देखि सिंचाइको सपना बोकेर बसेका स्थानीयको सपना पूरा भएको छैन । इन्जिनियर थापाका अनुसार बिस्तृत अध्ययन पश्चात लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा पेश गरिने र मन्त्रालयले आयोजना अघि बढाउने वा नबढाउने विषयमा निर्णय लिने छ । अध्ययनको काम असारमसान्त भित्र पूरा गरिने उहाँको भनाइ छ ।

    Advertisement

    शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.