• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

उत्पादनको बजारीकरणका गर्न सरोकारवालाको चासो


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • प्युठान, ८ फागुनः प्युठानका स्थानीय उत्पादनको बजारीकरण व्यवस्थापनको लागि सरोकारवालाहरुबाट संयन्त्र गठन गरिएको छ । मंगलवार जिल्ला समन्वय समिति प्युठानको सभाहलमा भएको जिल्ला स्तरीय कृषि बजारीकरणका लागि गोष्ठीबाट सो समिति गठन गरिएको हो । प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीको नेतृत्वमा समिति गठन गरिएको हो ।
    पछिल्लो समयमा जिल्लाका स्थानीय तहहरु पालिका स्तरमा भएका कृषि तथा पशुपंक्षीको बजारीकरणका लागि प्रयासरत छन् । समग्र जिल्लामा उत्पादन भएका कृषि उपजको संकलन तथा बजारीकरणका लागि जिल्लाभरका स्थानीय तहहरु, प्रदेश र संघ अन्तरगतका कार्यालयहरुको समन्वयमा उत्पादनको बजारीकरण रणनीति तय गरिएको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो । बजार व्यवस्थापन समितिमा स्थानीय तह, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, यातायात व्यवसायी, पत्रकार महासंघ, कृषि सहकारी संघ लगायतका सरोकारवालाहरु सदस्य खड्काको भनाइ छ ।
    मल्लरानी गाउँपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई खलङ्गा प्युठानको आयोजनमा जिल्लाका किसान, कृषि समुह, कृषि सहकारी, उद्यमीहरुलाई सहभागी बनाई छलफल गरिएको हो । चाक्लाबन्दी खेति, उन्नत प्रविधिको प्रयोग, उन्नत जातका विउविजनको छनौट, उन्नत जातको बाली छनौटमा उत्प्रेरण तथा बजारीकरणको सुनिश्चितताका लागि सबै स्थानीय, प्रदेश र संघ अन्तरगतका सरकारी निकायले समन्वय हुने बिश्वास लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई खलङ्गा प्युठानका प्रमुख चुमान सिंह गिरीले बताउनुभयो ।
    कार्यक्रममा स्थानीय उत्पादनमा विश्वासको वातावरण नहुदा उत्पादित बस्तुको बिक्रीमा समस्या भएको किसानले गुनासो पोखेका छन् । सरकारले अनुदान दिएर उत्पादन भएका बिउविजनको बिक्री नहुदा कृषि उपज घरमै रहेको बताएका हुन् । प्युठान नगरपालिका–३ विजयनगर की सिवा राउतले सानाकिसान सहकारी मार्फत ८ हेक्टरमा लगाइएको उन्नतजातका धानको बिऊ बिक्रीका लागि समस्या भएको बताउनु भयो । नियमित तर्फको सावित्री र चैते धान अन्तरगतको हर्दिनाथ–१ र चैते–५ जातको उन्नत विऊ उत्पादन गरिएको थियो ।
    जिल्लामा कृषि तथा पशुपालनका लागि सरकारले जग्गाको भाडादर, समर्थन मुल्य, तथ्यांक सहित बजारको खोजी गर्नुपर्ने कृषि उद्यमी भोज बहादुर बस्नेतले बताउनुभयो । बस्नेतले भन्नुभयो,‘बजारको नियमित माग धान्नका लागि ठुलो परिणाममा उत्पादन गर्नु पर्दछ, जिल्लामा जग्गाभाडादर अत्यधिक महंगो छ, यसमा जिल्लाले जग्गाको अवस्था हेरी भाडा निर्धारण गर्नु अत्यावश्यक छ ।’
    संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले कृषि पेशामा लाग्दा उत्साहपूर्वक लाग्ने र निरासा बनेर छाड्नु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले युवालाई कृषि पेशामा आकर्षण गर्न बस्तुको समर्थन मुल्य तोकेर असिनाले नष्ट गर्दा, विउ नराम्रो परेर फल नदिदा, विक्री नहुँदा किसानले घाटा बेहोर्ने अवस्थाको अन्त्य गर्ने वातावरण सिर्जना गर्न सुझाव दिनुभयो ।

    Advertisement

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.