जनखोजी, प्यूठान, १० फागुन । कार्यसम्पादन मूल्याकंनमा सरुमारानी गाउँपालिका नेपालकै टपटेन भित्र परेको छ । आर्थिक वर्ष ०७९र०८० को कार्यसम्पादन मूल्याकंनमा देशभरमा दशौं स्थानमा रहेको हो । प्युठानमा पनि पहिलो स्थानमा छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार सरुमारानी गाउँपालिका ४९।१९ अङ्कसहित पहिलो, प्युठान नगरपालिका ४४।३० अङ्कसहित दोस्रो र गौमुखी गाउँपालिका ४२।३० अङ्कसहित तेस्रो भएका छन् ।
Advertisement
त्यसैगरी झिमरूक गाउँपालिका ४०।६६, मल्लरानी गाउँपालिका ४०।५१, माण्डवी गाउँपालिका ३८।४६, नौबहिनी गाउँपालिका ३८।०५, ऐरावती गाउँपालिका ३५।७३ र स्वर्गद्वारी नगरपालिकाले २७।५६ अङ्क प्राप्त गरेका छन् । आयोगले १७ सूचकमध्ये १४ सूचकको मूल्याङ्कन गरेको हो ।