• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

एसइई सबथोक हैन !


  •   बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
  • दिपक खत्री,अर्घाखाँची ।हामी तोतेबोली निस्किन नपाउदै शिक्षाका नाममा किताबको भारी बोकेर विद्यालय धाउन थाल्यौं । मासिक , त्रैमासिक र वार्षिक परीक्षा कसरी उत्तीर्ण गर्ने भन्ने चक्करमा रुमलीरहयाै । निकै तनावका साथ परिक्षाभवनमा बस्यौं र जसोतसो अघि र पछि गरेर जसोतसो कापी भर्नमा सिमित बन्याैं । परीक्षा उत्तीर्ण गर्दा घरपरिवार र समाजले शिक्षित ठानिदियौं तर व्यवहारिक रूपमा शिक्षित हुन नस्कदा जागिरको निम्ति भीख माग्दै हिड्न सिकायाै। मेरो एउटा मात्र चाहाना हो हाम्रो शिक्षा प्रणालीेले आत्मनिर्भर बन्न , स्वावलम्बी  बन्न र व्यावहारिक हुन सिकाओस् ।  यस वर्षको एसइई परीक्षा चैत १५ देखि सञ्चालन हुदैछ। पहिले एसएलसिलाई अहिले एसइईलाई फलामेढोका भनिन्छ । एसइई फलामेढोका होईन। यो परिक्षालाई यसरी ब्रान्डिङ्ग गरिएको छ कि एसइई  पास गरेपछि सबै कुरा जितिन्छ। मेरो नजरमा यो परिक्षाले भाइबहिनिहरुको जीबनमा त्यस्तो ठूलो केही असर गर्दैन। विद्यार्थीले एसइईमा ल्याएको ग्रेडले दक्षता दर्शाउदैन। यो हाैवाले बेकारमा विद्यार्थीलाई तनाब दिइरहेकोछ किनकि विद्यार्थीले टप गर्न वा राम्रो ग्रेड ल्याउनका लागि धेरै कुरा कम्परमाइज गरेका हुन्छन, स्वास्थ्यको ख्याल नगरी निरन्तर पढेका हुन्छन ,बिहान ५ बजेदेखि साझ ९ बजेसम्म टयुसन क्लास लिइराखेका छन ।शैक्षिक ग्रेडले तपाईंको सिर्जनशीलता, नेतृत्व क्षमता, सामूहिक भाव, सामाजिक सक्रियता अनि राजनीतिक चेत दर्शाउन सक्दैन । तर, पनि हामी सब ए प्लसका पछि कुद्दै छौँ । ए प्लस महत्वपूर्ण होइन भन्न खोजेको होइन, तर त्यो नम्बर तपाईंको असली मापक होइन । तथ्य घोकेर परीक्षामा धेरै नम्बर ल्याउनु मात्र सफलता होइन । यो भनिरहँदा टप गर्ने विद्यार्थीको अवमूल्यन गर्न खोजेको पनि होइन । तर, परीक्षामा धेरै नम्बर ल्याउनु मात्र सफलताको मापन होइन भनेर टप गर्दै गरेका विद्यार्थीलाई बुझाउने प्रयास गर्न खोजेको हुँ । मिहिनेत नै नगर्ने विद्यार्थीलाई नपढेर ठीक भयो भन्ने आशय पनि होइन, तर हाम्रो सफलता समस्याको समाधान खोज्नुमा मात्र छैन, समस्या पहिचान गर्नुमा पनि छ । यो कुरा हामी भुल्दै छौँ । त्यो कला किताबले मात्र सिकाउँदैन । परीक्षालाई  जीवन र मरणको विषय बनाउनुहुदैन । जीवनको सफलता र असफलताको मानक तीनघन्टे कलम पेपर टेस्ट हुन सक्दैन।अभिभावकले पनि ग्रेडसिटमा पाएको ग्रेडवा नम्बरलाई प्रतिस्ठाको विषय बनाउनुहुदैन। ग्रेडसिट धेरै विद्यार्थिको जिवनको लागि अग्लो पहाड बनेर खडा भएको छ। ग्रेडसिट विद्यार्थीको लागि प्रेसरसिट बनिरहेको छ तर अभिभावक र शिक्षक दुवैले उनिहरुलाई प्रेसर दिनुहुदैन! आउने दिनमा आफ्ना रहर,क्षमता, प्रतिभाको हत्या गरेर  उच्च ग्रेड प्राप्त गरेर खरिदार, सुब्बा बनाउन मात्र प्रेसर दिनुहुदैन , हरेक श्रमको सम्मान गरि जुनसुकै काम गर्न सल्लाह दिनुपर्छ।
    एसइईमा सबथोक होइन यसमा असफल हुदैमा संसार खस्ने होइन र सफल हुदैमा संसार जित्ने होइन! ग्रेडसिट भनेको कागजी मापन  हो , ए प्लस आउँदैमा  विश्व  जितेको हुदैन , ए प्लस आउँदैमा आगामी दिनमा जीवनमा हरेक क्षेत्रमा सफल भइन्छ भन्ने होइन। हामीले देखेका छाै हाम्रो शिक्षा प्रणालीले घोक्न मात्र सिकाएको छ, घोकेको कुरा ३ घन्टा भित्र कापिमा उत्रादैमा प्रथम बनाइदिने प्रणालीको अन्त्य गर्नुपर्छ! हरेकसङ्ग त्यो क्षमता हुदैन कोहि विद्यार्थी परीक्षामा डराएर, बिरामी भएर लेख्नै सक्दैनन् कारण हाम्रो शिक्षा प्रणाली जसले सुगा रटाईबाहेक अरु सिकाएन र विद्यार्थीको अन्तरनिहित क्षमता चिन्न सकेन र जीवनभर सर्टिफिकेट बटुल्न सिकायो। यसकारण एसइईको नतिजा पश्चात्  कैयाैंले आत्महत्या गरेको देखेका छाै, कम ग्रेड प्राप्तीपछि डिप्रेशनमा गएको देखेका छाै यसको न्युनिकरणको निम्ति अभिभावकले नानीबाबुहरुलाई कम ग्रेड आउदैमा गाली गर्नु, पिटनु, थर्काउनु र फरक व्यवहार गर्नुहुदैन, छिमेकिको छोराछोरीसङ्ग दाँज्नु हुदैन। किनकि हरेक विद्यार्थीमा छुट्टै प्रतिभा हुन्छ र उनिहरुले त्यसलाई प्रस्फुटन गरेर जीवन निर्वाह गर्न सक्दछन। अभिभावकले आफ्ना छोराछोरीको क्षमता कुन क्षेत्रमा छ त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ र ए प्लस अथवा ए भन्दा पनि  बुबाआमा ,गरीब , दुखीको सेवा सत्कार गर्ने शिक्षा दिनुपर्छ ।
    अर्को कुरा के बुझ्नुपर्छ भने एकपटक असफल हुदैमा वा कम ग्रेड आउदैमा सबै जीवन निर्वाह गर्ने बाटा रोकिने होइनन्। थर्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरेका महात्मा गान्धी त्याग र तपश्याले विश्व  नेता बने। ३ पटक एसएलसी फेल हरिवंश आचार्य नामि कलाकार बने । यी पाठ सिकाउदै आफ्ना सन्तानलाई ग्रेड( Marks)का लागि होइन सिकाइकालागि प्रेरित गर्नुपर्छ! विद्यार्थीहरुले परीक्षामा जुन जिपिए( ग्रेड) ल्याएतापनि वास्तविक जीबनमा व्यावहारिक ज्ञान हासिल गरेन भने त्यो अर्थ रहदैन।
    सम्पूर्ण परीक्षार्थीहरुलाई सफलताको शुभकामना।।।

    Advertisement

    लेखक दिपक खत्री युवा तथा शैक्षिक पद्धतिहरुमा कलम चलाउँदै आएका छन।

    बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.