• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

आकर्षण बढाउन प्युठानका स्थानीय तहमा निःशुल्क लोकसेवा कक्षा


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • शशिधर भण्डारी

    Advertisement

    प्युठान,६ चैत(जनखोजी)ः लोकसेवामा आकर्षण बढाउन प्युठानका स्थानीय तहमा निःशुल्क लोकसेवा कक्षा सञ्चालन गरेका छन् । जिल्लाका गौमुखी र मल्लरानी गाउँपालिकाले सम्पन्न गरिरहेका छन् भने माण्डवी गाउँपालिकाले सञ्चालन गरिरहेको हो ।
    गाउँपालिकाका विद्यार्थीहरुलाई शिक्षक सेवा र निजामती सेवामा आकर्षित गर्नका लागि गाउँपालिकाले निःशुल्क रुपमा सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिनुभयो ।गाउँपालिकाका विद्यार्थीहरु लोक सेवा क्षेत्रका परिक्षामा सशक्त भएर लाग्ने विश्वास लिइएको अधिकारीको भनाइ छ ।
    आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रम अनुसार वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो । गाउँपालिकाले रु ५ लाख वजेट विनियोजन गरेकोमा विद्यार्थीको सहभागीता अनुसार रु ३ लाख वजेटमा कक्षा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले आवदेन आव्हानमा ३० जनाले आवेदन दिएकोमा २६ जना नियमित सहभागी भएका छन् ।
    विषयविज्ञता र प्रशिक्षकहरुको अभावमा गाउँपालिकाले अनलाइन कक्षा सञ्चालन गर्नुपरेको छ । पाण्डेले भन्नुभयो,‘यहाँ प्रशिक्षकहरुको अभाव भएकाले अनलाइन कक्षा सञ्चालन गरिरहेको इन्स्टिच्युटमध्ये एउटा इन्स्टिच्युटलाई जिम्मेवारी दिएर अनलाइन कक्षा चलाइरहेका छौं ।’ फागुन १२ गते देखि कक्षा शुरु भएकोमा २ महिना चल्ने पाण्डेको भनाइ छ ।
    प्युठानका अन्य दुई पालिकाले समेत लोक सेवाको कक्षा सञ्चालन गरीसकेका छन् । जिल्लाको मल्लरानी गाउँपालिकाका ३३ जना र गौमुखी गाउँपालिकाका २७ जना गरी ६० जना लाभान्वित भएका छन् ।
    विदेशिन निरुत्साहन गर्दै स्वदेशमै सरकारी सेवा आयोगमा लाग्न उत्प्रेरणा जगाउन गाउँमै लोकसेवा आयोगको कक्षा सञ्चालन गरेको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो,‘देशका मुख्य सहरमा पुगेर कक्षा लिँदा खर्चिलो हुने, आयश्रोत विहिन गाउँबाट विद्यार्थीहरु सेवा आयोगका क्षेत्रमा जान अरुची राख्ने हुँदा उत्प्रेरणाका लागि गाउँपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन ग¥यौं, यसले आगामी परिक्षाहरुमा गाउँबाट सहभागिता हुने अपेक्षा गरेका छौं ।’ गौमुखी गाउँपालिकाले पुस र माघ गरी दुई महिनाको भौतिक कक्षा सञ्चालन गरेको थियो ।

     

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.