• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

छोरीलाई चिठी !


  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
  • मेरो बाबा न्यानो माया तिमीलाई
    आज तिम्रो जन्मदिनको दिन तिम्रो शिरमा हात राखी आशिर्वाद दिन दुरिले नदिए पनि हर समय हर पल तिमीलाई साथमा राख्न नसके पनि टाढैबाट सदा तिमीलाई मेरो आशिर्वाद !!
    संसारको रीतलाई थाम्न अनि जीवन सार्थक पार्न आफ्नो आमाको काख छोडेर भविष्य पछ्याउँदै समयको डोरेटोमा हिड्नु पर्ने कुरालाई सकारात्मक लिनु पर्ने कुरा तिमीले बुझिसकेकी छौ !!जीवन सार्थक पार्न आफ्नो जिम्मेवारि आफ्नै काधमा बोकेर घरबाट तिमी शहर पसेको पनि करिव आठ बर्ष पुग्नै थालेछ ।दिन त तिमीलाई मैले आज सम्म त्यति ठूलो कुरा केह दिन सके जस्तो त लाग्दैन केवल तिम्रो बुवाले दिएको नासो दश महिना कोखमा राखेर मेरो शरीरको प्रत्येक धमनि शिराहुदै बहने रगतले त्यो नासोलाई मानव रुप दिई विशाल सङ्ग्राहलयमा मानवको रुपमा ल्याएकी मात्र हुँ बाकी रुने सङघर्ष आफै गरेर रुन सिक्यौ ,हात गोडा चलाउन आफै प्रयास गर्यौ ,कोल्टे फर्किन आफै प्रयास गर्यै र घोप्टो पर्न सिक्यौ ,एकै ठाउँ घर्षेर बसिरहन उचित नठानेरै होला छाती घिसार्दै हात र पाउको सहायताले बामे सर्न सिक्यौ ,बामे सरेर गन्तव्यमा पुगिदैन भनेर होला बस्ने कोशिस गर्न थाल्यौ ,आफ्ना अधिकार चिच्याएर रोएर मात्रै नहुने मानेर होला मुखमा हेरेर हास्न थाल्यौ, नबुझिने भाषा ब्याक्त गर्दै बुझेर बोल्ने प्रयास गर्यौ ,सायद बाबाकै शरिरको एक अंश तिमी भएको हुनाले होला पहिलो शब्द बाबा भन्न थाल्यौ ।
    तिम्रा ती निश्च्ल आँखाले पर को वस्तु देख्न थालेर होला ती वस्तु समाउन आफै उठेर थिरी थिरी गर्दै हिड्ने कोशिस गर्न थाल्यौ ,बाबा र आमाको मिलनको प्राप्ती आफुलाई सम्झेर होला दोश्रो शब्द आमा भन्न थाल्यौ ,प्राण जीवन जिउने अमृत आमाको स्तन बुझेर बुबु भन्न थाल्यौ , सफा हुनु पर्छ भन्ने चेतना आएर होला शौच लागेमा पर सरेर संकेत गर्न थाल्यौ ,पाँच औलामा अमृत हुन्छ भन्ने सम्झेर आफै खान सिक्न थाल्यौ । करीव दुई बर्ष संघर्ष गर्दा गर्दै सबै कुरा सिक्यौ , घरका सम्पुर्ण सदस्य चिन्यौ मावलिका सम्पुर्ण नाता चिन्न थाल्यौ , कतै लेखेका कपिका पाना देख्यौ भने ति साना साना हातले समाएर क, क भन्न थाल्यौ ,त्यसरी पढ्ने कोशिस गर्न थाल्यौ ,भगेरा आगनमा कनिका टिप्न आएको देख्यौ भने तिन्टा पाचोटा चरी भनेर अंक भन्न सिक्ने कोशिस गर्न थाल्यौ अब खुम्चिएर साध्य छैन भन्ने लागेर होला विद्यालय जान कोपि समाएर हिड्न थाल्यौ ।
    साथीसँग बस्न थाल्यौ आफ्ना समान उमेरका बालबालिका सँग रमाउन थाल्यौ , विद्याय गएर पढ्न थाल्यौ ,गृहकार्य आफ्नो जिम्मा सम्झेर होला आफ्नो काम आफै गर्न थाल्यौ ,करिव दश बर्षकी भईसक्दा सबै कुरा आफ्नै संघर्षबाट सिकिसकेकी थियौ म त केवल तिम्रो धराले बनेर छेउमा बसिरहे जति गर्नुपर्ने सिक्नु पर्ने तिमी आफै गरेकी हौ आफै सिकेकी हौ तिम्रा बुबाको नासोको धराले मात्र थिए म ।
    तिमी अहिले जहाँ छौ जुन गन्तव्य पछ्याउँदै छौ त्यो श्रेय केवल तिमी नैहौ । तिम्रो लगनशिलताको प्रतिफलले नै नेपालको सरकारी कलेजमा ईन्जिनियरिनङ्ग अध्ययन गरेर एक ईन्जिनियर पदको दावेदार बनेकि छौ त्यो कुरा तिम्रा गाउँले आमा बुबाकोलागि निकै ठूलो उपल्ब्धी हो ।
    तिम्रा संघर्षका दिन थुप्रै बाकी छन् । जन्मेदेखि रुन सिक्नको लागि संघर्षबाट सुरु भएको तिम्रो यात्रा निरंतर चलिरहोस कहि कतै कुनै कुराको अवरोध नहोस ।हुन त तिमीले सबै बुझेकी छौ जीवनमा धेरै अफ्ठ्यारा जङ्घार घुम्टी पार गर्नु पर्छ भन्ने कुरा ।
    छोरी तिमीलाई सम्झाउनु पर्ने ठाउँ त म कतै केही देख्दिन तर मनमा एउटै कुराले सताई रहन्छ अहिलेको विश्वव्यापीकरणको युगमा सन्चारको माध्यामबाट कुनै पनि छोराछोरी अपरचित छैनन् । दिनमा करिव एकडेढ सय छोराछोरी अन्त्रराष्ट्रिय विमानस्थलबाट बाईबाई नेपाल भनेर उडिरहेका तस्बिर देखेर कतै तिम्रो मन पनि लोभिने त होईन ?त्यस्ता तस्बिर देख्दा झसङ्ग हुन्छु ।यहि नेपाली माटोमा जन्मेर रुन देखि संघर्ष गरेको जीवन विदेशी भुमी हराभरा पार्न त तम्सिदैन भनेर ।हुन त उच्च शिक्षा लिन गएका पठाएका अभिभावकलाई मेरा झिना कुरा मन नपर्न पनि सक्छ तर मेरो यहि कामना छ तिमीलाई सबै कुरा सिकाएको यहि मातृभुमिले तिम्रो पसिनाको न्यानो स्पर्श लिदै मुस्कुराउन पाओस् बस म धरालेको यहि कामना,
    बाबा गन्थन लेख्दा लेख्दै तिम्रो जन्मदिनको त कुरै गर्न भुलेछु ।जेहोस आज जन्मदिनको दिन मेरो साथमा काखमा तिमीलाई लपेट्न नपाए पनि तिम्रा सङी सहेलीको न्यानो मायामा रमाएको देख्दा आफुलाई आफैमा हराएको महशुस गरेकी छु।ईष्ट मित्र कमाउनु करोडौंको सम्पती कमाउनु भन्दा माथिको कुरा हो । यो पनि तिम्रै प्रयासको प्रतिफल नै हो ।यसरी नै हाँसी खुशी देशको माटोमा रमाई रहेको देख्न पाउ भन्दै अहिलेलाई कलम बन्द गर्दछु उहीँ तिम्री आमा सानु कुवँर !

    Advertisement

    २०८०/१२/२२/
    प्युठान
    फेरी पनि Happy birthday छोरि!!

    बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.