बबिता रिजाल , बैशाख १ प्युठान । २०८० साल बैसाख ५ गते बुधबार राम नवमीको अवसरमा स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीमा राम, सीता , लक्ष्मण र हनुमानको मुर्ति स्थापना हुने भएको छ । शनिवार राम, सीता लक्ष्मणको मूर्ति काठमाडौँबाट स्वर्गद्वारी न.पा ५ सारी ल्याइएको छ। माडी क्षेत्रमै पहिलोपटक सारीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्न काठमाडौँबाट सारी ल्याइएको हो। कलशयात्रा गर्ने कार्यक्रम रहेको राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि राम भण्डारीले जानकारी दिनुभयाे ।
२०८१ बैशाख ५ गते बुधबार कलशयात्रा सहित पर्यटकीय स्थल भु-बनोट, ५ नं वडा कार्यलय, सारी सामुदायिक भवन संग जोडिएको मन्दिरमा मुर्ति स्थापना गरिने र यसले यहाको सौन्दर्याता लाई थप प्रचारप्रसारमा सहयोग पुगी मनोरञ्जन संगै धार्मिक क्षेत्रको रुपमा विकास हुने संरक्षक वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले जानकारी दिनुभयाे ।
अघिल्लो बर्ष राम नवमी का पारेर हनुमान नाच सहित भव्य कार्यक्रम भएको थियो, भने यसपटक पनि लोक भजन, हनुमान नाच सहित २०८१ बैशाख ५ गते बुधबार बिहान १० बजे भव्य कार्यक्रम हुने व्यवस्थापन समितिका सचिव ज्ञानेन्द्र भण्डारी र नव गठित समितिका सहसचिव तथा मेला व्यवस्थापन समितिका संयोजक प्रशान्त भण्डारीले जानकारी दिनुभएकाे छ ।
केही दिन देखि वडा कार्यलय संगको छलफल पछि मुर्ति स्थापना र यहाको व्यवस्थापन सहयोगका लागि ३०००। तीन हजार भन्दा माथि सहयोग गर्ने सहयोगी दाताको शिला लेखमा नाम लेख्ने गरि सहयोग संकलन भैरहेको व्यवस्थापन समितिका कोषाध्यक्ष एवम् आर्थिक समितिका संयोजक यमराज गोराथोकीले बताउनुभयो ।