प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बहानेमा पालिका स्तरीय कार्यालय शुक्रबार उद्घाटन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नौबहिनी गाउँसंगठन कमिटिका नौबहिनी–६ बहानेमा कार्यालय उद्घाटन भएको हो । पार्टीका प्रदेश कमिटि सचिवालय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण अधिकारी(प्रकाश)ले कार्यालयको रिवन काटेर उद्घाटन गरेका हुन् ।
पार्टी संगठनका गतिविधि र सांगठनिक काम कारवाहीमा सहज हुने विश्वास लिइएको छ । कार्यक्रममा पार्टीका प्रदेश कमिटि सचिवालय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण अधिकारी(प्रकाश), प्रदेश प्रतिनिधि एवम् गाउँपालिका इन्चार्ज, संविधानसभा सदस्य पुनाराम थापा(हिमाल), गाउँपालिका कमिटि तथा गाउँपालिकाका गाउँबाट प्रतिनिधित्व गरी आएका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
Advertisement