• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

‘गाउँ भन्दा प्यारो भेडीगोठको जीवन’


  •   मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
  • शशिधर भण्डारी
    प्युठान,१७ वैशाख(जनखोजी)ः लालिगुरासले राताम्मे जङ्गल । आँखै अगाडि ठोकिदाँ चुमाँै, चुमौँ लाग्ने सेताम्य हिमाल । जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओडारका बास । डाँडा र हिमालको सौन्दर्यताले मनमोहित हुने जङ्गलका चरन क्षेत्रमा भेटिन्छन् भेडाका बथान ।
    प्युठानको गौमुखी गाउँपालिका–३ रजवारा नाङ्गीको क्षेत्र निकै रमाइलो र लोभलाग्दो देखिन्छ । गौमुखी–नौबहिनी पर्यटकीय पदमार्ग अन्तरगतको नाङ्गी मेलबास जङ्गलमा लालिगुँरासको सौन्दर्यतामा भेडापालक किसानहरुले महत्व थपेका छन् । पौष देखि जेठ सम्म यस आसपासमा भेटिन्छन् २२ वर्षीय निशान्त पुनमगर र ६३ वर्षीय जीवन बुढामगर ।
    बृद्ध बुढामगरले आफ्नो जीवन भेडीगोठमै बेतिथ गरिसक्नु भएको छ । बाल्यकालमा बुबा, बाजेसङ्ग भेडिगोठमा आफुले समेत विताउँदा हाल उहाँ भेडीगोठमा काम गर्ने मजदुरको रुपमा काम गर्न थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘जीवनभर अन्तिम समयसम्म भेडीगोठमा जीवन बिताए । गाउँभन्दा भेडीगोठ प्यारो लाग्दछ । गोठालो जीवननै प्रिय बन्यो ।’ रुकुमको तकसेरा गाउँका बासिन्दा रहेका जिवनले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताउनु भयो । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर उहाँको जाँगर घटेको छैन् । भेडीगोठसँगको उनको सामिप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाएका जिवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन् । अझै केही वर्ष भेडीगोठमा विताउने रहर रहेको उहाँको भनाइ छ ।
    बागलुङको निसिखोला गाउपालिका चेलबाङ्का २२ वर्षिय निशान्त पुन मगरले भेडाबाख्रा चराउन थालेको ४ वर्ष भयो । भेडा पालन उँहाको पुख्र्यौली पेसा हो । बुबा एक्लैले भेडा पालन गर्न नसक्ने भएपछि ८ कक्षामा पढ्दै गर्दा उहाँले पढाइ छाड्नुप¥यो । अहिले मगर भेडा चराउन बर्सेनि लेकबेँसी गरिरहनुभएको छ ।
    साढे ५ सय भेडाको बथानसहित आएका मगर प्यूठानको अर्खास्थित लेकाली भेगको मेलवास जंगलमा भेडाबाख्रा चराईरहनु भएको छ । हिउँ छल्न रुकुम, रोल्पाको उच्च पहाडी लेक चहार्दै अर्खाको गौमुखी जंगल क्षेत्रमा झरेको निशान्त पुन मगरले बताउनुभयो । उहाको सिङ्गो परिवार यही पेसामै आश्रित छ ।
    कलिलो उमेरदेखि नै बुबासंग फिरन्ते जीवनको अनुभव गर्दै आएको बताउने निशान्तले भन्नुभयो,‘ चरनको खोजीमा भेडाबाख्रा जता लगिन्छ, उतै पाल टागेर गोठ बनाएर बस्ने गरेका छौँ ।’ उहाँले बुबाले बेतिथ गरेको भेडिगोठको जीवनलाइ आफुले निरन्तरता दिन लाग्नुभएको हो । भेडापालनबाट हुने पाइदा, जीवन यापनमा आश्रीत परिवारको लागि खर्चको जोहो गर्न सकिने विश्वासले आफु यो पेसालाई अङ्गाल्न थाल्नुभएको हो ।
    यस क्षेत्रमा आधा दर्जन गोठहरु ठुलो बथान सहित रहेको पाइन्छ । भेडीगोठहरु सरिरहन्छन् । गोठ छिटो छिटो सार्नुपर्ने भएकाले उति व्यवस्थित हुँदैनन् । गोठालाहरु त्रिपालले छाएका गोठ र ओडारमुनी बस्छन् । खाने खर्च र कपडा बोकेर उनिहरु भेडाको बथान सहित चरनक्षेत्र रहन्छन् । भने खाने खर्चको हप्तामा एक पटक नजिकका गाउँ, आफ्नो घर क्षेत्रबाट खर्च पु¥याउने गरिएको हुन्छ ।
    बर्षमा झण्डै ११ महिना खुला आकाशमुनि जंगलमै रात बिताउने उँहाले हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने सुनाउनुभयो । जाडो याममा हिउँ पर्न थालेपछि गोठमा काम गर्नेहरु घर फर्किन्छन् । उहाँले वर्षामा पाठापाठी हुर्काउन बढी समस्या हुने बताउनु भयो ।

    Advertisement


    मगरले भेडाबाख्रा चराउन ल्याए बापत स्थानीयलाई देवालीका लागि दुई भेडा र ५ वर्षसम्म चरन क्षेत्रका लागी एक लाख रुपियाँ बुझाउनुभएको छ । उहाले भन्नुभयो, ‘यो सिजनमा सधैं नाङ्गीको जङ्गलमा आउँछौं । यहाँ पोसिलो घाँस भएकाले भेडाबाख्रा निकै मोटा हुन्छन् ।’
    एक सहयोगीसहित गत पुसमा यहाँ आएका मगर गर्मी याम सुरु भएपछि भेडाबाख्रा लिएर ढोरपाटनको उकालो चढ्ने तरखरमा हुनुहुन्छ ।उहाँले बागलुङको ढोरपाटन क्षेत्रको लेकाली भेगमा जेठसम्म फर्केर रोल्पा, रुकुम हुँदै गोठालाहरूसँग भेडा मिसाएर चराउने बताउनुभयो । जंगली जनावरबाट भेडाबाख्रा जोगाउन ४ वटा भोटे कुकुर पालेका पाल्नुभएको छ । भेडी गोठाला मगरले कुकुरले जंगली जनावरबाट जोगाउन मद्दत गरेको बताउनुभयो ।
    भेडाबाख्रा पालनबाट वार्षिक ११ लाख रुपिया कमाउँने मगर बताउनुहुन्छ । प्युठानसहित बागलुङ, रुकुम, रोल्पा, गुल्मी तथा अन्य थुप्रै ठाउबाट भेडाबाख्रा लिन चरन क्षेत्रमै ग्राहक आउँछन् । प्रती भेडा १५ हजार देखि २५ हजार रुपियाँ सम्ममा बिक्री हुन्छ । बर्षमा दुई पटक उन निकाल्ने र भेडा बिक्रीबाट वार्षिक ११ लाखको कारोवार र ४ लाख वचत हुने सुनाउनुभयो ।
    प्युठानको लेकाली क्षेत्रमा प्रशस्त भेडीगोठहरु छन् । स्थानीयले समेत एक सय देखि दुई तीन सयको हाराहारीमा भेडा पालेर बसेका छन् । प्युठान गौमुखी–३ उत्तिसेमा २ सय वटा भेडापालेर बसेका भविराम पुनले भेडापालन गतिलो आम्दानीको स्रोत बनेको भनाइ छ ।

    मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.