• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

छोरालाई चिठी;बाबू तिमी बन्ने र बिग्रने उमेरको दोसाँधमा छौ!


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • मेरो छोरा काले
    चिरायु रहे आमाको आशिर्वाद तिमिलाई !! बाबु हामीले तिमीलाई तिम्रो जिम्मेवारी तिम्रै काधामा सुम्पेर गन्तव्य भेटाउने आशिर्वाद दिदै शहर पठायौँ । छोराछोरीलाई सधै साथमा राख्ने मन त कुन बाआमाको हुदैन र है ? तर बाआमाको मायाले मात्रै जीवन सार्थ हुदैन , जीवन सार्थक पार्न पाईला अगाडी सार्नै पर्छ ।
    काले संस्कार केवल छोरी जातिकोलागि मात्रै होईन , संस्कार छोरामा पनि उतिकै आवस्यक छ  । यदि छोरो गलत भयो भने कुल खान्दानकै पिठो पोलिन्छ हज्जार जुनि बाको नाम पोलिन्छ त्यसैले  म भन्छु छोरो संस्कारी हुनुपर्छ ।
    बाबु यो संसारका लाखौं श्रमजीवी मान्छेहरु मध्येको एक श्रमजीवी मान्छे मेरो बाबा पनि हो भन्ने कुरा कहिल्यै नभुल्नु । कुनै तिम्रा साथीको  हातमा आईफोन देख्यौ भने मनले हिसाब गर्न नभुल्नु , त्यो आईफोन किन्न  घर खर्च , छोराछोरीको पढाई खर्च , दु :खी बिरामी हुदा औषध खर्च , डेरा खर्च , लत्ता कपडा ,  कलेज र घर गर्ने गाडी भाडा सबै खर्चको हिसाब माईनस बाबाको कमाईबाट बाकी रहेको खर्च र आईफोन किन्न बाबाले बगाउनु पर्ने बाकी बर्ष र  पसिना को जोड घटाउ गर्न नभुल्नु ।
    आखिर खुट्टामा लगाएको दश हजारको जुत्ताको काम र पाँच सयको कन्भर्स  जुत्ताको काम एउटै हो केवल खुट्टाको सुरक्षा गर्नु ,त्यस्तै हातमा बाध्ने पाँच हजारको घडि र पाँच सयको घडिको काम एउटै हो समय बताउनु यो कुरा सधै मनमा राख्नु ।
    सिङ्गो शरीरको रक्षा र मानव उभिने आधार  खुट्टा हो  जुत्ता हो तर शिरमा लगाईने टोपिको भुमिका त्यति धेरै नदेखिए पनि आखिर स्वाभिमान बचाउने र शिर उचो राख्ने त्यही टोपी नै हो त्यसैले टोपी र जुत्ताको तुलना गर्न  कहिल्यै नभुल्नु ।
    बाबु अर्को कुरा आफ्ना बाआमाको परिश्रममाथी मनले गर्व गर्नु तर घमण्ड कहिल्यै नगर्नु किनकि कुनै समय तलब नआउँदा खल्ती रित्तै भएको अनि त्यो   चिसो मौसममा होटेलमा  दुध घोलिएको कफिको  चुस्की होईन मीठो सुगन्ध  लिएर हिडेको अनुभव  केवल तिम्रो बाबासँग छ ।
    गाउँघरमा खसिको मासु खान्छौ ? कति के जि राखिदिने भनेर छिमेकीले सोद्दा बाबु बिरामी छ घर ल्यायो भने उस्ले खान खोज्छ अनि झन बिरामी हुन्छ भनेर तिम्रो निहुँपारी कयौ पटक मासु तर्काएको अनुभव तिम्री आमासँग छ । त्यो  त तिमीलाई नसुनाएको र नदेखाएको मात्रा हो । अब त तिमी बन्ने र बिग्रने उमेरको दोसाँधमा छौ  यी कुरा तिमी ले मनन गर्नै पर्ने ठानेर आज  बताउदै छु छोरा ।
    बाबा आमाको नामले तिम्रो अस्तित्व समेट्दैन तिमीले आफ्नो अस्तित्व आफै निर्धारण गर्नुपर्ने हुन्छ , बाबा र म त केवल तिम्रो सपोर्ट मात्रै हौं बलियो बनेर उभिने खम्बा त तिमी स्वयंले निर्माण गर्नु पर्छ । लाग्न सक्छ तिमीलाई मेरो बाबा ठूलो मान्छे अनि म त्यही ठूलो मान्छेको छोरा त्यो दम्भ  आत्माबाट कहिल्यै पनि अंकुराउन  नदिनु किनकि तिम्रो बाबा समाजको एक असल श्रमिक हो  तर ठूलो  र धनाढ्य मान्छे  चै होईन ।

    Advertisement

    बाबु संगत सदा इमान्दारी कै गर्नु , ईमान्दारीता नै जीवनको डुङ्गा हो जसले जीवन सहजता र सरलताका साथ पार लगाई दिन्छ  । हिरा गोबरले छोपे पनि सदा चम्किनै रहन्छ सत्य र ईमानदारीताको सधै विजयी हुन्छ नै । त्यसैले सत्य र ईमान्दार मित्रको  संगत गर्नु । सानो कुरामा छल गर्नेको विश्वास नगर्नु ,आवस्यक परेको खण्डमा त्यस्ता मित्रले ठुलै घात पनि गर्न सक्छन् , मन खाने मान्छेले झुक्केर पनि छ्ल गर्दैन त्यस्ता कुरा ख्याल गर्नु ।धक्का दिएर लडाउने झुक्केर धकेलियो भन्ने देखि सावधान हुनु ।
    तिमी लाई  थाहा छ खाना बनाउन र खाना जुहाड गर्न निकै दु:ख हुन्छ । दिज्जुले बनाएर दिएको खाना जस्तो सुकै किन नहोस खाना सम्मान पूर्वक खानु ,जत्ती रुच्छ त्यत्ति  खानु , खाना र खाना बनाउने  मानिसको अपमान कहिल्यै नगर्नु  खाना खाईसके पछि मुसुक्क हासेर उठ्नु  , नमिठो लागे पनि मीठो खाना खुवाएकोमा धन्यवाद   भनेर आभार प्रकट गर्नु  ,आफुले खाएको थाल सधै सफा गर्नु , छोरा मान्छेले भाडा माझेर सानो हुन्छ कि त्यो सोच मनमा नराख्नु ,हरेक ठाउँमा सहयोगको भावना राख्नु , हुन त तिमीमा थुप्रै गुण छन् मैले महशुस गरेकी छु तै पनि तिम्रो यो बिग्रने उमेर समूह भएकाले आमाको मनले नमानेर यो पत्र लेखेकी हुँ
    काले पत्र लामो भयो बाकी कुरा फेरि अर्को पत्रमा लेख्ने नै छु अहिलेलाई बिदा ।उहीँ तिम्री मामु
    सानु गुल्मेली
    २०८१/०२/०४
    प्युठान

     

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.