• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, फागुन ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

जेष्ठ नागरिकको चिन्ताः पुस्ता हस्तान्तरण हुन सकेन


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • शशिधर भण्डारी
    स्वर्गद्वारी(प्यूठान), ६ जेठ : परम्परा देखि चल्दै आएका संस्कार, संस्कृति र रितिरिवाजलाई पछिल्लो पुस्तामा हस्तान्तरण हुन सकेको छैन् । परम्परागत रुपमा बाबुबाजेले धान्दै आएका रितिरिवाज प्रति युवापुस्तामा आकर्षण न्युन छ । लोक संस्कृति, भेषभुषा, संस्कारहरु हराउने चिन्ता जेष्ठ नागरिकमा छ ।
    आफ्ना बुवाआमासङ्ग रमाउन भन्दा पनि मोवाईल, कम्युटर वा टेलिभिजनसंग बढी रमाउने हुँदा संस्कार, संस्कृति र रितिरिवाज हराउन थालेको माण्डवी गाउँपालिका–५ रम्दीका पूर्व प्रधान ७८ वर्षीय डोर बहादुर खड्काले बताउनु भयो । केही समय अगाडि शहरमा मात्रै देखिएको समस्या गाउँमा समेत प्रवेश गरिसकेको उहाँको बुझाइ छ । मोबाइल, टेलिभिजनका पुहँचका कारण गाउँघरमा समेत मोबाइलमा खेलहरु र टेलिभिजनमा विदेशी संस्कारहरुको प्रभाव बढ्दै जाँदा समाजका गहनाको रुपमा रहेको संस्कार सस्कृतिहरु लोप हुने खतरा बढेको उहाँको भनाइ छ ।
    पछिल्लो समयमा आमाबुवा वा जेष्ठ नागरिक प्रति युवापुस्ताको माया ममता र स्नेहलाई बिस्तारै घटाउदै लगेकोमा जेष्ठ नागरिकहरुको चिन्ता छ । गाउँपालिका स्तरीय जेष्ठ नागरिक सङ्घ माण्डवी गाउँपालिकाले माण्डवी गाउँपालिकाका माध्यमिक विद्यालयका बालबालिकाहरुसम्म पुगेर विद्यार्थीहरुलाई शिक्षा आर्जनसंगै संस्कार, संस्कृति र रितिरिवाजलाई संरक्षण गर्न अनुरोध गरेको छ । माण्डवी गाउँपालिकाका–५ वटा माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो । आइतबार ५ वटै वडाहरुमा रहेका विद्यालयमा पुस्तान्तरणको कार्यक्रम सम्पन्न गरिएको माण्डवी गाउँपालिकाको महिला, बालबालिका, जेष्ठनागरिक,लैंगिक समानता तथा सामाजिक सुरक्षा शाखा प्रमुख सिता गौतमले जानकारी दिनुभयो ।
    पूर्व शिक्षक तथा साहित्यकार टोपाराम आचार्यले जेष्ठनागरिकको परिवार र समाजप्रति संस्कार पुस्ताहन्तरणको ठुलो कर्तव्य भएको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई जेष्ठ नागरिकको परिवार र समाजप्रतिको कर्तव्य, बालबालिकाले सिक्नु पर्ने विषयमा धारणा राख्दै समाज र इतिहास बुझ्न जेष्ठ नागरिकका कुरा सुन्न विद्यार्थीलाई सुझाव दिनुभयो । आचार्यले भन्नुभयो,‘जेष्ठ नागरिक ज्ञानसिप र अनुभवका खानी हुन्, विद्यार्थीले शिक्षालाई व्यवहारमा उतार्नका निम्ति उहाँहरुको अनुभवलाई अनुसरण गरी अगाडि बढेमा जीवनलाई सहज तवरबाट सञ्चालन गर्न सकिन्छ ।’ घरमा भएका बाबुआमा, हजुरबुबालाई सम्मान गर्ने, हेला नगर्ने संस्कारको बिकास गर्न विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
    माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशास पाण्डेले पुस्ता हस्तान्तरणले आफ्ना पुर्खाहरुको सम्झना, सम्मान र मायालाई जोगाइ राख्न मद्दत पु¥याउने उद्देश्यले गाउँपालिकाका माध्यमिक विद्यालयमा जेष्ठ नागरिक र विद्यार्थीहरुको पूस्ता हस्तान्तरण कार्यक्रम गरिएको जानकारी दिनुभयो । माण्डवी गाउँपालिकामा ५ वटा माध्यमिक विद्यालय रहेका छन् ।
    जस्मा माण्डवी गाउँपालिकाको ऐतिहासिक स्थल उदयपुरकोट राज्यको इतिहास र त्यहाँको शासन प्रद्धती श्रीधर अधिकारी, बाल्यकाल, बाल्यकालमा भएको शिक्षा, स्वास्थ्य, चेतना, भेषभुषाका विषयमा डोर बहादुर खड्का, हाम्रो संस्कृति तथा मारुनी नाँच बल बहादुर पुन, जेष्ठनागरिक प्रतिगाउँपालिका तथा राज्यले गरेको नीतिगत व्यस्था प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, जेष्ठ नागरिकका परिवार र समाजप्रतिको कर्तव्य, कविता र चित्र लेखन सीप टोपाराम आचार्य, जन्ममृत्यु संस्कार नित्यानन्द आचार्य, नैतिक शिक्षा श्रीकुमार अधिकारी, नैतिक शिक्षा संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी लगायतले सहजीकरण गर्नु भएको थियो ।
    कार्यक्रमले घर परिवारमा रहेका ज्ञानसिप र क्षमताका कुराहरुलाई हस्तान्तरण गर्ने प्रबृतिको बिकास गर्ने गाउँपालिकाको विश्वास रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेको भनाइ छ ।

    Advertisement

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.