प्युठान, १७ जेठ(जनखोजी)ः प्युठानको झिमरुक गाउँपालिकाले सहकारीका प्रतिनिधहरुलाई ५ दिने लेखा व्यवस्थापन तालिम दिन थालेको छ । बिहिबार गाउँपालिकाको मच्छिमा गाउँपालिका भित्र रहेका सहकारीकर्मीहरुलाईदिने तालिमको उद्घाटन गरिएको हो ।
झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद पोख्रेलको उपस्थिती रहेको थियो ।
सहकारीको लेखा व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीेले बताउनु भयो । पछिल्लो समय देशमा सहकारीका विषयमा नकारात्मक खवर आइरहेको सन्दर्भमा झिमरुकका सहकारीहरुलाई व्यवस्थित, सक्षम र सुशासनयुक्त बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
त्यसैगरी उपाध्यक्ष प्रमोद पोख्रेलले सहकारी अभियानलाई व्यवस्थीत बनाउन सबै नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारी भित्रका लेखा व्यवस्थापनका कमीकमजोरीहरुलाई हटाउँदै सबल सहकारी निर्माणमा पालिका लागेको समेत जानकारी दिनुभयो । उपाध्यक्ष पोख्रेलले सहकारीले प्रदान गर्ने ऋणलाई उद्देश्य अनुरुप कार्यान्वयन भए नभएको अनुगमन गरी सहकारीको ऋण असुलीलाई ध्यान दिन आग्रह समेत गर्नुभएको थियो ।
५ दिन सम्म चल्ने कार्यक्रमको बिहिबार सहजीकरण लुम्बिनी प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष र शशिधर भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
झिमरुकद्धारा सहकारीलाई लेखा व्यवस्थापन तालिम
झिमरुकद्धारा सहकारीलाई लेखा व्यवस्थापन तालिम
Advertisement
तपाईको प्रतिक्रिया