जनप्रतिनिधि ,कर्मचारी, किशोरकिशोरी तथा युवा क्लवका प्रतिनिधीहरु सहभागि सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेका हुन् ।
किशोरीहरुले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग सम्बन्धित समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने बिषयमा सम्मेलनमा छलफल भएको थियो।
कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष पीत बहादुर महताराले किशोरकिशोरी तथा युवामैत्री नीति बनाएर कार्यान्वयन गर्न स्थानीय सरकार तयार रहेको बताउनु भयाे । गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले प्रथम किशोरी सम्मेलनले बालविवाह न्युनीकरणको अभियानमा जागरण ल्याउने बिश्वास ब्यक्त गर्नुभयाे ।
घोषणापत्र