२०८१ श्रावण ६, खलङ्गा
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोसनले आफ्ना गुरु कृष्णगोपाल श्रेष्ठलाई सम्मान गरेका छन् । गुरु पूर्णिमाको अवसर पारेर अधिकारीले कक्षा १० सम्म पढाएका श्रेष्ठलाई दोसल्ला र फलफूल सहित सम्मान गरेका हुन् ।
Advertisement
८५ वर्षीय कृष्णगोपाल श्रेष्ठले ३७ वर्ष शिक्षण पेसामा बिताएका थिए । जसमध्ये सबैभन्दा लामो समय २१ वर्षसम्म गणेश मा.वि. तिराममा शिक्षण गरेका थिए। पालिका अध्यक्ष अधिकारीले पनि सोही विद्यालयमा पढेका थिए । घरमै आराम गरेर स्वास्थ्य लाभ गरिरहेका श्रेष्ठको निवासमै पुगेर अधिकारीले सम्मान गरेका हुन् ।
श्रेष्ठले शैक्षिक सुधारका लागि अध्यक्षलाई सुझाव दिए ।