प्युठान, प्यूठानी साहित्यकार भावेश भुमरी दम्पित्तिको भावलिपि सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् । मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनोट गरिएको हो ।
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा नीरवको सन्त्रासका साठी दिन कृतिहरू छनोट गरेको जानकारी दिएको छ ।
यीमध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ । मदन पुरस्कार छनोटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ ।
Advertisement