• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
  • हरी सुनार
    प्युठान – चैत्र १७।आर्थिक वर्ष २०८०/०८१ को मध्यतिर नौबहिनी गाउँपालिका–३ सारिवाङमा धागोबाट कपडा बनाउने तालिम सञ्चालन गरिएको थियो। आफ्नै वडामै सीप सिक्ने अवसर पाएपछि स्थानीय स्रोत–साधन प्रयोग गरी पहिलेदेखि नै कपडा बुन्दै आएका बासिन्दाहरू उत्साहित बने। सोही क्रममा गाउँकी लक्ष्मी रानाले पनि तालिम लिने अवसर पाइन्। तालिमलाई केवल सिकाइमै सीमित नराखी सीपलाई आयआर्जनको माध्यम बनाउने सोच लक्ष्मीमा पलायो।

    Advertisement

    नौबहिनी गाउँपालिका प्युठानको आर्थिक सहयोग तथा वडा सरकारको समन्वयमा सञ्चालित लघुउद्यम कार्यक्रमअन्तर्गत सीप सिकेका लक्ष्मी राना सहित चार जना साथीहरूले मिलेर गाउँमै “मिलिजुली ढाका बुनाई लघुउद्यम” सञ्चालन गरेका छन्। प्रारम्भमा साना कपडा उत्पादनबाट सुरु गरेको उक्त उद्यमले हाल पछ्यौरी, लुङ्गी, गलबन्दी लगायत विभिन्न प्रकारका कपडा उत्पादन गर्दै आएको छ।

    ग्राहकको माग र रोजाइअनुसार पालिकाका विभिन्न स्थानमा कपडा बिक्री वितरण भइरहेको उद्यमी लक्ष्मी राना बताउँछिन्। साना कपडाको मूल्य ५ सयदेखि ८ सय रुपैयाँसम्म र ठूला कपडाको मूल्य १५ सयदेखि २५ सय रुपैयाँसम्म पर्ने गरेको छ। यस लघुउद्यमबाट पाँच जना परिवारले नियमित आयआर्जन गर्दै घर खर्च चलाइरहेका छन्।

    यसै आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत उक्त मिलिजुली ढाका बुनाई लघुउद्यमलाई धागो खरिदका लागि वडाबाट ५० हजार रुपैयाँ अनुदान प्रदान गरिएको वडा अध्यक्ष डिलबहादुर केसीले जानकारी दिए। वडामा सिकेको सीपमार्फत महिला दिदीबहिनीहरूले आफ्नै गाउँमा उद्यम सञ्चालन गरी आत्मनिर्भर बन्न थालेको देख्दा खुशी लागेको अध्यक्ष केसीको भनाइ छ।

    उत्पादनको माग बढ्दै जाँदा स्रोत–साधनको अभाव चुनौती बनेको अर्का उद्यमी बताउँछिन्। “गाउँघरमा हाम्रो कपडाको माग राम्रो छ, तर मेसिन अभावले समस्या भइरहेको छ। सरकारले थप अनुदान, स्थानीय उत्पादनको बजारीकरण, गुणस्तर सुधार तथा उद्यमीलाई प्रोत्साहन गर्न सके यो उद्यमलाई पालिकाको गौरवको रुपमा विकास गर्न सकिन्छ,” सफल उद्यमी लक्ष्मी रानाले बताइन्।

    तस्विरहरु हेर्नुहोस।

    मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.