हरी सुनार
प्युठान – चैत २० । कवयित्री राजकुमारी कुँवर ‘सानु गुल्मेली’ द्वारा लिखित कविता संग्रह “उल्टो थपडी” एक कार्यक्रमका बीच विमोचन गरिएको छ।
कार्यक्रम प्युठान नगरपालिका–जुम्रीस्थित होटल आयुष्मामा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगी, सभापति साहित्य परिषद् प्युठानकी अध्यक्ष बिमला खनाल, विशिष्ट अतिथि साहित्य परिषद् प्युठानका पूर्व अध्यक्ष गेहराज शर्मा तथा कार्यक्रम सञ्चालन परिषद्का सहसचिव सुमन सुवेदीले गर्नुभएको थियो।
प्रमुख अतिथि योगीले पुस्तक विमोचन गर्दै लेखकको सिर्जनात्मक योगदानको प्रशंसा गर्नुभयो। उहाँले यस्ता साहित्यिक कृतिहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा साहित्यप्रेमी, बुद्धिजीवी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा कवितावाचन समेत गरिएको थियो, जसले उपस्थित दर्शकहरूको मन जितेको थियो।
कवयित्री राजकुमारी कुँवर ‘सानु गुल्मेली’ले कृति लेख्ने प्रेरणा र अनुभवबारे चर्चा गर्दै पाठकहरूको साथ र समर्थनको अपेक्षा व्यक्त गर्नुभयो।
साहित्य परिषद् प्युठानको आयोजनामा सम्पन्न कार्यक्रमको अन्त्यमा अध्यक्ष खनालले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
तस्वीरहरू हेर्नुहोस्:



