नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी क्रियाशिल सदस्यता नवीकरण गर्न स्वयं व्यक्ति वडामा उपस्थित बताउनु भएको छ ।
लुम्बिनी प्रदेशको भालुवाङमा प्रदेशस्तरीय ‘निर्वाचन समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै थापाले वडामा गएर सदस्यता नवीकरण नगर्नेको सदस्यता अब कायम नहुने बताउनु भएको छ ।
पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने , क्रियाशील सदस्यताको फर्म भर्नेले कांग्रेसका कार्ड पाउने र फर्म नभर्नेले महाधिवेशनमा भाग समेत लिन नपाउने बताउनु भएको छ ।
सभापति थापाले भन्नुभयो-” कुनै वडामा रहेका जम्मा कृयाशिल सदस्य मध्ये अध्याबधिक गर्ने शतप्रतिशत रहनपनि सक्छन वडामा पुगेर फर्म नभर्नेकाे अध्याबधिक नहुन पनि सक्छ अब यसलाई कसैले खारेजी भन्नुहुन्छ कसैले यसलाई अद्यावधिक भन्नुहुन्छ के भन्ने त्यो आफू आफूले भनेको हो। तर पार्टीको विधानले के भन्छ यो विशेष महाधिवेशनबाट पारित भएको विधानले के भन्छ एक पटकको लागि अद्यावधिक अनिवार्य छ।”
सदस्यता अद्यावधिकको प्रक्रियामा सहभागी हुन आफु १ गते वडा कार्यालयमा जान लागेको थापाले बताउनु भयाे ।
सभापति थापाले अब अर्कोपटक सदस्यताको फाराम भर्नु नपर्ने, यसपटक नविकरण गरेकाले परिचयपत्र पाउने र यसलाई डिजिटल पूर्वाधार बनाईने बताउनु भयो।
समीक्षा कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिह पुनले नेपालकाे संविधान २०७२ ले प्रदत्त गरेकाे अधिकार सहित प्रदेश बलियाे बनाउने , काङ्ग्रेस भित्रकाे आन्तरिक प्रतिस्पर्धा वडा पालिका क्षत्र जिल्ला प्रदेश हुँदै सङ्घसम्म हुदा साथिहरुकाे बिचमा यकतामा दरार ल्याउने भन्दै महादिबेशन माेडालिटि परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । समिक्षा कार्यक्रममा फाल्गुन २१ काे चुनाबकाे पाटि पराजयका बिषयमा सबै क्षत्रका उम्मेदवार प्रतिनिधिहरुले आफ्नाे धारणा राखेका थिय ।
कार्यक्रममा उपसभापति बिश्वप्रकाश शर्मा , पुस्पा भुसाल , महामन्त्री प्रदिप पौडेल लगाएका पदाधिकारीले सम्बाेधन गर्नुभएको थियाे ।
पार्टीले वैशाख ४ गते संसदीय दलको नेता छान्ने प्रक्रिया टुङ्ग्याउने नेताहरुले बताएका छन ।


