अनुज पछाई , प्यूठान ।
लाइफ इन्सुरेन्स कर्पाेरेसन नेपाल लिमिटेड को साखा कार्यालय जुम्रि साखाले प्यूठानका बिभिन्न रोगका कारण ज्यान गुमाएका सदस्यका आफन्तलाई लाई घरमै पुगेर मृत्यु दाबि भुक्तानि गरेको छ ।
सोहि कार्यक्रम अन्तर्गत बिहिबार माण्डबी गाउपालिका ४ जस्पुरका कोरोना सङक्रमितको कारणले ज्यान गुमाएका बसन्ता रिजाल अधिकारीको श्रीमान गिरिराज अधिकारीलाई जम्मा ५ लाखको बिमा गर्नुभएकोमा बिमा रकम र बोनस गरि रु ५ लाख २३ हजार ५२० रकम बारबरको चेक हस्तान्तरण गरिएको एल आइ सि नेपाल लिमिटेड प्यूठानका नायब शाखा प्रबन्धक गोबिन्द रानाले बताउनुभयो ।
त्यस्तै गत आइतबार ब्लड क्यान्सर रोगका कारण ज्यान गुमाएका प्यूठान नगरपालिका ४ टारीका मृतक नरेन्द्र सुबेदीको श्रीमति सीता केसी अधिकारीलाई १ लाखको बिमा मा एकमुष्ट बोनस गरि २ लाख ४ हजार ९ सय बराबरको चेक भुक्तानि गरेको एल आइ सि नेपाल लिमिटेड प्यूठानका नायब शाखा प्रबन्धक रानाले बताउनुभयो ।