• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

सिंचाई कुलोको आरोप प्रति माओवादी नेता नारायण अधिकारीको आपत्ती


  •   बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
  • प्युठान, माओवादी केन्द्रका प्रश्तावित केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारी(अजितसिंह)ले आफ्नो विषयमा उठेका विषयप्रति आपत्ती जनाएका छन् ।
    बिहिबार प्रेस वक्तव्य जारी गर्दै केही दिन यता एउटा सिंचाई कुलोको वजेटलाई लिएर सामाजिक संजालबाट चरित्र हत्या गर्ने कार्य भइरहेको भन्दै उक्त विषयमा गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।

    Advertisement


    उनले निकालेको विज्ञप्तीमा के छ ?
    प्रेस वक्तव्य
    मितिः २०७८ कात्र्तिक ११
    केही दिन यता एउटा सिंचाई कुलोको वजेटलाई लिएर सामाजिक संजालबाट मेरो चरित्र हत्या गर्ने कार्य भइरहेकोले उक्त विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

    उक्त सिंचाई कुलो मेरो निजि कुलो भएको आरोप छ । म स्पष्ट पार्न चाहन्छु करिव १५० वर्ष पहिले रातापानी स्कुलटोल निवासीहरुले आफ्नो पाखो र खेत सिंचाई गर्न उक्त कुलो निर्माण गरेका थिए । हाल आएर सुन्नानी मा.वि.को पाखोवारी, मुक्त बहादुर अधिकारी, नारायण प्रसाद अधिकारी, भोजराज अधिकारी, देव बहादुर अधिकारी, मान बहादुर राउत, शिवराज पौडेल, टुक बहादुर अधिकारी, शान्त बहादुर अधिकारी, राम बहादुर अधिकारी, मतिलाल राउत, चिन्त बहादुर अधिकारी, टोप प्रसाद पौडेल, रण बहादुर अधिकारी समेतको करिव १५० रोपनी जग्गामा सिंचाई हुने र यस पानीको उपयोग गर्ने अन्य व्यक्ति र समुदाय पनि छ । यसकारण यो कसरी निजि कुलो हो ? यसकारण यो आरोप कपोकल्पित र झुटो तथा मेरो व्यक्तिगत चरित्रमा धावा वोल्ने असफल प्रयास मात्र हो ।
    उक्त सिंचाई कुलो पहिरो र ठाडो खोलाको कारणले वर्खे खेती हुन सकेको थिएन् । हिउँदमा पाइपबाट पानी ल्याउँदा जटिल समस्या हुँदै आएको थियो । यसकारण उपभोक्ताको तर्फबाट माण्डवी गाउँपालिकामा अनुरोध गर्दा पहिलो वर्ष १ लाख, दोश्रो वर्ष १ लाख र तेश्रो वर्ष ५० हजार वजेट निकासा भएको थियो । उपभोक्ता समिति मार्फत काम गरी उक्त रकमको फरफारक भएको थियो । एउटै कुलो गाउँपालिकाले विनियोजन गर्दा सार्वजनिक हुने र प्रदेशले विनियोजन गर्दा निजी हुन्छ ? के गाउँपालिकाले निजी कुलोमा अनुदान दिएको हो ? गाउँपालिकाका कर्मचारीको उपस्थितिमा बनाएको उपभोक्ता समिति फर्जी हो ? र रकम निकासा के हो ? गाउँपालिकाको रातो कितावमा लगातार ३ वर्ष उल्लेख भएको यो योजना गाउँपरिषदबाट पास भएको क्रमागत योजना जस्तो हो । गाउँपालिकाको वजेटको सिमाको कारणले उक्त ५०० मिटर लामो कुलो मर्मत गर्न १० औं वर्ष लाग्ने भएपछि गत २ वर्ष प्रदेश सरकारसंग उपभोक्ताको तर्फबाट वजेट माग गरिएको थियो तर वजेट परेन । यो वर्ष पनि नयाँ सरकारवनेपछि अनुरोध गर्दा वजेट स्वीकृत भएछ । के उक्त ठाउँका मोहीहरुले वजेटको माग गर्नु अपरोध थियो ? वजेट माग गरेपछि वजेट स्वीकृत गर्नु कस्को दोष हो ?
    जहासम्म २ वटा लिफ्ट खानेपानी हटाएको कुरा छ वजेट विनियोजन गर्ने मैले हो ? वजेट कसरी विनियोजन हुन्छ भन्ने कुरा त थाहा पाउनु पर्ने हो । अनि झुटप्रचार गरेर मेरा विरुद्ध उपभोक्ताहरुलाई उचाल्नुको रहस्य के छ ? मेरो राजनैतिक र सामाजिक छविवाट अत्यालिएर गरेको कुकर्म बाहेक के हो यो ? म जिल्लामा कुनै पनि क्षेत्रको विकासको बाधक होइन । म कुनै योजना काट्ने र पक्षपात गर्ने कुरा परिकल्पना पनि गर्न सक्दैन । मेरो लामो राजनैतिक जीवन कितावको पाना जस्तै खुल्ला छ । झुट, बेइमान, धोकाधारी, भ्रष्टाचार, तिकडम होइन बरु निष्ठा, समर्पण, त्याग र कठोर परिश्रम मेरो जीवन हो । जनताले विकास आवश्यकताको आधारमा सर्तवद्ध होइन् निसर्त पाउनुपर्छ भन्ने मेरो सिद्धान्त हो र जनताको हक हो ।
    म पत्रकार मित्रहरुलाई पित पत्रकारिता र राजनैतिक पार्टीको भरिया नवन्न आग्रह गर्दछु । कसैको जीवनमाथी लान्छना लगाउँदा सत्यको गहिराइमा पुग्न विशेष अनुरोध गर्दछु । म अहिले सक्रीय राजनैतिक जीवनमा छु । मेरो अगाडि सामान्य होइन ठुल–ठूला चुनौती आउनेछन् भने मलाई हेक्का छ । यी सवको सामना गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

    बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.