• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

साढे छ हजार संगठित सदस्यबाट छानिए माओवादी केन्द्रका वडा नेताहरु (यि हुन् प्युठानका वडा हाक्ने अध्यक्ष)


  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
  • प्युठानमा माओवादीतर्फ आकर्षण बृद्धिसंगै संगठित सदस्यको संख्या दोव्वर बढेको छ

    जनखोजी समाचारदाता
    प्युठान, प्युठानमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा आकर्षण बृद्धिसंगै संगठित सदस्यता लिनेको संख्या दोव्वरले बृद्धि भएको छ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र एमाले एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बन्दा करिव ३ हजार २०० सदस्य रहेको माओवादी केन्द्रमा दोव्वर सदस्य बृद्धि हुँदै करिव ६ हजार ४१४ पुगेको माओवादी केन्द्रले जनाएको छ ।
    सदस्य बृद्धि संगै जिल्लाको पार्टी समेत क्रियाशिल बन्दै गएको छ । पछिल्लो समयमा पार्टी नविकरण र सदस्यता लिनेहरुको संख्या बढ्दै गएको हो ।
    पार्टी अभिलेखीकरण अनलाईन प्रणालीमा गएसंगै जिल्लामा ६ हजार ४ सय १४ जनाले पार्टी सदस्यता लिएको माओवादी केन्द्र लुम्बिनी प्रदेस कमिटि सचविालय सदस्य एवम् प्युठान जिल्ला संयोजक कृष्ण अधिकारी(प्रकाश)ले बताए । उनका अनुसार प्यूठान नगरपालिकामा १३ सय ६५ जना संगठित सदस्य छन्, स्वर्गद्धारी नगरपालिकामा ६ सय १९ जना संगठित सदस्य रहेका छन् । त्यसैगरी ऐरावती गाउँपालिकामा १ हजार २९, नौबहिनि गाउँपालिकामा ८ सय ७७, झिमरुक गाउँपालिकामा ७ सय ७१, गौमुखी गाउँपालिकामा ६सय ३६, सरुमारानी गाउँपालिकामा ४ सय ८९ , माण्डवी गाउँपालिकामा ४ सय ३३ र मल्लरानी गाउँपालिकामा १ सय ९४ जनाले संगठित सदस्यता लिएका छन् ।
    प्युठानका वडामा नेतृत्व चयन
    नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) प्युठानले जिल्लाका ५५ वटा वडाहरुको नेतृत्व चयन गरेको छ । पुस १३ गते राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको नेकपा माओवादी केन्द्रले शनिबार एकैपटक देशभरका वडा सम्मेलन गर्ने लक्ष्य राखेकोमा प्युठानमा शनिवार ५४ र आइतवार १ वडामा नेतृत्व चयन गर्न सफल भएको हो । मंसिर ११ गते पालिका अधिवेशन हुनेछ ।
    माओवादी केन्द्र जनतालाई अधिकारसम्पन्न गराउने पार्टी होः मन्त्री खड्का
    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता एवम् लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले माओवादी केन्द्र जनतालाई अधिकारसम्पन्न गराउने पार्टी भएको बताए । माओवादीको नेतृत्वमा आएको परिवर्तनबाट जनताले अधिकार पाएपनि त्यसको प्रत्याभुत हुन नसकेको बताउँदै उनले जनताको अधिकार प्राप्तीको लडाई माओवादी निरन्तर लडिरहेको उनले दावी समेत गरे ।
    खड्काले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को देश भर शनिबार चलेको वडा अधिवेशनलाई प्युठानका केही वडाहरुमा अवलोकन गर्दै सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले परिवर्तन नपचेर वा माओवादीले ल्याएको परिर्वतनलाई आफ्नो भन्न नपाएर राजतन्त्र फर्काछु भन्ने छटपट्टी केही राजनितिक दलमा देखा परेको संकेत गरे । माओवादीले जनतामा पुराएको अधिकार फर्काउछु भनेर उफ्रनु कुलाको भ्यागुता सरह हुने उनको ठोकुवा छ ।
    देशमा संबिधान लिएर सबैको अधिकार सुनिश्चित गराउने पार्टी माओबादी केन्द्र रहेको मन्त्री खडकाको भनाइ छ । “संबिधान बनाउने नेपालको एक मात्र राजनितिक दल माओबादी केन्द्र नै हो । माओबादी केन्द्रको बलिदानले नै संबिधान बनेको हो ।” मन्त्री खडकाले भने –“ संबिधान रक्षाको लागी जो राजनितिक दल तयार हुन्छ माओबादी केन्द्र हात मिलाउन तयार छ ।”कार्यक्रममा मन्त्री खडकाले पछिल्लो समय राजनितिक दलहरुले माओबादी केन्द्र सकिएको भन्दै भम्र छरेको बताए । माओबादी सकियो भन्ने तर सकिएको माओबादीसंग तर्सियर निशान हान्ने गरेको मन्त्री खडकाले बताए । माओवादी जुनसुकै चुनौतिसंग पनि जुध्न तयार रहेको मन्त्री खडकाले बताएका छन् । आउदो निर्बाचनमा समाजबादलाई माया गर्ने उमेदबार छनौट गर्न पनि उनले आग्रह समेत गरे ।
    अधिवेशनमै माओवादीमा प्रवेश
    जिल्लामा चलेको अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गी २ सय ५० वढी युवाहरु मओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका संगठित सदस्यहरुको अधिवेशन चल्दै गर्दा जिल्लाका विभिन्न वडाहरुमा पार्टी प्रवेश गरेका छन् । प्युठान नगरपालिका–३ मा ८२, २ मा ५०, ५ मा ४१ ल्गायत जिल्लाका विभिन्न वडामा पार्टी प्रवेश गर्ने÷गराउने कार्य भएको माओवादी केन्द्र प्युठानले जनाएको छ ।
    माओवादी केन्द्रका वडा अध्यक्षहरु
    झिमरुक गाउँपालिका
    वडा नं. वडा कमिटि अध्यक्ष
    १ रविन्द्र के.सी.
    २ उमानाथ पोख्रेल
    ३ खड्ग बहादुर थापा
    ४
    ५ दल बहादुर जि.सी.
    ६ भिमलाल नगरकोटी
    ७
    ८ भगिरथ गिरी

    Advertisement

    प्युठान नगरपालिका
    वडा नं. वडा कमिटि अध्यक्ष
    १ थम्मन खड्का
    २ बबुराम पोख्रेल
    ३ शिव बहादुर नेपाली
    ४ तुलसा सुवेदी
    ५ नम बहादुर पुन
    ६ इमान सिंह पुनमगर
    ७ पदम नेपाली
    ८ शशि पण्डित
    ९ मान बहादुर के.सी.
    १० लोक बहादुर के.सी.

    नौबहिनी गाउँपालिका
    वडा नं. वडा कमिटि अध्यक्ष
    १ विरबल बुढामगर
    २ धनविर राना
    ३ प्रभात वि.क.
    ४ गोर बहादुर बि.क.
    ५ अमर झाक्री
    ६ राम बहादुर के.सी.
    ७ बाँकी
    ८ मान बहादुर के.सी.
    स्वर्गद्धारी नगरपालिका
    वडा नं. वडा कमिटि अध्यक्ष
    १ सुरज संगम सुनार
    २ विष्णु खनाल
    ३ श्रीधर रेग्मी
    ४ बाँकी
    ५ सहदेव राउत
    ६ उदय जि.एम.
    ७ गिर बहादुर रोकामगर
    ८ शोभराम खत्री
    ९ बाँकी
    ऐरावती गाउँपालिका
    वडा नं. वडा कमिटि अध्यक्ष
    १ केशवराज आचार्य
    २ पदम बुढामगर
    ३ ठग बहादुर शाही
    ४ ओम बहादुर घर्तिमगर
    ५ नवराज श्रेष्ठ
    ६ डिलाराम नेपाली
    गौमुखी गाउँपालिका
    वडा नं. वडा कमिटि अध्यक्ष
    १ तेजु गिरी
    २ खिम बहादुर बुढामगर
    ३ सन्दीप रानामगर
    ४ बोम बहादुर सुनार
    ५ गोपाल कुवर
    ६ तुल बहादुर खड्का
    ७ इमान सिंह घर्ति
    मल्लरानी गाउँपालिका
    वडा नं. वडा कमिटि अध्यक्ष
    १ अनराम विष्ट
    २ गोपाल पौडेल
    ३ मिनराज परियार
    ४ बाँकी
    ५ बाँकी
    माण्डवी गाउँपालिका
    वडा नं. वडा कमिटि अध्यक्ष
    १ केशवराज अधिकारी
    २ यम बहादुर पुन
    ३ केद बहादुर कार्की
    ४ हेमन्त बहादुर महरा
    ५ केशव खड्का
    सरुमारनी गाउँपालिका
    वडा नं. वडा कमिटि अध्यक्ष
    १
    २ टिकाराम बराल
    ३
    ४
    ५ शन्त बहादुर बराल

     

    • prachanda
    मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.