• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

घुम्न जाऔं मिनी ग्रेटवाल


  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
  • यानेन्द्र जी.सी.

    Advertisement


    प्यूठानको पर्यटकीय क्षेत्रमध्ये झिमु्रक गाउँपालिका ५ ओखरकोटले नयाँ गति लिएको छ । ओखरकोटको कोट पुग्न कोटको फेदीदेखि शिखरसम्म नागबेली आकारमा ६ सय वटा ढुंगे सिंढी निर्माण गरिएको छ । सिंढीलाई सजाउन दुवै साइडमा रेलिङ बनाइएको छ । जसरी चीनमा जाने पर्यटक एक पटक ग्र्रेटवालमा पुग्ने र तस्वीर खिच्ने गर्दछन् । त्यसरी नै ओखरकोटको सिंढीमा तस्वीर र भिडियो खिच्ने पर्यटक दैनिक आउँदछन् । धेरै पर्यटकले कोट चढ्ने सिंढीको डिजाइनलाई चीनको ग्रेटवालसंग तुलना गर्ने गर्दछन् । सिंढी चढ्दै कोट पुग्ने र झनै दैनिक सयौं आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । बस, जीप रिजर्भ गरेर आउने यात्रु उत्तिकै हुन्छन् । अधिकांश मोटरसाइकलमा आउने गर्दछन् । खासगरी सामाजिक सञ्जाल र त्यसमा पनि टिकटक बनाउनेहरू धेरै भेटिन्छन् । ओखरकोटमा कोट बाहेक तीनवटा रमणीय भू–वनोट भएका थुम्का छन् । सबैभन्दा अग्लो ठाउँमा समथर भू–भागका थुम्काको सौन्दर्य वर्णन गरी साध्य छैन । एउटा जैथुममा, एउटा हर्रे र अर्को जावुनेमा रहेका थुम्काको दृष्य कैद नगर्ने सायदै कम हुन्छन् ।
    ओखरकोट पुग्नका लागि मच्छी ढाड हुँदै हिरापोखरी निस्कने सडक निर्माण भएको छ । जहाँ दैनिक यात्रुबाहक बस आवतजावत गर्दछ । अहिले आफ्नो सवारी साधन नभए पनि बसमा चढेर त्यहाँ जान सकिन्छ । ओखरकोटमा चौतर्फी सडक सञ्जाल छ । त्यहाँ पुग्ने जो कोही एक फन्को नमारी फर्किदैन । वरिपरि घुम्दा चारैतिरका रमणीय भीरपाखा देख्न सकिन्छ । यही ठाउँमा नेकपा ९मसाल० का महामन्त्री मोहन विक्रम सिंहले घर बनाएका छन् । उनकै योजनामा होमस्टे सञ्चालन गर्न घर निर्माण भइरहेको छ । यद्यपि होमस्टेको अभ्यास केही घरले यसअघि नै गरिसकेका छन् ।
    ओखरकोटको नेपानेमा राष्ट्रिय स्तरको खेल मैदान बनिरहेको छ । ओखरकोट र वरपरका गाउँहरूको ग्रामीण पर्यटन विकास गर्न गुरूयोजना बनेको छ । ओखरकोटको गुरुयोजनामा कोटमा भ्यू टावर, गाउँमा रिङ रोड, रक गार्डेन, पार्कहरू बनाउने योजनाहरू बनेका छन् । ओखरकोट प्राकृतिक अवलोकन गर्न चाहाने गाम्रीण पर्यटकको उत्कृष्ट गन्तव्य हो । बाह्रै महिना चिसो वातावरण एकै स्थानमा बसेर उच्च पहाड, मध्य पहाड, महाभारत पर्वतको श्रृंखला अवलोकन गर्न सकिने ओखरकोटलाई ‘किङ्ग अफ हिल’ भनेर पनि चिनिन्छ ।

    ओखरकोट गाउँको फेदीमा नागबेली आकारमा झिमरूक नदी बग्दछ भने गाउँको बीचमा गर्तङ खोला बग्दछ । दुवै नदीहरूका बीचमा रहेको ओखरकोट गाउँ अत्यन्त सुन्दर र रमणीय छ । ओखरकोटको पुरातत्व, इतिहास, संस्कृति, लोकनृत्य र लोकगीत, जनजीवन, आर्थिक अवस्था, त्यहाँ बसोबास गर्ने जातिहरू ग्रामीण विकासका सम्भावना हुन् । हेर्दै सुन्दर मानिने पहाडका चुली, मच्छी र पिडाल्नेका फाँटले ओखरकोट सजिएको छ ।
    ओखरकोट गाउँको माथि अर्थात् शरीरमा कोट रहेको छ । ओखरकोट र बादिकोटको बीचमा रहेको कोटमा वडा दसैं र चैते दसैंमा पूजाआजा गर्ने र मेला लाग्ने गर्दछ । जहाँ हजारौं सहभागी हुने गर्दछन् । वडा दसैंको नवमीको दिन हुने पूजाआजामा प्यूठानका नेताहरू प्रायः त्यहाँ पुगेका हुन्छन् । दसैंका दिन सराँय खेल्ने प्रचलन छ । कोटको ऐतिहासिक र पुरातात्विक महत्व छ । जहाँ भुरे टाकुरे राजाहरू बस्ने दरबार र सभाकक्षमा अवशेषहरू अहिले पनि देख्न सकिन्छ । ओखरकोटको कोटबाट झण्डै आधा प्यूठान देखिन्छ भन्दा पनि हुन्छ । अग्लो कोटबाट चारैतिर गोलाकार रूपमा फैलिएका अग्ला पर्वतका शिखरहरू देखिन्छन् । त्यसरी देखिने पर्वतका शिखरहरूमा गुल्मी, बाग्लुङ, अर्घाखाँची र प्यूठानका विभिन्न गाउँहरू पर्दछन् ।
    आजभोलि स्याङ्जाको सिरूबारी, तनहुँको बन्दीपुर र लमजुङको घलेगाउँ जस्ता क्षेत्र ग्रामीण पर्यटनका राम्रा उदाहरण भएका छन् । ग्रामीण पर्यटन विकासमा त्यो नेपालको पहिलो सुुरुवात थियो । पछिल्लो समय धेरै ठाउँमा ग्रामीण पर्यटनका लागि पहलहरू भएका छन् । तर त्यति व्यवस्थित भने भएका छैनन् । ओखरकोटमा पनि दैनिक पर्यटक आए पनि उनीहरूको बसाइँ लम्ब्याउने प्रयास भएको छैन । प्रायः बिहान आउने र साँझ फर्किने पर्यटक बढी छन् । यिनीहरूको बसाइँ लम्ब्याउन व्यवस्थित होमस्टे वा होटल सञ्चालन हुन जरूरी छ । फेदीपाटामा दुईवटा कटेज सञ्चालनमा छन् । ती नास्ता पानीका लागि मात्र योग्य छन् । व्यवस्थित बसोबास गर्ने ठाउँको व्यवस्था हुने हो भने टाढाटाढाबाट पर्यटक आउन सक्दछन् । पर्यटक आउँदा व्यवसायीको आम्दानीमा स्वतः वृद्धि हुन पुग्दछ ।
    सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यसलाई व्यवसायिक बनाउन राजनीतिक दल र स्थानीय समाजसेवी भने अग्रसर हुनुपर्दछ । पर्यटकहरूले आफ्नो आनन्द र मनोरञ्जनका लागि पैसा खर्च गर्न तयार हुन्छन् । स्थानीयले त्यस्तो वातारण तयार गर्न सक्नुपर्दछ । उनीहरूले चाहेका परिकार बनाउन तम्सिनु पर्दछ । जति पर्यटकलाई खुसी पा¥यो । त्यति पर्यटक भित्रिने छन् । खासगरी पर्यटन विकासका निम्ति संस्कृति, धार्मिक र प्रकृति यी तीन वटै उत्तिकै महत्वका विषय हुन्छन् । धर्म, संस्कृति र परम्परालाई जोगाई राख्न सकेमा मात्र पनि ग्रामीण पर्यटनको विकासको लागि सजिलो वातावरण बन्दछ ।
    ग्रामीण क्षेत्रमा हुने पर्यटन छोटो अवधिको लागि भए पनि त्यसले ग्रामीण अर्थतन्त्रमा परिवर्तन ल्याउँदछ । पर्यटकका लागि ग्रामीण क्षेत्रमा उत्पादन भएका अन्नबाली रोजाइमा पर्ने भएकाले त्यसले आम्दानीमा बल पु¥याउँदछ । ग्रामीण क्षेत्रमा उत्पादन हुने र ढुवानीको कारणले खपत हुन नसकेका खाद्यान्न, सागसब्जी, फलफूल, दुग्ध पदार्थलगायतको उपभोगमा वृद्धि हुन गई ग्रामीण समुदायले आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्ने एक सरल उपाय हुन्छ ।
    ओखरकोटमा पर्यटक नआउने होइनन्, दैनिक आइरहन्छन् । तर त्यहाँ आएका पर्यटकले राम्रोसंग रात बिताउने ठाउँ छैन । केही घरमा होमस्टेको सुरुवात गरिएको छ, ती पर्याप्त छैनन् । ठूलो संख्यामा पर्यटक आउँदा बस्ने ठाउँ छैन । त्यसैले झिम्रुक गाउँपालिका र स्थानीय समुदायले पर्यटकको बसलाई लम्ब्याउने उपाय निकाल्न जरूरी छ । त्यसको लागि पहिलो कुरा खाना र बस्ने व्यवस्था हुनुपर्दछ । दोस्रो कुरा आतिथ्यता राम्रोसंग गरिनु पर्दछ । स्वागत सत्कारमा कमी आउनु हँुदैन । उनीहरूको रूचीअनुसार खानपिनको व्यवस्था हुनुपर्दछ । सुरक्षाको ग्यारेन्टी पनि हुनुपर्दछ । यसका साथै ग्रामीण क्षेत्रका पर्यटन स्थलमा पुगेपछि त्यहाँ पुग्ने मानिसहरूले केही न केही त्यस क्षेत्रको चिनो स्वरूप वस्तुहरू ल्याउन चाहान्छन् । ओखरकोट क्षेत्रलाई ग्रामीण पर्यटनको विकासका लागि स्थानीयमा कला र सीप विकास हुनुपर्दछन् । जुन सीपले उत्पादन गरेका वस्तुहरू ओखरकोट पुगेका पर्यटकहरूले किन्न सकुन । यति गर्न सकियो भने ओखरकोटले आफ्नो मुहार बदल्ने निश्चित छ ।

    बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.