• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

गौमुखीका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘हाम्रो गौमुखी’ पठनपाठन सुरु


  •   सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
  • भरत आचार्य
    ठुलाबेसी प्यूठान / गौमुखी गाउँपालिकामा रहेका सबै सामुदायिक एवम् संस्थागत विद्यालयको कक्षा ५ मा आजदेखि स्थानीय पाठ्यक्रम ‘हाम्रो गौमुखी’ पठनपाठन सुरु भएको छ ।
    गौमुखी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा पालिका स्तरीय पाठ्यक्रम निर्माण गरी शैक्षिक सत्र २०७८ देखि नै लागु गर्ने भनिए बमोजिम पाठ्यक्रम तयार पारिएको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पन्थले जानकारी दिनुभयो ।
    विद्यालयमा केन्द्र सरकारले निर्माण गरेको पाठ्यक्रमले स्थानीय आवश्यकता र अपनत्वको सम्बोधन हुन नसक्ने भएकाले स्थानीय विषयवस्तुको मूल्यबोधको लागि स्थानीय पाठ्यक्रम मार्गदर्शन २०७६ अनुसार पाठ्यक्रम तयार पारी कार्यान्वयनमा ल्याइएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताउनु भयो । ” कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम विकास गरी लागु गर्ने नीति तथा कार्यक्रम भए पनि यस वर्ष कक्षा कक्षा ५ बाट सुरु गरेका छौँ । आगामी वर्षदेखि क्रमश अन्य कक्षामा कार्यान्वयनमा ल्याउछौँ ” अध्यक्ष गिरीले भन्नुभयो ।
    पाठ्यक्रममा स्थानीय भूगोल र इतिहास, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, स्थानीय सरकार, आर्थिक क्रियाकलाप, स्थानीय सिप, प्रविधि र रोजगारी, स्थानीय प्राकृतिक स्रोत र साधन, स्थानीय जीवन पद्धति, स्थानीय विकासका पूर्वाधारहरू र विपद् व्यवस्थापन र सुरक्षा गरी १० ओटा क्षेत्र समावेश गरी विस्तृतीकरण गरिएको पाठ्यक्रम मस्यौदा लेखन समितिका संयोजक टुक बहादुर केसीले जानकारी दिनुभयो ।
    पाठ्यक्रममा साप्ताहि पाठ्यघण्टा ४ र वार्षिक पाठ्यघण्टा १२८ कायम गरिएको छ । जसमध्ये १०० पाठ्यघण्टा कक्षा क्रियाकलाप र २८ पाठ्यघण्टा प्रत्येक्ष अवलोकन तथा फिल्ड भ्रमणमा लगाइने भनिएको छ । ५० % सैद्धान्तिक र ५० % प्रयोगात्मक मूल्यांकनबाट कक्षा उत्तारित गर्न सकिने व्यवस्था पाठ्यक्रममा उल्लेख छ । निरन्तर मूल्यांकन गर्नुपर्ने प्रावधान पनि पाठ्यक्रममा राखिएको छ ।
    पाठ्यपुस्तक तयार भइ नसकेकोले एकरुपता कायम गर्ने उद्देश्यले ‘हाम्रो गौमुखी’पाठ्यक्रम पठनपाठन गर्ने सबै शिक्षकलाई एकदिने पाठ्यक्रम प्रबोधीकरण तालिम दिइएको शिक्षा शाखा प्रमुख ओमहरी पोख्रेलले बताउनु भयो । शैक्षिक सत्रको सुरुमै लागु गर्न नसकिए पनि कोभिडका कारण पठनपाठन ढिलो सुरु भएकोले पठनपाठनको समय अवधिभित्र सकिने गरि कार्ययोजना समेत बनाएको पोख्रेलले बताउनु भयो ।
    पाठ्यक्रम विकास र निर्माण गर्दा अपनाउनुपर्ने सबै प्रक्रियाहरू पुरा गरिएको छ । पाठ्यक्रमको मस्यौदा लेखनका लागि समाजिक विकास समितिका संयोजक टुक बहादुर केसीको संयोजकत्वमा गौमुखी माविका शिक्षक द्वय माधवराज पोख्रेल र जायश्वर जैसी सम्मिलित तीन सदस्यीय समिति गठन गरी कार्य गरिएको थियो ।
    पाठ्यक्रमको मस्यौदा कार्यदल, शिक्षा समिति, सरोकारवाला पक्ष तथा कार्यपालिकासम्म छलफल पश्चात् कार्यान्वयनमा ल्याइएको हो । गौमुखी गाउँपालिकाले शिक्षामा गरेको नयाँ कार्य भएको यस सम्बद्ध जानकाहरू बताउँछन् । स्मरण रहोस् प्यूठान जिल्लामा स्थानीय पाठ्यक्रम लागु गर्ने स्थानीय तहमध्ये गौमुखी गाउँपालिका पहिलो भएको छ ।

    Advertisement

    सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.