• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

प्युठानमा ४० हजार पशुलाई खोरेतविरुद्धको खोप दिइने


  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
  • Advertisement

    शशिधर भण्डारी(समृद्ध)
    प्युठान, प्युठानका ४० हजार पशु चौपायालाई खोरेत विरुद्धको निशुल्क खोप दिइने भएको छ । पशु विभिन्न समयमा सङ्क्रामक महामारीको रुपमा देखापर्ने खोरेत रोगका कारण पशु तथा पशुजन्य उत्पादनमा कमि आई पशुपालक कृषकहरुले ठूलो आर्थिक क्षति व्यहोर्दै आएका कारण सो जोखिमलाई उन्मुलन गर्न राष्ट्रिय अभियानको रुपमा खोरेत रोग नियन्त्रण तथा उन्मूलन अभियान सञ्चालन हुन थालेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय खलंगा प्युठानले जनाएको छ । खोरेत जोखिम क्षेत्रका जिल्लाका नौवटै स्थानिय तहहरुमा यहि पुस महिनाको तेस्रो साताबाट खोरेतबिरुद्वको खोप लगाउने तयारी भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका प्रमुख बरिष्ठ वागवानी अधिकृत भाष्कर पौडेलले जानकारी दिदिए । खोप अभियान थाल्न सुरुआतमा पशु तथ्यांक संकलन, खोपको महत्वबारे प्रचारप्रसार र खोपकर्ता छनोट गरी अभिमुखीकरण गरिनेछ । यसपछि खोप लगाउन थालिनेछ । खोरेत रोगका कारण पशुपालक कृषकहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेकाले पशुलाई खोप लगाउने कार्यक्रम तय भएको पौडेलले बताए। गाई, भैँसी लगायतका चौपायालाई किसानका गोठ र फार्ममा नै खोप लगाइनेछ ।
    एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्युठानका पशु विकास अधिकृत डा. हरि नारायण प्रसाद थारुले एक डोज दिएका पशुचौपायालाई तीन महिना भित्र वुष्ट डोज दिनुपर्ने भएकाले सो समेत गरी जम्मा ८० हजार डोज खोप प्युठान आइसकेको जानकारी दिए ।
    पशु वस्तुमा विभिन्न समयमा संक्रामक महामारीको रुपमा देखापर्ने खोरेत रोगका कारण पशु तथा पशुजन्य उत्पादनमा कमि आई पशुपालक कृषकहरुले ठूलो आर्थिक क्षति व्यहोदै आएको र सार्क राष्ट्रहरुबाट सन् २०२० सम्ममा खोरेत रोग नियन्त्रण गर्ने प्रतिबद्घता जनाए अनुरुप नेपालमा यो रोग नियन्त्रण कार्य सञ्चालन गर्न राष्ट्रिय खोरेत रोग नियन्त्रण रणनीति (सन् २०१५–२०२५) लागू भैसकेको छ । स्वीकृत वार्षिक कार्यक्रम अनुसार खोरेत रोग नियन्त्रण तथा उन्मूलन कार्यक्रम कार्यान्वयन पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ को खोरेत रोग नियन्त्रण तथा उन्मूलन अभियान शुभारम्भ कार्यक्रम बमोजिम हुनेछ ।
    एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्युठानका पशु विकास अधिकृत डा. हरि नारायण प्रसाद थारुले विश्व पशु स्वास्थ्य संगठनले तोके अनुसारको खोरेत रोग नियन्त्रणका कार्यक्रमहरु संचालन गर्ने, खोरेत रोग देखा परेको अवस्थामा तत्काल रोग निदान र नियन्त्रण कार्य संचालन गर्ने, खोरेत रोगको महामारी अन्यत्र फैलन नदिन तथा रोग नियन्त्रण कार्यमा संघ प्रदेश र स्थानीय तहका सरोकारवालाहरुलाई समन्वयात्मक रुपमा परिचालन गर्ने र खोरेत रोग नियन्त्रण गर्ने जनचेतनामूलक सामग्रीको उत्पादन गरी सुसूचित गर्ने कार्यक्रमहरु गर्न थालेको थारुले जानकारी दिए । उनका अनुसार कार्यालयबाट भ्याक्सिनेशन कार्यमा संलग्न हुन सक्ने प्राविधिकहरुको अध्यावधिक विवरण संकलन, स्थानिय तहहरुबाट भ्याक्सिनेटर सिफारिस भई नामनेसी पठाउनु पर्ने,भ्याक्सिनेटरहरुको नियुक्ति, पशु सेवा विभागसँगको समन्वयमा खोपको व्यवस्थापन, भ्याक्सिनेशन कार्यको शुभारम्भ, आवश्यक जनशक्त्ति र उपलब्ध श्रोतको परिचालन, सरोकारवालाहरुसँग समन्वय गोष्ठी तथा पाराभेटहरुलाई अभिमुखिकरण गोष्ठी र प्रचार प्रसारका कार्यक्रम प्युठानमा गरिनेछ ।
    कहा कति खोप ?
    जिल्लाको सरुमारानी गाउँपालिकामा ६ हजार ३ सय, माण्डवी गाउँपालिकामा ४ हजार, स्वर्गद्धारी नगरपालिका ५ हजार ५ सय, प्युठान नगरपालिकामा ६ हजार, ऐरावती गाउँपालिका ३ हजार ७ सय, मल्लरानी गाउँपालिका ४ हजार, नौबहिनी ३ हजार ५ सय, झिमरुक गाउँपालिका ४ हजार र गौमुखी गाउँपालिकामा ३ हजार गरी ४० हजार पशुलाई भ्याक्सीन लगाइने एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्युठानका पशु विकास अधिकृत डा. हरि नारायण प्रसाद थारुले जानकारी दिए । एक डोज दिएका पशुचोपायलाई एक देखि तीन महिना भित्र वुष्ट जोज दिनु पर्ने सो समेत गरी ८० हजार जोज भ्याक्सीन प्युठान आइसकेको बताइएको छ ।
    खोरेत रोग के हो ?
    एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्युठानका पशु विकास अधिकृत डा. हरि नारायण प्रसाद थारुका अनुसार खोरेत रोग गाई, भैसी, बंगुर लगायत अन्य खुरफट्टा जनावरहरुमा लाग्ने अति छिटो पिकोर्ना जातीको विषाणुबाट सर्ने सरुवा रोग हो । खोरेत रोग लागेको जनावरसंग संम्पर्क भएमा वा दुषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रुपमा फैलने गर्दछ । रोगको असर लामो समय सम्म रहन सक्दछ । यो रोगबाट संक्रमण हुन सक्ने जनावरहरुको समुहमा रोगले असर गर्ने प्रतिसत झण्डै १०० हुन सक्दछ । स्थानीय बयस्क गाई , भैसीहरुमा खोरेत रोग देखा परेतापनि यो रोगको कारण मृत्यु कमै हुने गर्दछ भने बाच्छाबाच्छी, पाडापाडी र बंगुरका पाठापाठीहरु खोरेत रोग लागि अत्यधिक संख्यामा मर्ने गर्दछन् ।
    खोरेत रोगको लक्षण
    १ ज्वरो आउने, ्याल चुहाउने, लंगडाउने ।
    २ दुधालु गाई, भैसीको दुध उत्पादन घट्ने ।
    ३ मुख र खुरको कापकोे साथै थुतुनो र थुनमा पानी जस्तो तरल पदार्थ भरिएको साना साना फोकाहरु देखिने हुन्छ ।
    ४ ब्याउने पशुहरु तुहिन सक्ने र साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठीहरु मर्न सक्दछन् ।

    बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.