चक्र चन्द
राजनीति भन्ने बित्तिकै नाक खुम्च्याउनु पर्न ेअवस्था सिर्जना भैरहेको पछिल्लो समय युवाहरू राजनीतिको मूल नेतृत्वमा आउनुले नागरिकमा नया ँआशाका पालुवाहरू अङ्कुरित हुनथालेका छन् । विकास, परिवर्तन, सुशासन, स्थिरता र रूपान्तरणका नाराहरू नसुनिएका पनि होइनन्, तर नागरिकमा परिवर्तनको चेत बदलिन नसक्दा यी सबै कोरा नारामै सीमित रहेका छन् ।
‘जनता परिवर्तनको संवाहक हो’ । देशभित्र बस्ने नागरिक कति विवेकी र चेतनशील छन् भन्ने कुराले पनि परिवर्तन छिटो वा ढिलो गर्ने भन्ने कुरा तय गर्दछ । देश र दुनियाँलाई जब जनताले नियालेर हेर्छ, बुझ्छ र अनुभव गर्छ तब मात्र उ आपूm, समाज र देश रूपान्तरणको सपना देख्न थाल्छ । आज विश्वमा धेरै देशहरू विकास र समृद्धिले सम्पन्न छन् । त्यसको मुख्य आधार जनताको विवेकपूर्ण निर्णय नै हो । जब नेतृत्वले सही र गलत गरेको नागरिकले थाहै पाउन सक्दैनन् वा भनौं राम्रोलाई स्वीकार अनि गलतलाई अस्वीकार गर्न सक्दैनन्, देश बन्ने भन्ने कुरा सपनाबाहेक अरू हुन सक्दैन । हाम्रो देश नेपाल विश्वमा ठूलो संभावना बोकेको मुलुक भए पनि विगत ५० औं वर्षदेखि सत्ता र शक्ति केन्द्रहरूले खेल मैदानको रूपमा प्रयोग गर्दै आफू अनुकूलको सरकार बनाउने वा हटाउने बाहेक अरु काम भएका छैनन्् । हाम्रा वीर पुर्खाले रगतसँग साटेर बचाएर राखेको मुलुक आफ्नै सन्तानले किन सजाएर राख्न सकेनन् भन्ने प्रश्न गम्भीर रूपमा खडा हुन्छ.? यसमा सबै नेपालीको दोष छ । नेतृत्वलाई मात्रै गाली गरेर उम्कने छुट आज कसैलाई छैन । मुलुकलाई विकास, समृद्धि र सुशासन दिलाउन जनताले खबरदारी गर्नुपर्ने हुन्छ । जबसम्म नागरिक आफै कोही कसैको लगौटी, टिके, च्याप्लुसी, झोले र अन्धभक्त बन्छन् र जति नै ठूलो गल्ती गरे पनी ढाकछोप र बचाउ मै समय खर्चन्छ तबसम्म मुलुक बनेन भनेर जति सुकै चर्को नारा लगाए पनि त्यसको कुनै अर्थ हुँदैन । आज हाम्रो देश पछाडि पर्नुको पछाडि हाम्रै कारण छ ।
नेकपा एमालेले उमेर हदलाई नाधेर नेतृत्वको देवत्वकरणतर्फ उन्मुख भए पनि पछिल्लो पटक काँग्रेसको १४ औँ महाधिवेशनबाट युवाहरू नेतृत्व तहमा आउनु, राप्रपा अध्यक्षमा युवा नै निर्वाचित हुनुले अब जनता परिवर्तनका लागि तयार छन् भन्ने संकेत गरेको देखिन्छ । यो चेत पहिल्यै आउनु आवश्यक थियोे । अब युवा आएसँगै जनताले परिर्वतन चाहेको प्रष्ट हुँदाहुँदै ऊ प्रतिगमनतर्फ अग्रसर त छैन भन्ने कुरामा राप्रपाको ध्यान जानुपर्छ । गणतन्त्र प्राप्तिका लागि लामो सङ्घर्ष, आन्दोलन, सहादत र ठूलो कुर्वानी भएको छ । यसलाई जोगाउने दायित्व युवा पुस्ताको काँधमा छ ।
युवाको नेतृत्व र परिर्वतनको आन्दोलन हुन ढिलाई भएको छ तर पनि ढिलै आएको युवा पुस्ताले पार्टी भन्दा माथि उठेर देश पहिलो ठान्यो भने मुलुकले जित्ने नै छ भन्ने लाग्दछ । सबै पार्टीमा युवा र केही गरौ भन्ने सोच राख्नेहरू छन्, तर पार्टीको कब्जामा छन् मानौँ कि उनहिरूका हातखुट्टा बाँधिएका छन् । पार्टीको नाम जोड्यो मन्त्री,सांसद भयो पैसा कमायो, परिवार र आफ्ना सन्तानका लागि पुग्ने सेवा सुविधा उपभोग ग¥यो अरूका समस्या भाँडमा ! कार्यकर्ताले कार्यक्रम आयोजना गररे नेताकै भजन गाए सकियो । अब यो परिपाटी तोडिनु पर्छ ।
यस पटक काँग्रेस महामन्त्रीमा विजयी दुई जना लोकप्रिय युवाबाट देश र नागरिकले ठूलो अपेक्षा राखेको छ । वर्षौंदेखिको जनताको विकास र परिवर्तनको अपेक्षा गरेका छन् । लाग्छ अबको दशक यिनै नयाँ अनुहारको वरिपरि नेपाली राजनीति केन्द्रित रहने छ । उनीहरूको जीतले पछिल्लो पटक नेपाली राजनीति तरङ्गित छ ।
हुनत युवा नेतृत्वमा आउने बित्तिकै देशमा चमत्कार हुने भन्ने त होइन तर आशावादी रहौँ कि उनीहरू जनतामा जसरी लोकप्रिय भएर आएका छन् त्यसरी नै जनभावनाको कदर गरेर जनअपेक्षित काम गर्ने छन् ।
आजसम्म विकास र समृद्धिका कुरा गरेर नथाक्नेहरू जसले नेपाली राजनीतिलाई दुषित बनाए अब बिस्तारै तिनीहरू राजनीतिक क्षेत्रबाट बिदा लिने समय आएको छ । हरेक पार्टीभित्र वैकल्पिक दृष्टिकोण, नीति र नेतृत्वको बहस हुन सकोस् । समय, परिस्थिति र आवश्यकताअनुरूप नेतृत्व परिवर्तन वा हस्तान्तरण गर्नेमा सबैले विवेकपूर्ण निर्णय गर्न सचेत बन्न सकुन् । नयाँ विचार, नयाँ जोस, नयाँ योजनासहित देश विकासको रोडम्याप अबको युवा नेतृत्वले बनाउने छ । जनतालाई विकास, स्थिरता, सुशासन र परिवर्तनको अनुभुति दिलाउन अबको युवा नेतृत्व सफल रहोस् । देशभित्रै सम्भावनाको खोजी गर्दै युवा शक्ति विदेश पलायनलाई रोक्न विभिन्न विकल्पसहित रोजगारीका अवसरहरूको खोजी गर्न सकोस् । अब अरूको पछाडि लागेर होइन आफ्नै स्वविवेकले राम्रो र नराम्रो नेतृत्व छुट्याउन सकौँ । देश नेताले होइन, आफैंले बनाउने प्रण गरौं । जय युवा