रामबहादुर बुढा
अवसरवाद मानव समाजमा ब्याप्त आम प्रवृति हो। कम्युनिष्ट आन्दोलनमा लामो समय टिक्न गाह्रो भए पछि वा अझ अप्ठ्यारो अवस्था आए पछि कैयौं मानिसहरु मैदान छाडेर भाग्छन।त्यो कम्युनिष्ट आन्दोलनमा मात्र हैन लोकतान्त्रिक आन्दोलनमा पनि त्यस्ता कैयन उदाहरण भेट्न सकिन्छ।
बि.पि. कोइराला जेल जादा नेपाली काङ्ग्रेसका दुई महामन्त्री थिए- डा तुल्सी गिरी र परशुनारायण चौधरी। राजा महेन्द्रले आफ्नो पार्टीका सभापति र देशको प्रधानमन्त्रीलाई सेनाको हत्कडी लगाएर जेल हालेको बेला ती दुई महामन्त्रीको काम पार्टी चलाउने हुनु पर्ने थियो।तर आफ्नो नेता हत्कडी लगाएर जेल गैरहेको बेला तुल्सी गिरी र परशुनारायण चौधरी घाटीमा फूल माला र निधारमा अबिर सिउरिदै श्री ५ को सरकारका प्रधानमन्त्री र मन्त्री बन्न पुगेका थिए। मैले काङ्ग्रेसको अर्का प्रभावशाली नेता विश्वबन्धु थापाको पनि त्यस्तै किस्सा सुनेको थिए।नेपालमा राजाले २०१७ सालमा बहुदल खाएको बेला थापा विदेश रहेछन ।घर फर्केर बेलुकी सुत्ने बेला आफ्नी श्रीमतीलाई सोधेछन ।भोलिबिहान मेरा अगाडि दुईवटा बाटा छन् एउटा सम्मानै सम्मान,कुर्ची ,इज्जत फूलमाला ,अबिर र अर्को बाटो ह्त्कडी लगाएर जेल चलान।म कुन बाटो रोजु? श्रीमतीले भनिछन् ,”त्यस्तो अप्ठ्यारो बाटो किन रोज्ने हो?मरिजाने दुई दिनको जिन्दगीमा किन दुख पाउनु र!”त्यस पछि विश्वबन्धु थापा पन्चायतको गृहमन्त्री हुन पुगे।
यता कम्युनिस्ट आन्दोलनको ईतिहास हेर्दा आफ्नो इथिक्स छाडेका तमाम उदाहरण भेटिन्छन् । झापा विद्रोहका कमाण्डर मानिने र सबैभन्दा लामो राजनीतिक जेल जीवन बिताएका नेपालका नेल्शन मण्डेला भनिने मोहन्चन्द्र अधिकारी हनुमान चालिसे जप्ने र हरे राम हरे कृष्ण को पछ्यौरी ओढेर बस्ने भए। झापा आन्दोलनका अर्का नेता राधाकृष्ण मैनाली प्रतिगगमन कालमा राजाको टिके मन्त्री बन्न पुगे। मलाई फोनमा ,मेसेन्जरमा साथीहरुले अहिले ठूला क्रान्तिकारी कुरा गरेर किन पतनको बाटो रोजे भनेर प्रश्न गर्नु हुन्छ।मैले भन्ने गरेकोछु जसलाई देखाएर
तपाईंहरुले आश्चर्य मान्नु भएकोछ त्यो भन्दा दशौ गुणा बढी आस्चर्यको कुरा त यो हो कि मसाल नेतृत्वले कार्यकर्तालाई दशकौं सम्म प्रतिकृयावादी सम्सदीय ब्यबस्थाको बिरोध गर्न लगायो तर अहिले किन सम्सदीय ब्यबस्थाको विरोध गरिस भनेर उसलाई कार्बाहीको डण्डा हान्छ? यो कति ठूलो आस्चर्यको कुरा हो? गलत कुरालाई सच्चाउनु पर्छ भन्नेवालालाई निहु खोजी खोजी कार्बाही गरिन्छ तर गल्ती गर्ने वाला नेतृत्वको तरफदारी गरेकै भरमा पुरस्कृत हुँदै जान्छ। यो न्यायप्रणाली कम्ता आस्चर्यलाग्दो त छैन नि?
खुसी र दुखी हुने कुरा आफ्नो दृष्टिकोण माथि भर पर्दछ। दुईखाले मान्छेलाई तपाईले जतिसुकै कोसिस गरे पनि रोक्न सक्नु हुन्न ।एक ,यदि आफ्नो बिश्वास माथि कसैले खुसी खोज्दैछ भने त्यसलाई तपाइले जति सुकै रोक्न खोजे पनि ऊ रोकिदैन । विस्वास भन्नाले विचार हो।दुई , यदि कुनै ब्यक्ति आफ्नो ब्यक्तिगत स्वार्थ ,पद ,लाभ-लालचबाट नियन्त्रीत भएर अगाडि बढ्दैछ भने उसलाई पनि कसैले रोक्न सक्दैन।मसालको अल्पमत पक्षको विचार समूह तहस नहस हुदैछ भनेर निकै खुसी र ब्यङ्गका फोहराहरु छुटेको देखिन्छ। दक्षिणपन्थी अवसरवादको मझेरीमा बास माग्न जान धेरै पहिले देखि यात्रा तय गरेका र केही समय मसालको अल्पमत पक्षलाई बिस्यौनी बनाएर थकाई मेट्न बसेका केही बटुवाहरु उठेर हिडेको देख्दैमा अल्पमत सकियो तहस नहस भयो भनेर खुसी हुनुको कुनै तुक छैन। दैलेख बाट एउटा टोली एमालेमा जादाअल्पमत पक्षले कहिलै बक्तब्यबाजी गरेन।सक्छन अल्पमतको सही विचार अबलम्बन गरून् ,सक्दैनन भने एमाले ,माओबादीमा जानू भन्दा बरु मसालको बहुमत पक्षमा नै बसुन भन्ने हाम्रो सोचाई हो।पार्टी एकीकृत भएर जानू परेमा वा मिलेर जानू परेमा वा भबिष्यमा कार्यगत एकता नै गर्नु परेमा सबैभन्दा सजिलो मसालहरुकै विचमा सजिलो हुनेछ।त्यसकारण पनि मसाल छाडेर गएका साथीहरुलाई देखेर त्यतिबिघ्न हास्दा ,खुसी हुँदा म आफै कमजोर भैरहेको छु भन्ने किन नसोचेको होला?यो कति विध्वंसात्मक र विसर्जनवादी सोचाई हो? जसले पुजिवादी अवसरबादी बाटो समाएका छन ती शक्तिहरु सबै पुजीवादमा गएर समाप्त हुनेछन् ।जसले मार्क्सवादको क्रान्तिकारी तत्वलाई समाउदै देश र जनताको अगुवाई गर्नेछन ,तिनीहरु समाजका नेतृत्वकर्ता बन्नेछन।####