• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

स्वर्गद्वारीमा पर्क्याव र गोलको समिक्षा र योजना निर्माण


  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
  • Advertisement

    झइन्द्र भण्डारी
    २०७८, पुस १२, प्युठान, स्वर्गद्वारी नगरपालिका प्युठानको समृद्धिको लागि आफ्नो तथा नगरपालिकासङ्ग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको( कोभिड–१९) बाट प्रभावित संकटासन्न व्यक्तिहरूको आर्थिक उत्थानशिलता प्रवर्धन परियोजना पक्र्याव र कृषि तथा जीविकोपार्जन प्रबर्द्धन गोल परियोजनाले पौष १२ गते सोमबार एक औपचारिक कार्यक्रमको बिच वार्षिक समिक्षा, नगरस्तरीय प्रारम्भिक गोष्ठी र प्रतिवेदन कार्यक्रम सम्पन्न गरेको छ ।

    पालिका स्तरीय परियोजना अनुगमन तथा सल्लाहकार समितिका अध्यक्ष तथा स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीको अध्यक्षतासङ्गै सञ्चालन भएको कार्यक्रममा गोल परियोजनाका पालिका संयोजक मोहन सुवेदीले आर्थिक वर्ष २०७७÷०७८को कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने परियोजनाका प्यूठान जिल्ला संयोजक मनोज बिक्रम सिंहले उक्त परियोजनाको कार्ययोजना , लक्ष्य र कार्य प्रक्रिया प्रस्तुत गरेका थिए।
    फुलबारी एकीकृत ग्रामिण विकास संस्था नेपालद्वारा सञ्चालित अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आड्रा नेपाल ,रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्थाको साझेदारीमा सञ्चालन भइरहेका कार्यक्रमले नेपालका अन्य स्थानीय तह जस्तै स्वर्गद्वारी नगरपालिका प्यूठानमा पनि कृषि , महिला , पशुपालन , शिक्षा , स्वास्थ्य , बालबालिका लगाएतका क्षेत्रको विकास तथा समृद्धिमा विभिन्न उदाहरणीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पर्क्यावले लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रून्टिगढी गाउँपालिका र सुनिलस्मृति गाउँपालिका अनि प्यूठान जिल्लाका स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर पालिकाहरूसङ्ग समन्वय गर्दै उपलब्धिमुलक कार्यक्रमहरू गर्दै छन । दुई वर्षको कार्य अवधिमा पर्क्यावले प्रत्यक्ष रूपमा ७ सय र अप्रत्यक्ष रूपमा करिब २ हजार ८ सय जना लाभान्वित हुने लक्ष्य राखेको छ । ५ लाख अस्ट्रेलियन डलरको बजेटमा कार्यक्रम हुने पर्क्यावको दातृ निकाय भने विदेशी मामिला र व्यापार बिभाग र अस्ट्रेलियन सरकार रहेको आड्रा नेपालका परियोजना संयोजक डा. अनिल चन्द्र न्यौपाने बताए ।
    सञ्चालित कार्यक्रमहरूले महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सीप तथा क्षमता अभिवृद्धि , कृषि उद्यमीहरूको पहुँच वृद्धि , संकटासन्न समुदायको जीविकोपार्जन , उत्थानशील तथा विकासका लागि वातावरण सिर्जना , कृषि तथा पशुपालन क्षेत्रको विकास , स्वास्थ्य क्षेत्रको विकासमा सहकार्य , लैङ्गिक हिंसाको नियन्त्रण आदि क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आएको प्रतिवेदनले बुझाउछ साथै पर्क्यावले कोभिड १९ बाट प्रभावित संकटासन्न व्यक्तिहरूको आर्थिक उत्थानका लागि विभिन्न कार्यक्रमहरू गर्दै छ ।

    परियोजनाले नगरपालिकाभित्र जम्मा १२८८ सदस्य संख्या रहेको ६० ओटा कृषि तथा पशुपालन समुहको गठन गरि विकासका कार्यक्रमहरू गर्दै आएको संयोजक सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । अहिलेको विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणले परियोजनाको उद्देश्य अनुरुप सम्पूर्ण कार्यक्रम गर्न नसकिएको परियोजनाका संयोजक मोहन सुवेदीले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले परियोजनाद्वारा सञ्चालित समुहमा महिलाको तुलनामा पुरूषको संख्या न्यून रहेकोमा चिन्ता व्यक्त गरे । पहिलेदेखि नै नगरपालिकाले नगरमात्रै एक्लैले होइन यहि संस्था तथा कार्यक्रमसङ्ग सहकार्य तथा साझेदारी गर्दै अगाडि बढेको हुनाले महिला , बालबालिका , कृषि , पशुपालन जस्ता क्षेत्रको विकासमा सफल भएको जिकिर गर्दै नगर प्रमुख रोका क्षेत्रीले संस्था तथा परियोजनाको प्रशंसासङ्गै यो अतुलनीय सहयोगको लागि संस्थालाई विशेष धन्यवाद ज्ञापन गरे साथै पर्क्यावले सञ्चालन गर्ने कार्यक्रम पनि उपलब्धिमुलक र लाभदायक हुने कुरामा आफू विश्वस्त रहेको नगर प्रमुखले बताए ।
    कृषि र पशुपालनले नगरबासीको जीवन परिवर्तन हुन सक्छ । यसको लागि बस्ती स्तरमा पकेट क्षेत्र बनाएर निर्वाहमुखी होइन व्यवसायीकरण गरेर नगरपालिका यहि संस्थासङ्गको समन्वयमा अगाडि बढ्ने भन्दै नगरप्रमुख रोका क्षेत्रीले परियोजनाका कार्यक्रमहरूले नगरपालिकालाई धेरै साथ दिएको र अमुल्य योगदान दिएको समेत बताए ।
    नगरप्रमुखले भने, ‘हाम्रो नगरको विकास तथा समृद्धिको लागि यो परियोजना तथा संस्थाले निकै अतुलनीय सहयोग, साथ र योगदान दिदै आएको छ यसको लागि विशेष धन्यवाद बाहेक अरू के नै दिन सकिन्छ र अझै अमुल्य सहयोग तथा साथको अपेक्षा राखेको छु ।’

    मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.