घोराही, १५ पुस, भेरी अस्पताल नेपालगञ्जको परिसरभित्र रहेको कणर्ाली प्रदेशको क्षेत्रीय मेडिकल क्वाटरमा ४ जना मृत भेटिएका छन् । कार्यालय सहयोगी खाँडाचक्र ६ कालीकोटका २३ बर्षिय धनप्रसाद भट्टराई बसेको अस्पतालको क्वाटरमा सुतेका ७ जना मध्य ४ जना आज बिहान मृत अवस्थामा भेटिएका हुन भने ३ जना बेहोसी अवस्थामा भेटिएका छन । मृत अवस्थामा फेला पर्नेमा कार्यलय सहयोगी भट्टराई, उहाँको ३ महिनाको बच्चा इप्सन भट्टराई , सासु कोकीला भट्टराई, जेठानी दिदि नाता पर्ने कोली भट्टराई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । धनप्रसादका श्रीमती सहित अन्य ३ जनाको उपचार भईरहेको छ । घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बांकेको प्राबिधिक तथा प्रशासनिक टिमले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहितको टिमले अनुसन्धान गरिरहेको जनाएको छ । हिटर बालेर एकै कोठामा ७ जना सुतेकोमा निस्सासिएर घट्ना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
भेरी अस्पतालको क्वाटरमा चार जनाको मृत्यु
भेरी अस्पतालको क्वाटरमा चार जनाको मृत्यु
तपाईको प्रतिक्रिया