• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्युठानमा ल्होसार पर्वः नाँचगानमा धुमधाम, मौलिकता गुमनाम


  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
  • शशिधर भण्डारी(समृद्ध)
    २०७८ पुस १५(प्युठान), प्युठानका विभिन्न स्थानमा ल्होसार पर्वलाई गुरुङ समुदायले धुमधामका साथ मनाएको छ । प्युठानको प्युठान नगरपालिका, ऐरावती गाउँपालिका र सरुमारानी गाउँपालिकाका गाउँमा ल्होसारलाई विविध कार्यक्रम गरी भव्यताका साथ मनाउन लागेको हो । जिल्लामा पछिल्ला दिनमा भव्यताका साथ मनाइने ल्होसार पर्वको महत्व रमाइलोमा परिणत हुँदा मौलिकता हराउने चिन्ता भने बढेको छ ।
    ऐरावती गाउँपालिका–२ हार्वङका कमल झाक्री गुरुङभाषा बोल्न जान्दैनन् । उमेर ५० काटेपनि नयाँ पुस्ता सरह हुनुप¥यो । गुरुङहरु फरक पहिचान, भाषा, संस्कृतिको रुपमा धनि भएपनि आफु भाषा बोल्न नसक्दा उनलाई पछुतो छ ।
    ऐरावती गाउँपालिका–१ सिर्सेनी निवासी ५१ वर्षीय उम बहादुर गुरुङको गुनासो भने फरक छ । उनी बुबाआमाले बोलेको भाषा केही रुपमा सिकेपनि पछिल्ला दिनमा धेरै शब्दहरु भुल्न थालेका छन् । नयाँ पुस्ताले नसिकेका कारण छोराछोरी देखि नयाँ पूस्तासंग खस(नेपाली) भाषा बोल्नु पर्ने हुँदाँ सबै कुराहरु सम्झन छाडेका हुन् । उनलाई आफ्नो भाषाको संरक्षण गर्ने चिन्ता पनि भएको बताउछन् ।
    त्यसै गरी प्युठान नगरपालिका–६ माझकोट की प्रिमा गुरुङ भने केही भाषा बोल्न जानेकी छन् । उनलाई पनि नयाँ पुस्तामा भाषाको पुस्तान्तरणको समस्या भएको बताउछिन् । जिल्लामा भाषा संरक्षणका लागि तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु नभएका होइनन् । तर युवा पुस्तामा चासो नहुँदा भाषा तथा मौलिकताको अभाव खड्किन थालेको छ ।
    प्युठान नगरपालिका–६ गुरुङ गाउँका पुनाराम गुरुङ युवा पुस्ताले संस्कृति प्रति चासो नराखे आफ्नो पहिचान गुम्ने बताउछन् । उनी जनप्रतिनिधि समेत हुन् । भाषा, संस्कृति र आफ्नो पहिचानका लागि गुरुङ समुदायको संगठनले जनगणनामा सक्रीयतापूर्वक भाग लिई तथ्यांक निकाल्न थालेको पुनाराम गुरुङले बताए ।
    तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिक्रम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
    ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् । प्युठानमा घाटु, सालैजो, सोरठी, गुरुङभाषाका गितहरुमा नाँचगान, मञ्चका कार्यक्रमहरु गरेर मनाउने गरिन्छ ।

    Advertisement

    बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.