जनखोजी समाचारदाता
काठमाण्डौ, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को राजनीतिक र वैचारिक कार्यदिशा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ सुझाव सहित पारित भएको छ । राजधानीमा आइतबार सम्पन्न आठौं महाधिवेशनले यसअघि अपनाउँदै आएको ‘एक्काइसौं शताब्दीको जनवाद’लाई विस्थापित गरी नयाँ कार्यदिशा पारित गरेको हो ।
अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले छलफलमा सहभागी प्रतिनिधिहरुले दिएको सुझावलाई समेटी व्यापाक रुपमा परिमार्जन सहित राजनितिक प्रतिवेदन शुक्रबार पारित गरिएको नवनिर्वाचित केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बताए । हेटौंडामा सम्पन्न सातौ महाधिवेशनले एक्काइसौं शताब्दीको जनवादको कार्यदिशा अघि सारेको थियो । नेपालको संविधान समाजवाद उन्मुख भनिएपनि समाजवादको बाटो के ? भन्ने थियो । संविधानको रक्षा गर्दै समाजवादको आधार तयारको लागि मुख्यगरी समाजवादको आधार तयार गर्ने र नेपाली मौलिकताको समाजवाद निर्माण गर्ने नीति लिएको हो ।
माओवादीको राजनितिक प्रतिवेदनमा ‘तत्कालीन दृष्टिले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार पार्ने कुरामा केन्द्रित हुनेछ, त्यसकारण आज पार्टीको मूल कार्यनीति समाजवादउन्मुख समृद्धि भनिएको हो, समाजवादउन्मुख समृद्धि भन्नाले स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति, सामाजिक न्यायसहित राष्ट्रिय पुँजीको विकास प्रक्रियालाई बुझ्नुपर्छ,’ नयाँ कार्यदिशामा छ, ‘वर्गसंघर्षको विकार र राजनीतिक शक्ति सन्तुलनको आजको ठोस अवस्थामा समाजवादी क्रान्तिको रणनीतिलाई सेवा गर्नु, तुलनात्मक रूपले लामो समय जाने पार्टीको मूल कार्यनीति समाजवादउन्मुख सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु हो ।’
प्रचण्डले पार्टी सुधारका लागि आफू हाल उपभोग गरिरहेको सुविधा त्यागेर झुपडीमा बस्न तयार रहेको बताएका छन् । ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्ताबेजमा उठेका प्रश्नको उत्तर दिँदै उनले आवश्यक परे गाउँ फर्कने बताएका हुन् । ‘कतिपय मान्छेलाई लाग्छ प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? काठमाडौंको यो रमझम छोड्न सक्ला त ? यो चिल्लो गाडी छोड्न सक्ला त ? आफैं व्यक्तिवादी भइसक्या छ, यो गर्न सक्ला त भन्छन् ?’ उनले बन्दसत्रमा भने, ‘तर यो हाउसको अगाडि उभिएर के भन्न चाहन्छु भने जरुरी पर्ने कुनै दिन यो दस्ताबेज कार्यान्वयनको नेतृत्व मैले नै गर्नुपर्छ भन्ने ठहर गरेरै दस्ताबेज लेखिएको हो । त्यसैकारण जरुरी पर्दा मलाई कुनै गाह्रो छैन गाउँघरमा जान, मजदुरहरूसँग गएर बस्न । जरुरी पर्दा जस्तोसुकै दुःखकष्ट, त्याग, बलिदान गर्न म तयार छु । विचलन आएको छ, धेरै खालका विसंगति छन्, हामी व्यक्तिवादी भएका छौं, हामी कुरा क्रान्तिका गर्छौं व्यवहार प्रतिक्रान्तिको हुँदै गएको छ भनेर दस्ताबेजमै लेखेर त्यसका लागि जिम्मेवार प्रचण्ड नै हो भनेर प्रचण्डले नै भन्ने खालको तपाईंले देख्नुभएको छ ?’ प्रचण्डले भने ।
चुनावलगत्तै विशेष महाधिवेशन
पुष्प कमल दाहाल(प्रचण्ड)ले आफूले प्रस्तुत गरेको राजनीतिक दस्ताबेजले आगामी कार्यदिशाको सुरुवात गरेको उल्लेख गर्दै यसलाई ठोस गर्न विशेष महाधिवेशनमा जाने बताए । माओवादीले राष्ट्रिय सम्मेलनलाई हठात् महाधिवेशनमा रूपान्तरण गरेको थियो । ‘स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव आइहाल्यो, त्यसलगत्तै विशेष महाधिवेशन गरेर यसलाई पूर्णता दिनुपर्छ,’ उनले बन्दसत्रमा भने, ‘विशेष महाधिवेशन भनेको संगठनको रूपान्तरण गर्न र विचारलाई पनि अझ विकसित गर्नका लागि हामीले चुनावपछि एउटा अधिवेशन त गर्नुपर्छ । यो नै टुंगियो, यो अब सबै पूर्ण भयो भन्ने हाम्रो भनाइ छैन । एउटा ठूलो ऐतिहासिक सुरुवात वैचारिक विकासबाट भयो । अब चुनावपछि हामी विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्नेछौं ।’ दाहालले राजनीतिक दस्ताबेजमा भारतले अतिक्रमण गरेको लिपुलेक र कालापानीको विषय समेट्ने बताए । प्रचण्डले सुझाव र जिज्ञासामाथि जवाफ दिने क्रममा स्थायी कमिटी सदस्य राम कार्कीले राखेको पूरक प्रस्तावलाई स्वीकार गरेर दस्ताबेजमा समावेश गर्ने निर्णय गरेको र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राख्नुभएको भिन्न मतलाई भिन्न मतकै रूपमा स्विकारेको जानकारी गराएका थिए । दस्ताबेजमाथि २४ वटै समूहगत छलफलबाट आएका निष्कर्षलाई दस्ताबेजमा समेट्ने उनको भनाइ थियो ।
प्युठानबाट केन्द्रीय सदस्यमा खड्का
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा कृष्णध्वज खड्का निर्वाचित भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट आइतवार पार्टी अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले कृष्णध्वज खड्का सहित २ सय ३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । प्रचण्डले प्रश्ताव गरेको समितिलाई महाधिवेशनले सर्बसम्मत् रुपमा पारित गरेको हो ।
नवनिर्वाचित केन्द्रीय सदस्य कृष्णध्वज खड्काले आठौं महाधिवेशनबाट पारित नेपालको समाजवादको नेपाली बाटोको कार्यान्वयन सहित पार्टी निर्माणमा लाग्ने बताएका छन् । केन्द्रीय सदस्यमा दोहोरिएका खड्काले समाजवादको नेपाली बाटो कार्यदिशालाई कार्यान्वयनका लागि आमकार्यकर्ता सहित लाग्ने प्रतिवद्धता गरे ।
को को परे केन्द्रिय सदस्यमा ?
माओवादी केन्द्रको २३६ जना केन्द्रीय सदस्यको नामावली
खस आर्य पुरुषतर्फ (समानुपातिक)
१) नारायणप्रसाद दाहाल २) सुर्यप्रकाश सुवेदी ३) धिरेन्द्र शर्मा ४) नर बहादुर विस्ट ५) बसन्त शर्मा ६) केशब नेपाल ७) निर्मल आचार्य ८) जोग बहादुर महरा ९) तारानाम सुविर १०) देवराज रेग्मी ११) हरिराज अधिकारी १२) देवेन्द्र पराजुली १३) अच्युतम काफ्ले
खस आर्यातर्फ युवा पुरुष
विजय भण्डारी हुम्ला, दुर्गा प्रसाद चापागाईं तेह्रथुम, अनिल शर्मा बागमती लालबहादुर सोडारी सुदूरपश्चिम
खस आर्य महिलातर्फ १) आशा कोइराला २) सिता पोखरेल ३) कल्पना धमला ४) गंगा कुमारी बेलबासे ५) दामा कुमारी शर्मा ६) देवी खड्का ७) धर्मशिला चापागाईं ८) नारायणी शर्मा ९) बलावती शर्मा १०) बिमला सुवेदी ११) रेनु चन्द १२) रेनु दाहाल १३) सत्य पहाडी १४) संगिता कार्की १५) सुशिला सिम्खडा १६ ) ज्ञानु बस्नेत सुवेदी १७) लक्ष्मी देवी न्यौपाने १८) मन्जु बम १९) कुन्ति जोशी २०) टिका बुढाथोकी २१) गोमा कुवँर २२) कालि चलाउने २३) लुम्बिनी गौतम २४) हरिमाया शर्मा २५) रुकु चौलागाईं
खुला
१) नीपबहादुर थारु चौधरी २) लक्ष्मणदत्त जोशी ३) शरदसिंह भण्डारी ४) खगराज भट्ट ५) नरेन्द्र बहादुर कुँवर ६) त्रिलोचन भट्ट ७) माधव सापकोटा ८) युवराज चौलागाईं ९) लेखनाथ दाहाल १०) शालिकराम जमरकट्टेल ११) श्यामकुमार श्रेष्ठ १२) हरि दाहाल १३) महेश्वर दाहाल १४) हेमलाल शर्मा १५) सन्त कुमार दरै १६) हितमान शाक्य १७) कृष्ण प्रसाद सापकोटा १८) धर्मनन्द देवकोटा १९) मुक्तिनारायण प्रधान २०) ईश्वरी प्रसाद भट्टराइ २१) सुनिलकुमार मानन्धर २२) हरिबोल गजुरेल २३) पुष्पकमल दाहाल प्रचण्ड २४) दिलिप महर्जन २५) सुनद किराती २६) किरन कुमार राई २७) सुरेश कुमार राई २८) हेमराज भण्डारी २९) राजेन्द्र कार्की ३०) एकचन्द बराल ३१) पदम बहादुर राई ३२) साबित्रि कुमार काफ्ले ३३) सुरेन्द्र कुमार कार्की ३४) युवराज भट्टराई ३५) अजयशंकर नायक ३६) अशोक कुमार मण्डल ३७) भरत प्रसाद साह ३८ ) प्रकाशहरी पोखरेल ३९) राजु खड्का ४०) जोग कुमार बर्बरिया यादव ४१) गोपाल ठाकुर ४२) रामकुमार शर्मा ४३) रामेश्वर राय यादव ४४) मात्रिका प्रसाद यादव ४५) प्रल्हाद कुमार बेढाथोकी ४६) गिरिराजमणी पोखरले ४७) विश्वनाथ साह ४८) गणेश साह ४९) इन्द्रविर थारु ५०) जीवन गौतम ५१) तेजबहादुर ओली ५२) हेमराज शर्मा पोखरेल ५३) गणेशमान पुन ५४) जद प्रसाद शर्मा ५५) वर्षमान पुन ५६) महेवर गहतराज ५७) कुल प्रसाद केसी ५८) डोर प्रसाद उपाध्याय ५९) सुक बहादुर रोका ६० ) तिलकराम शर्मा ६१) चक्रपाणी खनाल ६२)कृष्णधोज खड्का ६३) कृष्णबहादुर महरा ६४) बामदेव क्षेत्री ६५) झक बहादुर मल्ल ६६) बिन्दमान श्रेष्ठ ६७) रामदीप आचार्य ६८) महेन्द्र बहादुर शाही ६९)राजकुमार शर्मा ७०) शक्ति बस्नेत ७१) गजेन्द्रबहादुर महत ७२) तेज बहादुर बस्नेत ७३) जनार्दन शर्मा ७४) मायाप्रसाद शर्मा ७५) कालि बहादुर मल्ल ७६)युवराज दुलाल ७७)राम प्रसाद सापकोटा ७८) ओमनाथ ढुंगान ७९) गंगा कार्की ८०) पुषैविक्रम मल्ल ८१) लिलामणी पोखरेल ८२) लक्ष्मण पन्त ८३) लेखनाथ न्यौपाने ८४) डिलाराम आचार्य ८५) झक्कु सुवेदी ८६) सि बहादुर बस्नेत ८७) कृष्णबहादुर केसी ८८) अमरबहादुर गुरुङ ८९) गुप्त बहादुर ठकुरी ९०) खिमलाल देवकोटा ९१) देवेन्द्र पौडेल ९२) हरि बहादुर चुमाङ ९३) रामकृष्ण गैरे ९४) नारायणकाजी श्रेष्ठ ९५) कृष्णप्रसाद धिताल ९६) देव गुरुङ ९७) श्रीराम ढकाल ९८) सुरेश आले मगर ९९) धितराज पाण्डे १००) दिनानाथ शर्मा १०१) पम्फा भुसाल १०२) उर्मिला अर्याल १०३) जयपुरी घर्ती १०४) रेखा शर्मा १०५) पूर्ण कुमारी सुवेदी १०६) यशोदा गुरुङ सुवेदी १०७) पर्शुराम रम्तेल १०८) महेन्द्र पासवान १०९) गोपी बहादुर कार्की आक्षामी ११०) दलजीत विके सिरपाइली १११) वीरमान चौधरी