• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

तुसारा काण्डको सस्मरण


  •   बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
  • रामबहादुर बुढा
    २०४८ सालको कुरा हो । एक दिन ओखरकोट मा. बि .को प्राङगणमा बेन्चमा हामी साथीहरु बसिरहेका थियौं । तुसारा गब्दी तिरका मेरा क्लास मेटहरु राजु गिरी, भोजबहादुर रोका लगायत थिए । यसै बसेका बेला फ्याट्ट राजु गिरीले भन्नू भयो,“देबेन्द्र मरेछ ।” म झल्यास्स भएँ ।
    देबेन्द्र निकै टाठा युवा थिए । २३ वर्षको उमेरमा २०४३ सालमा तुसारा गाउँ पंचायतको प्रधानपन्च बनेका थिए । मैले देबेन्द्रलाई देखेको भेटेको जम्मा एक पटक हो । म कक्षा ८ पढ्दा ओखरकोटको लामासेरास्थित मानबहादुर जीसीको घरमा डेरामा बस्थे । उहाँ पूजा शमसेर बहादुर खत्रीको साख्खै ज्वाइँ पर्नु हुन्छ । भनेपछि मानबहादुर जीसीकी श्रीमती शमसेर बहादुरकी बहिनी हुनुहुन्छ र शमसेर बहादुर देबेन्द्रका साख्खै भिनाजु । त्यहाँ हामी घरबेटी र डेरावालको सम्बन्ध भन्दा पनि एक पारिवारिक वातावरणमा रहन्थ्यौं । एक साँझपख देबेन्द्र मानबहादुर सरको घर आएका थिए । मदिरा सेवन गरिरहेका र राजनीतिक गफ गरिरहेको हालतमा मैले देबेन्द्रलाई भेटेको थिए । नेपाली कांग्रेस, नेपाल विद्यार्थी संघ आदिबारे कुरा गर्दै थिएँ । त्यतिबेला पूजाका शोभाराम न्यौपाने कक्षा ९ मा पढ्नु हुन्थ्यो र मान बहादुर सरकै घरमा डेरा गर्नु हुन्थ्यो । शोभारामजी हामी मिल्ने साथी थियौं । उहाँ पनि देबेन्द्रकै गफमा गफ मिलाउँदै बस्नु भएको थियो । म त्यहाँ सुन्ने स्रोता मात्र थिए । शोभारामले भन्नू भएको थियो, “यहाँ हामी विद्यार्थी जम्मा हुन्छौं । नेवि संघको बारेमा कलास गर्नु प¥र्यो । एक दिन त्यसको ब्यवस्था मिलाउनु प¥यो ।” त्यसमा देबेन्द्रले टाउको हल्लाउँदै स्वीकृति जनाएका थिए । त्यस पछि उनी कहिलै लामासेरा आएनन । देबेन्द्रले रुँदै रुँदै आफ्नो भिनाजु शमसेर बहादुरलाई सम्झिए । “मसालहरुले मेरो भिनाजु मारिदिए ।” यस्तै यस्तै कुरा गर्दै थिए । उनी पूजा काण्डको कुरा गर्दै थिए । करीब १०० जनाले पुजा काण्डमा मुद्दा बोक्नु परेको थियो । कैयौंले वर्षौसम्म जेल बस्नु परेको थियो । बीस बर्ष पछि त्यो मुद्दा खारेज भएको थियो । रात प¥यो । उनी झिमरुक तरेर गए । मलाई लाग्छ त्यस साँझ झिमरुक तरेर गएका देबेन्द्र फेरि फेरि तुसाराबाट झिमरुक तरेर लामासेरा आएनन् ।
    मलाई अचम्म लाग्यो । केही दिन पहिले लामासेरामा देखेको देबेन्द्र मरे रे । पातलो सर्लक्क मिलेको ज्यान अस्ति नेवि संघ र कांग्रेसको सृबृद्धिको कुरा गर्दै थिए, मरेछन । कुनै बेला नेकपा (मशाल) समूहका प्यूठान जिल्ला सेक्रेटरी र ओखरकोट माविका हेडमास्टर पछि पंचायत पसेपछि अञ्चलाधीस र कालान्तरमा मन्त्री भएका खड्क बहादुर जिसीका कान्छा भाइ देबेन्द्र थिए । भरतबहादुर जिसीका पनि उनी भाइ नै हुन । भरत त्यति बेला काठमाडौंमा प्रहरी डिएसपी थिए ।
    २०४८ मा झापामा नेपाली कांग्रेसको आठौं महाधिवेशन हुँदै थियो । त्यो महाधिवेशनमा जानका लागि एक बिहान आमालाई तुसाराकै काभ्रे खोला पैसा लिन भनी पठाएका देबेन्द्रले आफू एक्लै भएको बेला आफैले खुकुरीले घाँटी रेटेछन् । त्यति बेलै एउटा आफ्नो बिषयमा सल्लाह लिन शम्सेर गिरी (गोठे गिरी) देबेन्द्रको घर पुगेका थिए । देबेन्द्रले खुकुरीले आफ्नो घाँटी आफैले रेटिरहेको हालतमा भेटेका थिए । उनले देबेन्द्रको हातको खुकुरी खोसेर फालिदिएका थिए । घाँटीबाट रगत बगिरहेको थियो । देबेन्द्र थरथर कापीरहेका थिए । तर उनी अब बाँच्ने अवस्था थिएन । आमा पैसा लिएर आउँदा देबेन्द्र छटपटिदै थिए । रगत बगेको थियो । करीब प्राण गैसकेको थियो । उनलाई बचाउन सक्ने अबस्था थिएन । किन मरे वा कसैले मा¥यो, ठूलो हल्ला चलिरह्यो । देबेन्द्रको घटनाका सम्बन्धमा हामीले सुनेको कुरा यस्तै हो ।
    ओखरकोटका २०४९ का गाविस उपाध्यक्ष डेगमान खड्काले यो लेखक सित सुनाएका थिए, “तुसारा–गब्दी मुनि झिमरुकमा देबेन्द्रको दाह संस्कार गरिएको थियो । मलामीहरु थुप्रै थिए । म पनि ओखरकोटतिरबाट मलाम जाँदै थिए । वारीबाटै नारा लगाएको सुने हत्यारा मसाललाई कार्वाही गर । मसाललाई हत्यारा भने पछि म बीचबाटै फर्किए ।”
    देबेन्द्रको मृत्यु भए पछि लगत्तै पुर्पक्षका लागि भनी तुसाराका शम्सेर गिरी (गोठे गिरी), तीन जना शिक्षकहरु ठाकुर गिरी, सिद्धिमान जिसी र तुलबहादुर भण्डारी र तत्कालीन मसाल नेता किरण जि.सी.लाई प्रहरीले खलङ्गा लग्यो । हामी विद्यार्थीहरु शिक्षकहरूको गिरफ्तारीका विरुद्धमा उत्रियांै । हामी नारा जुलुस ग¥यौं । हाम्रा शिक्षक रिहा गर, फासिस्ट सरकार मूर्दावाद नारा लगाउँदै मच्छी ओखरकोट स्कूलबाट डाँडै डाँडा ओरालिएर दमदमे बजारमा आई बिरोध सभा गरिएको थियो । दाङबाङका प्रेम आचार्य अखिल (छैठौ) का प्यूठान जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँ त्यहाँ आउनु भयो । प्रेम आचार्य निकै फुर्तिला विद्यार्थी नेता हुनुहुन्थ्यो । निकै जोशिलो भाषण गरेर सरकारको निरंकुश चरित्रको विरोध गरेर जानु भयो । एक जना एमालेको विद्यार्थीले पनि त्यहाँ बोल्नु भएको थियो । विद्यार्थीहरु खलङ्गा गएर पनि विरोध प्रदर्शन गरेका थिए । ओखरकोट स्कूलका छैठौका कैयौं विद्यार्थीहरु पुजाकाण्डको अभियोग लागेर फरार हुनुहुन्थ्यो । भक्तु गिरी, केशरजङ्ग एमसी, भरत ढकाल, मीरा पुरी लगायत तमाम साथीहरु त छैठौंमा त्यतिबेला हामी क्रियाशील थियौँ । तुलबहादुर भण्डारीले त्यति बेला जनज्योति प्रा बि, पूजा–९ लैसरामा पढाउनु हुन्थ्यो । ठाकुर गिरी सरले ओखरकोट हाइस्कूलमा पढाउनु हुन्थ्यो । मैले पनि कक्षा आठमा ठाकुर सरबाट ५० पूर्णाङ्कको इतिहास विषय पढेको थिए । सिद्धिमान जिसीले त्यतिबेला नारीकोटको अमृत जीवन निमाबिमा पढाउनु हुन्थ्यो ।
    डिएसपि साहेबले बोलाउनु भएको छ भनेर उहाँहरुलाई खलङ्गा लगियो । मुद्दा लागेका मध्ये सबै भन्दा धेरै ४९ दिन गोठे गिरी हिरासत बस्नु परेको थियो । ठाकुर गिरी, सिद्धीमान जिसी, किरण जिसी करीब डेढ महिना हिरासत बस्नु परेको थियो । काठमाडौबाट प्रकाशित सुरुची भन्ने पत्रिकामा तुल बहादुर भण्डारीको मुख्य योजनामा देबेन्द्रको हत्या भएको लेखिएको थियो । तर बयान दिनेहरु सबैले तुलबहादुर त देबेन्द्रको मान्छे हो; २०४३ को गाउँ पंचायतको चुनाबमा देबेन्द्रकै पक्षबाट चुनाब प्रचारमा लागेको मान्छे थियो भने पछि तुलबहादुर भण्डारीलाई १३ दिनमा नै रिहा गरिएको थियो । बिजय भट्ट डिएसपि थिए । भट्टले निकै राजनीतिक पुर्बाग्रह राखेर उहाँहरुलाई हप्की दप्की र हातपात समेत गरेका थिए । “तिमी मसानहरुलाई पुजा काण्डबाटै ठेगान लगाउनु पर्ने थियो । बचेका थियौ । अब फेला प¥यौं ।” स्मरणीय छ उनले मसाललाई मसान भनेर गाली गर्थे ।
    बडा आश्चर्यको कुरा के छ भने त्यस्ता घटनाहरुमा मसालका ब्यक्तिहरुलाई अनाबश्यक रुपमा तत्कालीन कांग्र्रेसी सरकारले दुख दिइरह्यो । देबेन्द्रले किन आफै घाँटी सेरेर मरे त भन्ने बिषय रहस्यमय थियो । आम बुझाई केछ भने देबेन्द्र कुनै राजनीतिक कारणले हत्या गरिएको नभएर उनी आफैले अनैतिक काम गरेको कारण आत्महत्या गर्न पुगे । उनले कुनै आफ्नै नातामा अनैतिक काम गरे र त्यो गर्भको दोष अखिल (छैठौं ) का नेता चिसाबाङ निवासी विष्णुमणि पोख्रेललाई लगाईयो । त्यस पछि मुद्दा चल्यो । पोख्रेलले मुद्दा जित्नु भयो । अदालत बाट मात्र हैन डि.एन.ए परिक्षणबाट पनि पोख्रेलले सफाई पाउनु भयो ।
    तुसारा काण्डबाट धेरै कुराहरु सिक्न सकिन्छ । नचाहिदो प्रकारले नशामा लत बस्दै गए पछि मानिस झन झन अनैतिक बन्दै जान्छ । स्थानीय देख्ने जान्नेहरुको एउटा बुझाई नशाको परिणाम देबेन्द्र अनैतिक काम गर्न पुगे र अन्तिममा अपराध सहन नसकेर आफै खुकुरीले घाँटी सेरी मरे । राजनीतिक पूर्बाग्रहले समाजमा अशान्ति र द्वैष बढाउँछ । मसालमाथि पुर्वाग्रह साँध्ने जुन काम भयो त्यसबाट सत्ता पक्षलाई के मिल्यो त ?
    अन्तर्वार्ता ÷फोन वार्ताः
    सिद्धिमान जि.सी.
    तुलबहादुर भण्डारी
    विष्णुमणी पोख्रेल।

    Advertisement

    बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.