• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लाइफ केयरलाई कानुन अनुुसार चल्न नेकपा प्युठानको आग्रह, स्वास्थ्य मन्त्रालय भन्छ‘नविकरण प्रक्रिया शुरु गरिएको छ’


  •   शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
  • जनखोजी समाचारदाता
    प्युठान, विगत ४ वर्ष देखि मापदण्ड विपरित संचालन भैरहेको हस्पिटल मापदण्डको रुपमा वैधानिकता प्राप्त नगरे सम्म बन्द गर्न नेपाल कम्युनिस्ट पार्टी प्यूठान ले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ।
    प्युठान नगरपालिका वडा नं। ८ स्थित धर्मावती वाग्दुलामा सन्चालित स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा। लि।मिति २०७४र०३र०१ गते देखि मापदण्ड विपरित सन्चालन भएकोले बन्द गर्न आग्रह गरिएको ने क पा प्यूठानका सेक्रेटरी अजय द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
    विज्ञप्तिमा भनिएको छ “( प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं। ८ धर्मावती वाग्दुलामा रहेको स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा। लि। मिति २०७४र०३र०१ गते देखि नविकरण नभइ चलिरहेको (सेवा प्रवाह गरिरहेको) ले निजको वैधानिकता माथि सेवाग्राही बाट व्यापक रुपमा जनगुनासो आइरहेकोले हाम्रो पार्टीले सम्बन्धित निकायमा बुझ्दा मापदण्ड अनुरुप नभएकोले वैधानिक हुन नसकेको प्रष्ट भएको छ । मानव स्वास्थ्य जस्तो समवेदनशिल विषयमा गम्भीर रुपमा ध्यान दिन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दा पनि त्यो सम्बन्धि कुनै कार्वाही प्रक्रिया अगाडि नबढाइएकोले यहि विज्ञप्ति मार्फत हस्पिटल सन्चालक लाई सम्पुर्ण काम कार्वाही रोकि वैधानिक नहुदासम्म को लागि बन्द गर्न आग्रह गर्दछौं । अन्यथा जनस्तरबाट हुने संघर्षको परिणाम स्वयं पक्षले व्यहोर्ने कुराको जानकारी गराउदछौं । ” त्यस्तै विज्ञप्तिमा पार्टीले यस्ता प्रकृतिका भ्रष्टाचार , अनियमितता का विरुद्ध सामाजिक बहिस्कार र जनकारबाही सशक्त ढंगले अगाडि बढाएकोले भ्रष्टाचार विरुद्धको अभियानलाई सहयोग र समर्थन गर्न पनि बुद्धिजीवी , पत्रकार , समाजसेवी , मानवअधिकारकर्मी , कानुन व्यवसायी सबैलाई अनुरोध गरेको छ।
    उता स्वर्गद्वारी लाइफ केयर हस्पिटल वाग्दुलाका व्यवस्थापनको क्षेत्र सम्हालिरहेका व्यवस्थापक वसन्त जि। सि। ले भने हस्पिटल को सम्पूर्ण डकुमेन्ट प्रदेशमा पेस गरेकाले छिट्टै मापदण्ड अनुसार स्वीकृति प्राप्त हुने र त्यतिन्जेल सम्म पनि हस्पिटल सन्चालन गरिरहने जानकारी दिएका छन् ।
    स्वर्गद्वारी लाइफ केयर हस्पिटल विगत करिब १० वर्ष देखि सन्चालन भएको र प्रत्येक महिना हस्पिटलको प्रतिवेदन पेस हुने र प्रतिवेदन र मापदण्डको आधारमा प्रत्येक वर्ष स्वीकृति प्राप्त गर्नुपर्ने भए पनि हाल ४ वर्ष ९ २०७४र०३र०१ ० देखि हालसम्म स्वीकृति विना सन्चालन भइरहेको छ । यसले जनस्वास्थ्य जस्तो समवेदनशील विषयमा हस्पिटल सन्चालक गम्भीर नभएको देखिएको छ भने स्थानीय प्रशासन मौन छ।
    यता लुम्बिनी प्रदेश सरकार स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय मुकाम कार्यालय रुपन्देहीले प्रक्रियामा रहेको जनाएको छ । पौष ३० गते बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीद्धारा हस्ताक्षरित सिफारिसमा नविकरण तथा स्तरोन्नती नियमावली २०७७ बमोजिम आवश्यक कागजात सहित नविकरणका लागि निवेदन पेश गरेको जनाइएको छ ।

    Advertisement

    प्रेस बिज्ञप्तिको पुर्णपाठः

    शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.