• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, फागुन ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

बसन्त पञ्चमीसंग जोडिएको शिक्षा


  •   शनिबार, माघ २२, २०७८ मा प्रकाशित

  • गोबिन्दराज पोखरेल
    या कुन्देन्दुतुषारहारधवला या शुभ्रबस्त्राभृता ।
    या वीणावरदण्डमण्डिताकरा या श्वेतापद्यमाशना ।।
    या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देभैः सदा बन्दिता ।
    सा माँ पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
    सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी ।
    हंसवाहन संयुक्ता विद्यादानं करोतु मे ।।
    माथि लेखिएका स्त्रोत्रहरु सरस्वतीको बारेमा लेखिएका हुन । बसन्त ऋतुलाई ऋतुहरुको पनि राजा मानिन्छ । धर्म शाश्त्र अनुसार बर्षमा ६ वटा ऋतु हुन्छन । एक दिन पाँचवटा ऋतुहरुले सल्लाह गरेकी सबै ऋतुहरु बसन्त ऋतुसंग पालै पालो आठ दिनसम्म बस्ने सल्लाह गरेछन । सल्लाह बमोजिम बस्दै जाँदा जम्मा ४० दिन खर्चिने भयो । चैत्र प्रतिपदा भन्दा ४० दिन अघि बसन्त पञ्चमी परेको र सो दिन बसन्त ऋतुसंग भेट भएको दिन बसन्त पञ्चमी पनि भएकोले यो दिनलाई बसन्त पञ्चमी पनि भनिएको हो भन्ने किंबदन्ती छ ।
    ब्रह्मा र सृष्टी एक अर्कासंग जोडिएका पात्र हुन । ब्रह्माले जीव जन्तु तथा मनुश्यको योनीको रचना गरे तर त्यसले सादृस्य रुपमा एउटा रुप देखिएन । त्यसपछि उनले कमण्डलुबाट जल छर्किए र चार हात भएका एक सुन्दर स्त्री प्रकट भइन । ति देबीको हात मध्ये एउटा हातमा वीणा, एउटा हातमा पुस्तक एउटा हातमा स्फटिकको माला लिएर र चौथो हातमा अभय मुद्रमा सेतो हाँसमा चढेर प्रकट भइन । ब्रह्माले देवीको हातमा रहेको वीणा बजाउन अनुरोध गरे लगत्तै देवीले वीणा बजाउन सुरु गरिन । उनको वीणाको ध्वनीले समस्त जीव जन्तुहरुमा आवाज भरिएको भन्दैे सरस्वतीको बारेमा लेखिएका रचना हुन । साथै बसन्त कामदेवको पनि साथि भएकोले यस ऋतुलाई काम बाणको ऋतु पनि मानिन्छ । काम बाणको धनुष फुलै फुलले बनेको हुन्छ । त्यसैले बसन्त पञ्चमीको दिन केहीले कामदेवको पनि पुजा गर्दछन ।
    नयाँ चेतनाको सञ्चार दिने बसन्त पञ्चमी साना बालबालिकालाई अक्षर आरम्भ गराउने र नयाँ प्रकारको व्यावसाय गर्नको लागी पनि यो दिनलाई शुभ दिन मानिन्छ । संगित, कला, साहित्य र विद्याकी देवी सरस्वतीको पुजा पनि बसन्त पञ्चमीकै दिन गर्ने गरिन्छ । बौद्ध धर्म मान्नेहरुले सरस्वतीलाई बोधीसत्व मञ्जुश्रीका रुपमा मान्ने गर्दछन भने मुस्लिम समुदायले बसन्त पञ्चमीको दिनलाई सुफी बसन्तको रुपमा १२ औं शताव्दी देखी मनाउँदै आएका छन । दिल्लीका फकिर निजामुद्धिनका भतिजा तकुद्धिनको मृत्युले निजामुद्धिन अत्यन्त मर्माहत भएछन । निजामुद्धिनलाई खुशी पार्न तत्कालिन कवी अमिर फुस्रोले गमलामा पूmल र पहेंलो बश्त्रमा सजाएर हाँस्दै गएर फकिर निजामुद्धिनलाई हँसाउन सफल भएछन त्यसैले यो दिनलाई सुफी बसन्त पनि भनिएको हो ।
    सरस्वतीलाई धर्म या संस्कारसंग भन्दा पनि मान्छेको बिद्याप्रतिको आशक्ति भएकोले जुनसुकै धर्ममा पनि ज्ञानको परिपुर्तिको रुपमा हेर्न जरुरी देखिएको छ । त्यसैले सरस्वती काम देवीको होस वा ज्ञानदेवीको रुपमा हेर्नु नै ज्ञानको मर्म हो ।
    बसन्त पञ्चमीसंग जोडिएका मुख्यनाथ तिवारी
    भारतको जोहनपुरमा जन्मिएका मुख्यनाथ तिवारी शिक्षा क्षेत्रका एउटा मियोको रुपमा मानिन्छन । तत्कालिन रोल्पा जिल्ला र हाल सल्यान जिल्लाको २०१५ सालमा दमाहचौरमा शिक्षकको रुपमा प्रवेश गरेका तिवारी रोल्पाको बालकल्याण मा. बि. लिवाङ, प्युठानको जनता माध्यामिक बिद्यालय बाग्दुला , महेन्द्र मा.बि खलङ्गा हुँदै प्युठानको स्र्वगद्धारी क्याम्पस पुण्यखोलामा क्याम्पस चिफको अबस्थामा रहँदाकै अबस्थामा २०५३ साल माघ २१ गते काठमाण्डौको सैनिक अस्पत्ताल छाउनीबाट मृत्यु घोषित भएका हुन । क्यान्सर रोगबाट पीडित निज तिवारीे प्युठानमा नै स्थायी बसोबास गरेका हुन । प्युठान नगरपालिका ८ खप्रेङखोलामा घरजम गरी बसेका तिवारीको परिवारलाई सो स्थानमा पाउन सकिन्छ । साहेद उनको एउटा छोरा नेपाली सेनामा भर्ति भएकै कारण छाउनीमा उपचार गराउन पाएकोले पनि उनले शिक्षा क्षेत्रमा गरेको लगानिबाट भौतिक रुपमा सुख शान्ति खासै प्राप्त गर्न सकेनन भन्ने कुराको दृष्टान्त एउटा कोणबाट दिन सकिन्छ । २०७८ साल माघ २१ गते उनको सम्झनामा क्याम्पसको कोठा भित्र २५ औं स्मृतिसम्म मनाउन उपलव्ध शिक्षक बिद्यार्थिहरु सफल भइयो त्यसको लागी म आफुलाई पनि गौरबान्वित ठानेको छुँ । मुख्यनाथलाई शिक्षाको लागी कहिले रोल्पा कहिले सल्यान कहिले प्युठानका शिक्षण संस्थाहरुमा खोज्दै लगियो । एउटा स्थानमा अनवरत रुपमा बसालीयन । उनले आफुले सिकेको चेतना बाँडदै हिंडे । उनले प्युठानमा भलिवल खेलको शुरुवात गराए । केही समयसम्म उनको सम्झनामा मुख्यनाथ स्मृति भलिवल प्रतियोगिताको रुपमा प्युठानमा आयोजना पनि गरियो तर संस्थागत रुपमा स्थायीकोष नभएका कारण त्यो पनि खुम्चियो । नेपालीहरु प्राकृतिक पुजक पनि हुन । उनीहरु हलो गोरु बोटबिरुवा गाइ , कुकुर चराचुङ्गी, औजार , अन्नवाली लगायतका चिज बस्तुपनि पुजा गर्दछन । ज्ञान श्रृजनालाई पनि पुजा गर्दछन । ज्ञान दिने कतिपय व्यक्तिलाई पनि सम्झन्छन । उनको योगदानलाई पनि कदर गर्दछन तर मुख्यनाथ प्रति गरिने र सम्झने पाटाहरु भने अहिले हराउँदै आझेल परेका छन ।
    सरस्वतीलाई यस अर्थमा पनि बुझिन्छ उनी ज्ञानको भण्डार हो । अरुको लगानी तत्काल देखिन्छ र तत्काल हराउाछ पनि तर शिक्षाको लगानी १०० औं बर्षको लागी गरिएको हो । त्यसैले पनि बर्तमान अबस्थामा मुख्यनाथलाई सम्झनु पर्ने अबस्था हो । प्युठान जिल्लामा पुरानो स्कुलको रुपमा मुक्ति माबि थियो भने सो संगै स्थपना भएको हिक्मतेश्वर आधार स्कुल थियो । तत्पश्चात स्थापित जनता माबि बाग्दुला स्कुलको शिक्षाजगतलाई अगाडि बढाउन मुख्यनाथलाई खोजिएको थियो । ०१५ सालमा जनता माबिको ल्याइएका तिवारीको चेलाहरु बर्तमान अबस्थामा धेरै जीवनको उत्तरार्धमा पुगिसके । यस अबसरमा उनले दिएको ज्ञानलाई सम्झने हो भने अमिर फुस्रोले निजामुद्धिनलाई खुशी बनाएर सुफी बसन्त मनाए झै मनाउनु पर्ने हो । यस प्रकारको कार्यले ज्ञानको प्रचार हुने नै थियो । बुद्धिष्टहरुले मान्ने बोधीसत्व मञ्जुश्री र हिन्दुधर्माबलम्वीहरुले मान्ने सरस्वती ज्ञानकै पचार हो । सामान्य भन्दा सामान्य रुपमा लेखपढ गरेकाहरुलाई शिक्षाको खुडकिलो पारलगाउन डुलाउँदै गरेका तिवारी प्रति न्याय दिए जस्तो लाग्दैन ।
    यदी कसैलाई बिगार्नु छ भने उसलाई शिक्षाबाट बञ्चित गरिदिए पनि पुग्दछ । अशिक्षाले मानिसको भावी सपना कोर्न पनि सक्दैन । साहेद शिक्षाको महत्व बुझने केही समाजका अग्रजहरुले नै तिवारीलाई बिभिन्न स्थानबाट खोज्दै शिक्षासंग साइनो गाँसी दिए होलान । नेपाली उखान छ खोला तरयो लठ्ठी बिर्सियो भने झै अहिले उनलाई सम्झनु पर्ने आबस्यक्ता नठानेका होलान । यसले उनी प्रति अन्याय त गर्दछ नै त्यो भन्दा बढी त्यो क्षेत्रमा उनको शिक्षाबाट बिद्वत भएकाहरुका लागी अर्को चोट पुग्नु पर्ने हो । साहित्य क्षेत्रका कालीदास होउन वा नेपालका लक्ष्मिप्रसाद , लेखनाथ, मोतीराम भानुभक्तहरुलाई शिक्षा क्षेत्रकै प्रचारका कारण सम्झन्छौ भने डुलाउँदै हिंडाउने तिवारीका सम्झनामा गरिएका सामान्य स्मृतिले शिक्षाको सम्बन्धमा उनले गरेको लगानीलाई सम्झन नसकेको पनि हो । ऋगवेदमा बाग्देवीका नामले प्रसिद्धि पाएको ब्रह्माको श्रीमतीको उपसनाले ज्ञान,सिद्धिर सदबुद्धि प्राप्त हुने बिश्वासमा लागेकाहरु आफैलाई शिक्षा दिने गुरुप्रति सदभाव राख्नु नै बुद्धिमानि हुनेछ । भारती,शारदा हंशवाहिनी,जगन्माता,बागिश्वरी, कौमारी,वरदायनी,बुद्धिदात्री ब्रह्मचारिणी,चन्द्रघण्टा,भुवनेश्वरुी आदि जे सुकै नामले पुकारे पनि यि सबै ज्ञानका लागी बोलिएका नाम हुन त्यसैले ज्ञान बाँडने व्यक्तिहरुलाई कुनै न कुनै रुपले सम्झन सकौं बसन्त पञ्चमी वा श्रीपञ्चमीले सबैमा फेरी यो ज्ञान बाँडोस तिवारी प्रतिको स्मृतिलाई स्मरण गर्न सकौं ।

    Advertisement

    • https://www.facebook.com/govind.pokharel.9
    शनिबार, माघ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.