• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ ०५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

प्युठानका ईश्वरीप्रसाद: जाे ठग्न जनार्दन शर्मा, सेनाको ठेकेदार बने


  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
  • हुँदै नभएका पाँच वटा कम्पनीको मालिक भन्दै करोडौं ठगी आरोपमा पक्राउ

    Advertisement

    काठमाडौं, ५० वर्षीय ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको थियो।

    बागमती प्रदेश ०१-०२६ च ४००१ को कारमा सवार पोखरेललाई वडा प्रहरी कार्यालय चन्द्रौटाको चेक प्वाइन्टमा प्रहरीले पक्राउ गरेको थियो।
    ठगी गरेको उजुरी परेपछि कपिलवस्तु प्रहरीले पोखरेललाई केही समयदेखि खोजी सूचीमा राखेको थियो।
    कपिलवस्तु नगरपालिका-१ मालटोलस्थित केजिएन मार्टमा गत असार १८ गते पोखरेलले ठगी गरेको उजुरी प्रहरीमा पुगेको थियो।
    पोखरेलले त्यहाँ पचास हजार बराबरको किराना र कस्मेटिक लगायतको सामान किनेका थिए।
    माछापुच्छ्रे बैंक तौलिहवा शाखाको उक्त चेक साट्न जाँदा खातामा रकम नभएको पाइएपछि मार्ट सञ्चालकले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिएका थिए।

    पोखरेल पेशाले कृषि पेशामा संलग्न भन्थे। उनी कन्स्ट्रक्सन कम्पनी पनि चलाउँछु भन्थे। उनी प्युठान तोरवाङ गाउँपालिका-६ भई हाल झिमरुक गाउँपलिका-६ बस्दै आएका थिए।

    पोखरेल प्युठान, चितवन, काठमाडौं हुँदै कपिलवस्तुसम्म पुगेको देखिन्छ। उनी भेडीगोठ बाख्रा फार्म प्रालि मकवानपुर, कामधेनु गाई फार्म चितवन, प्रिसा पशुपन्छी तथा कृषि फार्म प्युठान, प्रिन्स कन्स्ट्रक्सन प्रालि काठमाडौं र गौमुखी फिड इन्डस्ट्रिज
    हुँदै नभएका कम्पनीको नाम उल्लेख गरेर पोखरेलले देखाउने गरेको भिजिटिङ कार्ड।

    विभिन्न फार्म र कम्पनी आफ्नो बताउँदै पोखरेलले पच्चीस वर्षदेखि ठग्दै हिँडेको पाइएको भण्डारीले बताए। यो बीचमा उनले करोडौं ठगी गरेको भेटिएको छ।

    उनले आफू माओवादी नेता जनार्दन शर्मा हो भनेर पनि ठगी गरेको भेटिएको भण्डारीले बताए।
    पोखरेल विभिन्न समयमा पक्राउ पर्दै छुट्दै आएको व्यक्ति रहेको खुलेको उनले बताए।
    भण्डारीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय बुटवलले २०५७ सालमा पहिलोपटक पक्राउ गरेको थियो।
    यस्तै, गत माघ ५ गते गोयल कम्पनीको बिक्रेता भैरहवाको सिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँको सामान लिएर पैसा नभएको बैंक चेक दिएर फरार भएको पाइएको छ।

    गत कात्तिक ३० गते पोखरेल नेपाली सेनाको ठेकेदार भन्दै चितवनको टाँडीस्थित रिजाल फुड एन्ड वेभरेज प्रालिमा पुगेका थिए। त्यहाँबाट २८ लाख रुपैयाँको सामान किनेर पैसा नभएको चेक दिई फरार भएको खुलेको छ।
    यस्तै, नवलपरासीको समृद्धि स्टिल कम्पनीमा २५ लाख, प्युठान सिमेन्ट कारखानामा २० लाख, गोल्छा अर्गनाइजेसनबाट ३० लाख र काठमाडौं टेकुको निर्मणी मेशिनरी सप्लायर्सबाट एक लाख २७ रुपैयाँ बराबरको सामान लिएर चेक दिई फरार भएको पत्ता लागेको छ।
    पोखरेलले ठगी गरेका अन्य थ्रुप्रै व्यक्ति रहेको हुनसक्ने आशंकामा खोजी तथा अनुसन्धान भइरहेको भण्डारीले बताए।
    स्थानीय जनतालाई डर त्रास देखाएको कसुरमा उनलाई त्यसबेला सार्वजनिक ऐन अन्तर्गतको मुद्दामा कारबाही भएको थियो।
    इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले २०६९ पुस १६ गते उनलाई दोस्रोपटक पक्राउ गरेको थियो। 
    तत्कालीन साइन डेभलेपमेन्ट बैङ्कको केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई फोन उनले ‘म माओवादी नेता जनार्दन शर्मा प्रभाकर हुँ’ भनी ठगेका थिए।

    ‘कामको सिलसिलामा १/२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै पीडितबाट सात लाख रुपैयाँ ठगेको पाइएको छ,’ भण्डारीले भने, ‘उनी त्यो मुद्दामा जेल चलान भएका थिए।’

    यस्तै, पोखरेललाई तेस्रोपटक महानगरीय प्रहरी परिसर काठमाडौंले २०७३ सालमा पक्राउ गरेको थियो।
    राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भनी १ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
    यस्तै, गत पुस ७ गते बैंक खातामा हुँदै नभएको पचास लाख रुपैयाँको चेक काटेर अर्का व्यक्तिलाई पोखरेलले ठगेका थिए। बैंकमा लिन जाँदा चेक बाउन्स भएपछि उनीविरूद्ध बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ।
    ठगी गरेर पोखरेल बेपत्ता भएका उजुरीहरू प्रहरीमा थुप्रै छन्।
    प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार २०६४/०६५ सालमा दाङ राप्ती गाउँपालिका वडा-२ मा साइन्स कलेज स्थापना गर्ने र सोमा जागिर लगाइदिने भनी विभिन्न व्यक्तिहरूबाट एक करोड रुपैयाँ उठाएर पोखरेल बेपत्ता भएको खुल्न आएको छ।
    २०६५ सालमा कैलाली जिल्लाको धनगढीस्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनी विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूसँग लाखौं रकम ठगी गरी फरार भएको बुझिन आएको भण्डारीले बताए।
    यस्तै, २०७८ सालमा पर्सा जिल्लाको वीरगञ्जमा देवेन्द्रकुमार कर्णले सञ्चालन गरेको जगदम्बा सेल्स ट्रेडिङमा गएर आफू गौमुखी फिड इन्डष्ट्रिजको सञ्चालक भनी ४७ लाख बराबरको च्यानल गेट, एङ्गल तथा रड खरिद गरी पैसा नभएको बैंक चेक दिएर फरार भएको खुलेको छ।
    प्रालि कपिलवस्तुका प्रोप्राइटर भन्दै आएका थिए।

    तर, अहिले पक्राउ पर्दा ती कुनै पनि फार्म तथा कम्पनी स्थापना र सञ्चालन नै नभएको पाइएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी बताउँछन्।
    कपिलवस्तु विजयनगर गाउँपालिका-४ मा रहेको गौमुखी फिड इण्डष्ट्रिज एण्ड ट्रेडलिंकको प्रोप्राइटर बताएर उनले खरिद गरेबापतको बैंक चेक मार्टमा छोडेका थिए  । सेताेपाटीबाट

    मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी
    वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.